२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा चारको मृत्यु, दुई घाइते

२०७४, १३ फाल्गुन आईतवार ०७:५३

फागुन १३, अछाम | रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी हुनुहुन्छ । सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्र्याक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा अस्पतालमा उपचार गरिँदैछ । 

राजविराज– सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको छ । 

फत्तेपुरबाट काठमाडाँै जाँदै गरेको बा ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५० नं को मोटरसाइकल ठोक्किँदा सो दुर्घटना हुँदा मोटरसाइकल चालक उदायपुर, बोल्का नगरपालिका, तपेश्वरी बस्ने २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरी, इनरुवा नगरपालिका २ बस्ने २६ वर्षीय दिलीपकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

राजेशको विराटनगरस्थित न्यूरो अस्पतालमा र दिलीपको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परेका सवारी साधनलाई इप्रका कञ्चनपुरले नियन्त्रणमा लिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ