2026-10-23 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

सञ्चिता घिमिरे / फागुन ८, ललितपुर | लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने भएको छ । 

उक्त होचो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवत जावत गर्न हैरान हुने छैन । 

सो सुविधा उपलब्ध भएपछि अस्पताल जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि होस् ज्येष्ठ नागरिक अपाङ्ग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता दूर हुने भएको छ । 

झट्ट सुन्दा नपत्याउँदो लागे पनि केही महिनापछि काठमाडौँ उपत्यकामा देखिने यो दृष्यका लागि साझा यातायातले गत साता होचो (सेमी लो फ्लोर) भएको भित्र्याइसकेको छ । 

बस अर्काे महिनाबाट सञ्चालनमा ल्याउन लागिएको र अहिले दर्ताको प्रक्रियामा रहेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्ता सकिएपछि रुटको काम हुनेछ ।” 

साझाले टेडरमार्फत झण्डै रु ३५ लाखमा भित्र्याएको यो बसमा ४१ जनासम्म अटाउने छन् । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस ल्याएको यो बस अरु बसको तुलनामा धेरै महँगो पर्ने उहाँले जानकारी दिनुभयो । 

रुट छान्दा लक्षित वर्गलाई सजिलो पर्ने र बस पनि गुडाउन सकिने अवस्थालाई ध्यान दिइएको छ । होचो बस हुनाले खाल्डाखुल्डी सडकमा गुड्न नसक्ने तर लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा राम्रो भएको कामु प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताउनुभयो । 

बसमा एउटामात्रै खुड्किलो हुन्छ जसले गर्दा अपाङ्गता भएका व्यक्ति सजिलै उक्लन– ओर्लन सक्छन् र खुडकिलो पनि फोल्ड गर्न मिल्छ । ह्विलचेयर पनि सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ । 

साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्क रुपमा यात्रा गर्न पाउने उहाँले बताउनुभयो । ‘क’ र ‘ख’ वर्गका अपाङ्ग र पाँच वर्षका बालबालिकाले निःशुल्क रुपमा यात्रा गर्न पाउँछन् । उहाँले भन्नुभयो, “महँगोमा खरिद गरेको भए पनि बसमा लक्षित वर्गमध्ये निःशुल्क चढ्ने यात्रु धेरै छन् ।” 

साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागेको छ । यी बसमा सिटी बस र डिलक्स दुवै छन् । 

अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । चवालिस वटा बस अहिले काठमाडौँ उपत्यकामा र दुई वटा बस काठमाडौँ उपत्यकादेखि बागलुङसम्म गुडिरहेका छन् । काठमाडौँ उपत्यका र उपत्यका बाहिर दुवैतिर साझाको माग छ । 

साझा अहिले स्थानीय निकाय र सरकारी लगानी सबैभन्दा बढी भएको यातायात सेवा भएको छ । काठमाडौँ महानगरपालिकाले रु १५ लाख र ललितपुर महानगरपालिकाले साझाको रु एक करोडको शेयर खरिद गरेका छन् । उपत्यकाका धेरै नगरपालिकाले साझासँग सहकार्य गर्न इच्छुक भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने