२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन वर्षकी वालिकाको विवाहमा सांसद श्रेष्ठ (फोटो फिचर)

२०७४, ११ फाल्गुन शुक्रबार ११:१७

प्रेम सुनार | फागुन ११, गुल्मी | वल्ल तिन  वर्ष पुगेकी ति अवोध वालिकालाई  विवाह भनेको केहो ? पक्कै पनि केहि  थाहै छैन  । तै पनि अभिभावकहरुले वेहुली श्रृङ्गार–पटार गरेर विवाह मण्डवमा वसालेका छन् । निर्र्दोष उनको चेहरा कति वेला  लज्जालु छ त कति वेला रुन्चे छ  । विवाहको जग्गे रुरु गाउँपालिकाको रानीवासमा हो भने ति वालिका कुशी श्रेष्ठको घर हुँगा हो ।

वेहुली बन्न विवाह मण्डवमा वसेकी ति वालिका आमाको काख छाड्न नचाहेर डरपोक अनुहारमा रोएर वेहाल छ ।  विवाह मण्डवमा उनका वावु महेन्द्र श्रेष्ठ, आमा तारा श्रेष्ठ र हजुर वुवा चन्द्रलाल श्रेष्ठ छन् । त्यति मात्र होईन ५ नम्वर प्रदेश सांसद कमलराज श्रेष्ठ पनि ९ वर्षिया नातिनी प्रिन्स श्रेष्ठलाई  विवाह गराउन त्यसै विवाह मण्डवमा ल्याएर आएका छन् ।

ति  ३ वर्षिया वालिका कुशी श्रेष्ठ सहित आज  देखि रानीवासमा ६० जना अवोध वालिकाहरुको सामुहिक विवाह सुरु हुँदै छ । यति वेला   कन्यादानको सुरुवाती विधी चल्दैछ ।  भोली  कन्यादान गर्ने र पर्सी सिन्दुर राख्ने कार्यक्रम रहेको सांसद श्रेष्ठ बताउँ छन् ।  ति वालिकाहरुको विवाह कुनै केटा मान्छे संग भने हुन लागेको होईन । नेवारी परम्परा अनुसार  वेल संग विवाह गरिन लागेको हो ।  जसलाई  वेल विवाह भनिन्छ ।

नेवा दवुः  वलेटक्सार गुल्मी सहित विभिन्न संस्थाको आयोजनामा तिन दिन सम्म हुन गर्ई रहेको वेल विवाह मल्ल राज्यकाल देखि सुरु भएको  सांसद श्रेष्ठले जानकारी दिए । नेवारहरुकै व्राम्हणद्धारा पुर्णतःः आर्यहरुको विधिवत विवाहका सवै विधी पुराईने चलन रहेको उनको भनार्ई छ । वेल विाह गरिएका छोरीहरुका अभिभावकले निम्तालु  खुवाउने पनि गर्दृछन् । रानीवासमा हुन लागेको यो वेल विवाह त्यस भेगमा चार वर्ष पछि गरिदै छ ।

यति वर्षको अन्तरालमा गर्ने भन्ने हुँदैन श्रेष्ठ भन्छन्  ११ वर्ष मुनिका वालिकाहरु  ५०/६० जना भए पछि अभिभावकहरुले सल्लाह गरेर  वेल विवाहको चाँजोपाँजो मिलाउने गर्दछन् । यस्तो विवाहले ति अवोध वालिकाहरुमा  मनोविज्ञानमा असर पर्दैन ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन हुन त साँच्ची कै विवाह त  होईन तर पनि केहि न केहि मनोविज्ञानमा असर हुन सक्छ ।

वेल विवाह छोरीहरुलाई उमेर पुगे पछि विवाहका लागि परिपक्का बनाउन गरिने नेवार समुदायको प्रचलन रहेको बताईन्छ । गुल्मीमा यस्तो वेल विवाह नेवार समुदायको वस्ती विकास संगै सुरु भएको सांसद श्रेष्ठले बताए । वेल विवाहको जग्गेमा नपुग्नु पुर्व लाखे नाच,लगायतको  विभिन्न झाँकी  वलेटक्सारबाट निस्केको थियो ।

हजारौंको सहभागिता र वाजा–गाजाले  गुञ्जायमान बनेको थियो । अहिले पनि रानीवास वजार गुञ्जायमान बनेको छ  । 

हेरौ तस्वीरमा: त्यसै वेल विवाहका केहि झलकहरु:- 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा