२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा शिशुसहित पूरै परिवारमा एचआइभी एड्स संक्रमित

२२ फाल्गुन २०७४, मंगलवार ०९:३७

कविता उपाध्याय/फागुन २२, रोल्पा | पश्चिम रोल्पाको माडी गाउँपालिकाको एक सिंगो परिवार नै एचआइभी एड्सबाट संक्रमित भएको प्रमाणित भएपछि उक्त परिवारमा निराशा छाएको छ । विसं २०७४ माघ १ गते जन्मिएका नवजात शिशु पनि हिजो सोमबार एचआइभी एड्स संक्रमण भएको प्रतिवेदन आएपछि सिंगो बुढामगर परिवार नै एचआइभी एड्स संक्रमित भएको पत्तालागेको हो । 

गत माघ महिनामा सुत्केरी हुन जिल्ला अस्पताल प्यूठान पुगेकी ३८ वर्र्षीया महिलालाई रगत जाँचका क्रममा एचआइभी एड्सबाट संक्रमण भएको पत्ता लागेको थियो । श्रीमती एचआइभी एड्स संक्रमित भएको पाइएपछि डाक्टरको सल्लाह बमोजिम श्रीमानको रगत जाँच गरियो र श्रीमान् पनि एचआइभी एड्सबाट संक्रमित भएको पुष्टि भयो । 

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका डा सुशील आचार्यका अनुसार श्रीमान् श्रीमती दुबैमा एचआइभी एड्सको संक्रमण देखिएका कारण नवजात शिशु पनि संक्रमित हुन सक्ने भन्दै पी सी आर गर्न नमूना लिइएको थियो । डा आचार्यका अनुसार बच्चाको पी सी आर रिपोर्ट नआउँदासम्मका लागि बच्चालाई एचआइभी एड्सको संक्रमणबाट जोगाउन जन्मेकै दिनदेखि औषधि प्रयोग गरिएको थियो । सोमबार शिशु पनि एचआइभी एड्स संक्रमित भएको प्रतिवेदन आएपछि बुढामगर दम्पती छाँगाबाट खसे जस्तै भएको छ । 

विवाह लगत्तै गर्भवती भएकी नवजात शिशुकी आमाले आफू एचआइभी एड्सबाट संक्रमित भएकोबारे केही थाहा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो – “गर्भ रहेपछि असह्य पीडा हुने गरी गुप्तांग चिलाउँथ्यो । घाउ खटिरा पनि देखिन थालेको थियो । त्यसबेला उपचार नगरेर धामी झाँक्रीमा विश्वास गरें । धामी झाँक्रीले खानेपानीको मूलमा देउराली लागेर यस्तो बनाएको भनेपछि त्यसमै विश्वास गरेर धेरै पैसा खर्च गरें जसका कारण आज यति ठूलो धोका खानुपर्यो ।” 

अठार वर्षदेखि भारतको गडवालतिर श्रम गरेर नेपाल फर्किएका ३५ वर्षीय एड्स संक्रमित बुढामगरले एक वर्ष पहिले गाउँकै ३८ वर्र्षीया युवतीसँग मागी विवाह गर्नुभएको थियो । उहाँले विवाह पूर्व वैदेशिक रोजगारीका क्रममा आफ्नो ४ जनासँग असुरक्षित यौन सम्पर्क भएको राससलाई बताउनुभयो । श्रीमान्ले असुरक्षित यौन सम्पर्क राखेका कारण श्रीमती र छोरीमा पनि एचआइभी एड्स संक्रमण भएको हुनसक्ने अनुमान लगाइएको छ । हाल यो जोडी निकै सन्तापमा छ । 

श्रीमान्ले गरेको गल्तीको शिकार आफू र भर्खरै जन्मिएकी छोरी बन्नुपर्दा नवजात शिशुकी आमा निकै भावविह्वल बन्नुभएको छ । उहाँले भन्नुभयो – “एचआइभी एड्स भनेको सुनेकै थिइनँ तर, आज आफूले यस्तो भोग्नु प¥यो । यस्तो जानेको भए विवाह नै गर्ने थिइनँ । बेलामा बुद्धि नपु¥याउँदा जिन्दगी बरबाद भयो । गाउँलेले पनि हेलाँको दृष्टिले हेर्न थालेका छन् । समाजमा मुख देखाएर बाँच्न गाह्रो हुने भयो । अब विवाह गर्ने जोडीलाई पहिले रगत जाँच गरेर मात्र विवाह गर्न सल्लाह दिन्छु ।” 

आर्थिक संकट सुल्झाउन भन्दै हिजै सोमबार रोजगारीका लागि श्रीमान् काठमाडौँ गएपछि श्रीमतीमा थप आशंका तथा निराशा थपिएको छ । 

आफूहरुलाई भन्दा पनि छोरीको भविष्यको चिन्ताले दुबैलाई पिरोल्न थालेको छ । अभाव र गरिबीमा पिल्सिँदै आएको यो परिवारको भविष्य अन्यौलमा रहेको आफन्तजनले बताएका छन् । 

यी थप तीन जनासहित हाल यस जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या ६५ पुगेको छ । जिल्लामा यस बाहेक अन्य केही परिवार पनि श्रीमान्का कारण संक्रमित भएको बताइन्छ । जिल्लामा २६ जना महिला र २६ जना पुरुष संक्रमित छन् र १४ जनाको यसअघि मृत्यु भइसकेको छ । रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार संक्रमितहरु ९ देखि ६० वर्ष उमेरभित्रका छन् । अधिकाँश श्रीमान्कै कारण संक्रमित बनेका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै