२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीको ब्लड बैंक सेना र सशस्त्रको ब्यारेक

२०७४, १८ फाल्गुन शुक्रबार १५:०१

प्रेम सुनार/फागुन १८, गुल्मी । अहिले सम्म गुल्मीमा ब्लड बैंक छै्रन । तर यहाँका अस्पतालहरुले ब्लड बैंकका रुपमा गुल्मीको धागीथुममा रहेको ब्यारेकलाई  यहाँका अस्पतालले लिने गरेका छन् ।

‘तत्काल कुनै अप्रेशन गर्नु पर्दा ब्लड स्टान्डवााई हुनै पर्दछ,– जिल्ला अस्पताल गुल्मीका. डाक्टर उत्तम  पाच्याले भने–हामीले  त्यस्तो अवस्थामा ब्लड बैंकका  रुपमा  धागीथुम ब्यारेकलाई  लिने गरेका छौं ।’ ब्यारेकमा फोन गरे पछि जुन कुनै ग्रुपको ब्लड फेला पर्ने गरेको छ । उनले थपे–‘कहिले काँही हामी आफै डाक्टर र अन्य स्वास्थ्यकर्मी पनि व्लड दिन तयार हुन्छौं । ’

ब्यारेकले त्यस अस्पताललाई मात्र होईन तम्घासकै रेसुङ्गा अस्पताललाई समेत आवस्यक व्लड उपलव्ध गराउँदै आएको छ । सर्वसाधारण ब्लड अभावमा  जिवन मरणको दोसाँधमा परिरहेको बेला यहाँका पत्रकारहरु संग गुहार माग्छन त्यस बेला पत्रकारले पनि आग्रह गर्ने त्यसै धागीथुसम ब्यारेक नै हो ।

अहिले  त्यस ब्यारेकमा नयाँ पल्टन बिरभद्रजंग गुल्मी आएको सात महिना भयो यस अवधीमा जिल्ला अस्पताल तम्घासमा मात्रै १२ जना सैनिकहरुले ब्लड दिई सकेको त्यस गुल्मका  गुल्मपति सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए । त्यस अघि सम्म गुरुगोरख गुल्मले पनि ब्लड दिई रहेको थियो ।

डाक्टर पाच्य  थप्छन यहाँ ब्लड बैंकको अभाव थेगेको माथी थागीथुम स्थित नेपाली सेनाको ब्यारेक नै  हो सशस्त्र प्रहरी वल  उर्लेनी ब्यारेकमा बसे पछि उ पनि दोश्रो ब्लड बैंकका रुपमा रहेको छ ।   

‘यि दुई ब्यारेकलेका जवानहरुले धेरैलाई नवजिवन दिन ठुलो सहयोग गरेको छन् । हामीले यि दुई सुरक्षा निकायलाई संस्थागत रुपममा सम्मान पनि गरी सकेका छौं । जसको जति प्रशंसा गरेपनि कम हुन्छ’ –डाक्टर पाच्यले भने ।

तम्घासकै रेसुङ्गा अस्पतालले समेत यि दुई निकायको मानविय सहयोग प्रति हरेक वर्ष सम्मान गरेको छ ।  गुल्मीमा ब्लड बैंकको अभाव पुर्ति गर्न नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाले गत वर्ष देखि ब्लड बैंक स्थापनाको काम सुरु गरेको छ । 

तर हाल सम्म सम्पन्न हुन सकेको छैन् । त्यसमा अगुवाई गरी रहेका छन् त्यस शाखाका मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले । काम भई रहेको जानकारी उनले दिए ।

‘हामी निरन्तर लागि परेका छौं, ब्लड बैंक अभावको हामीलाई ज्यदै चिन्ता छ’–श्रेष्ठले भने–‘जति सक्दो छिटो गर्ने प्रयासमा छौं ।’ सेनाको ब्यारेकले ब्लड दिन्छ भन्ने भेउ नपाउने बेला सम्म यहाँ थुप्र मानिसहहरु पाल्पा रिफर गर्ने क्रमममा कैयौंको ज्यान अकालमा जाने गर्दथ्यो भने कतिपय अनाबश्यक ठुलो खर्च ब्यहोर्न बाध्य भएका थिए ।

अहिले जिल्ला अस्पताल र रेसुङ्गा अस्पतालमा गम्भीर प्रकारका अप्रेशन गर्ने गरिन्छ । गत एक वर्ष यता गुल्मीबाट पाल्पा लगायका अस्पतालमा रिफरको संख्या कम हुँदै गएको छ ।  

गत सात महिनाको अन्तरालमा ६ सय जना महिलाहरुले जिल्ला अस्पतालबाट प्रशुति सेवा लिएकोमा ४५ वटा अप्रेशन त्यसै अस्पतालले अप्रेशन गरेर सुरक्षित प्रशुति सेवा दियो । 

यस्तो सुरक्षित प्रशुति सेवा पाउन थाले पछि महिलाहरु घरमै सुत्केरी हुने परम्परालाई त्यागेर बेथा लाग्न साथ अस्पताल आउने गरेका छन् । सरकारले गर्भवति महिलालाई निशुल्क प्रशुति सेवाका अलवा थप एक हजार रुपैयाँ दिन  सुरु गरे देखि त्यसको प्रभाव गुल्मीमा पनि परेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस