उल्टो मोटरसाईकल चलाउदै आधाघण्टा नन्स्टप किस गर्दै दोश्रो कीर्तिमान राख्ने तयारीमा कार्की

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

चिसाङ शेर्पा / फागुन १०, खोटाङ | खोटाङका बिश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्की पुनः अर्को किर्तिमानी राख्नमा कस्सिएका छन् ।

तत्कालिन राजापानी गाविस हाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका ‘मेची महाकाली उल्टो’ मोटरसाईकल यात्री चित्रकुमार उल्टो मोटरसाईकलमा स्त्री राखेर लगातार आधाघण्टा चुम्बनगरी गिनिजबुकमा नाम लेखाउने तयारीमा जुटेका छन् ।

२०४९ चैत्र १ गते तत्कालिन राजापानी गाविसमा बुबा अम्मर बहादुर कार्की, माता सिता कार्कीको कोखबाट जन्मिएका कार्कीले पञ्चकन्या आधारभुत बिद्धालय राजापानीसँगै त्रियुगा उच्च मावि उदयपुरबाट २०६६ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् ।

गाईघाट मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह उतिर्णगरी हाल ब्याचलर तेश्रो बर्ष अध्ययनरत अविविवाहित कार्की वाल्यकालबाटै मोटरसाईकल रेसमा भाग लिन चाहान्थे । सन् २०१० बाट सामान्य उल्टो मोटरसाईकल कुदाउन थालेका बिश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार सन् २०६७ कात्र्तिक १९ गतेबाट औपचारिक रुपमा शान्ती र संविधान युवाको अभियान, भ्रष्टचारमुक्त राष्ट्र निर्माण गरौं, पर्यटकलाई आर्कषित गरौ भन्ने नाराका साथमा मेची महाकाली उल्टो मोटरसाईकल यात्रामा निस्किएका उनले उदयपुर गाईघाट बजारबाट कदमाहसम्म २०६७ साल कात्र्तिक १८ गते उल्टो मोटरसाईकल कुदाउन शुरु गरेका थिए ।

भोलीपल्ट १९ गते झापाको मेचीपुलबाट उल्टो मोटरसाईकल कुदाउन शुरु गरेका उनले २०६७ कात्र्तिक २४ गते सकुशल आफ्नो उद्देश्य पुरा गरेका थिए । ६ दिनको उल्टो मोटरसाईकल यात्रा कञ्चनपुरको दोधारा चाँदनी महाकालीस्थित नेपाल–भारतको सिमानामा नेपालको झण्डा फहराएर बिश्व उल्टो मोटरसाईकल चालकको रेर्कड बनाएका हुन् ।

२५ बर्षिय युवाले गरेको उन्नतीमा सबैको माया ममता र पुरस्कारबाट पुरस्कृत भएका बिश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमारले दुई महिना पछाडी खोटाङ सेवा समाज र हलेसी सेवा समाजको संयुक्त आयोजनामा उल्टो मोटरसाईल कुदाएर काठमाण्डौ–रिङरोड २७ किलोमिटर परिक्रमा गरेका थिए ।

विश्व उल्टो मोटरसाइकल यात्री सहाषी तथा देशको नाम उचो राखेकाले उनलाई लायन्स क्लब अफ ईन्टरनेसनल २०१३, युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा प्रतिभा पुरस्कार, नेपाल प्रेस युनियन, जेसिस उत्कृष्ट राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०१७, र खोज अनुसन्धान तथा सिर्जनशील विधाको नेपालभरीको सहभागीबाट छनोट भई पुरस्कृत भएका थिए ।

नेपालको विभिन्न जिल्लाहरुमा हुने महोत्सबमा उल्टो मोटरसाईकल यात्रा देखाउदै उनले पाँचथर, ईलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलाखा, सिन्धुली, बारा, पर्सा, रौतहट, कास्की, गोरखा, तनहु, पाल्पा, स्याङजा, गुल्मी, दाङ लगायतमा आफ्नो प्रतिभा देखाई सकेका छन् ।

टेबल टेनिस र उल्टो मोटरसाईकलमा केटी राखेर आधाघण्टा नन्स्टप किस गरेर गिनिज बुकमा नाम लेखाउने तयारी पुरा गरीसकेका उल्टो मोटरसाईकल यात्री किर्तिमानी युवासँघ नेपालका केन्द्रिय अध्यक्ष, नेपाल जेसिसको वर्ष २०१८ को उपाध्यक्ष, लायन्स क्लब ईन्टरनेसनल उदयपुरको संस्थापक हुन् ।

सन् २०१८ मा अमेरिकन कम्पनी आईएमई ग्रुपद्धारा सञ्चालित आईएमई अटो मोटिभ्स ब्राण्ड एम्भेष्डर नियुक्ति भएका उनी त्रियुया एक्प्रेस दैनिक, नेपाल खबर, अनलाईन दर्पण लगायत सञ्चार माध्यममा समेत आबद्ध छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply