२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरका भूमिसुधार शाखा अधिकृत ४ लाख घुससहित पक्राउ (तश्विर/भिडियो सहित)

७ फाल्गुन २०७४, सोमबार १२:४७

फागुन ७, काठमाडौं । भूमिसुधार कार्यालय, भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै पक्राउ परेका छन् । उनलाई भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालको सहयोगमा अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वरस्थित शिखर खाजा घरबाट उनलार्इ नियन्त्रणमा लिएको छ । खानतलाशीको क्रममा प्रहरीले चुणामणिबाट बिभिन्न बुदामा काम गर्ने एक पन्ने लिस्ट सहित एक थान मोबाइल, ३ थान एटिएम कार्ड समेत बरामद गरेको छ । 

झापा घर भई हाल काठमाडौँको महादेवस्थान बस्दै आएका चापागाईले सुदर्शन पौडेलसँग ५ लाख घुस मागेका थिए तर उनले पछी ४ लाखमा कुरा मिलाई आज करिव साढे ३ बजे कोटेश्वरस्थित होटलमा बोलाई पैसा लिएका थिए | लगत्तै उनलाई भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियानको टोलीको सहकार्यमा ४ बजेर २० मिनेटमा अख्तियारले रंगेहात पक्राउ गर्न सफल भएको थियो | 

चापागाईले मोही र तलसिङको जग्गा १० रोपनीभन्दा बढी भएमा मन्त्रीपरिषदबाट निर्णय गर्नुपर्ने भन्दै उक्त जग्गा भिर/पाखा देखाई आफुले मिलाइदिने र त्यसबापत आफुलाई ४ लाख चाहिने बताएका थिए | यसै अनुरुप उनलाई दिने ४ लाख अख्तियारमार्फत बुझाई आज रंगेहात पक्राउ गरिएको हो |

पक्राउ परेका चापागाईबाट प्रहरीले छापा मारेको एक पत्रमा उनले दैनिक काम गर्ने लिस्ट समेत अनुसन्धानका लागि पठाएको  छ | उक्त लिष्टमा दैनिक गर्नुपर्ने काम देखि  जुत्ता किनेको समेत उल्लेख छ | जहाँ अख्तियार देखि बिभिन्न निकायको नामहरु उल्लेख गरिएको छ | 

उनलाई छापा मारेको र पैसा लिएको भिडियोमा हेर्न सक्नुहुन्छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य