२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरका भूमिसुधार शाखा अधिकृत ४ लाख घुससहित पक्राउ (तश्विर/भिडियो सहित)

२०७४, ७ फाल्गुन सोमबार १२:४७

फागुन ७, काठमाडौं । भूमिसुधार कार्यालय, भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै पक्राउ परेका छन् । उनलाई भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालको सहयोगमा अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वरस्थित शिखर खाजा घरबाट उनलार्इ नियन्त्रणमा लिएको छ । खानतलाशीको क्रममा प्रहरीले चुणामणिबाट बिभिन्न बुदामा काम गर्ने एक पन्ने लिस्ट सहित एक थान मोबाइल, ३ थान एटिएम कार्ड समेत बरामद गरेको छ । 

झापा घर भई हाल काठमाडौँको महादेवस्थान बस्दै आएका चापागाईले सुदर्शन पौडेलसँग ५ लाख घुस मागेका थिए तर उनले पछी ४ लाखमा कुरा मिलाई आज करिव साढे ३ बजे कोटेश्वरस्थित होटलमा बोलाई पैसा लिएका थिए | लगत्तै उनलाई भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियानको टोलीको सहकार्यमा ४ बजेर २० मिनेटमा अख्तियारले रंगेहात पक्राउ गर्न सफल भएको थियो | 

चापागाईले मोही र तलसिङको जग्गा १० रोपनीभन्दा बढी भएमा मन्त्रीपरिषदबाट निर्णय गर्नुपर्ने भन्दै उक्त जग्गा भिर/पाखा देखाई आफुले मिलाइदिने र त्यसबापत आफुलाई ४ लाख चाहिने बताएका थिए | यसै अनुरुप उनलाई दिने ४ लाख अख्तियारमार्फत बुझाई आज रंगेहात पक्राउ गरिएको हो |

पक्राउ परेका चापागाईबाट प्रहरीले छापा मारेको एक पत्रमा उनले दैनिक काम गर्ने लिस्ट समेत अनुसन्धानका लागि पठाएको  छ | उक्त लिष्टमा दैनिक गर्नुपर्ने काम देखि  जुत्ता किनेको समेत उल्लेख छ | जहाँ अख्तियार देखि बिभिन्न निकायको नामहरु उल्लेख गरिएको छ | 

उनलाई छापा मारेको र पैसा लिएको भिडियोमा हेर्न सक्नुहुन्छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला