२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापाको प्रतिक्षामा थिए, शल्यक्रिया गर्ने विरामी

२०७४, २९ फाल्गुन मंगलवार ०७:३५

नारायण अधिकारी/फागुन २९, चितवन | सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना हुनुभएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात थापा जहाज दुर्घटनामा निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस्तो हुनुभयो । उहांँमात्र होइन अन्य धेरै बिरामी पनि उहांँको पर्खाइमा थिए । 


डा थापासंँग टाउकाको शल्यक्रिया गरेर रोगको उपचार गर्ने सापकोटाको चाहना अहिले सपना मात्रै भएको छ । टाउकोमा रगत जमेका कारण उहांँको दायांँ हात चलेको छैन । डा थापाले टाउकाको दायांँ भागमा रगत जमेको र आफू फर्किएपछि शल्यक्रिया गर्ने जनाएकाले सापकोटा उक्त अस्पतालमा भर्ना हुनुभएको हो । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा थापाबाटै शल्यक्रियाको पर्खाइमा तीनजना बिरामी अहिले पनि शय्यामै छन् । अस्पतालको न्यूरो विभागमा आइतबार र बिहीबार शल्यक्रिया हुन्छ । अन्य दिनमा २० देखि ४० बिरामी उपचारका लागि आउंँछन् । भरतपुरको चितवन अस्पतालका बिरामी पनि उहांँको पर्खाइमा थिए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूरो युनिटमा थापा प्रमुख हुनुहुन्थ्यो । उहांँसँगै डा बेन्जु लक्ष्मी प्रधानले पनि शल्यक्रिया गर्नुहुन्थ्यो । 

प्रधानले भन्नुभयो, “मैले एक्लै शल्यक्रिया गरेकी छैन, उहांँ आएपछि शल्यक्रिया गर्न तीनजना बिरामी शय्यामै छन् ।” उहाँका अनुसार ढाकामा भएको न्यूरो सर्जरीसम्बन्धी सम्मेलनमा सहभागी हुन डा। थापा गएको मंगलबार यहांँबाट काठमाडौँ जानुभएको थियो । उहांँले विगत छ वर्षदेखि डा थापासंँगै काम गर्दै आउनुभएको छ । न्यूरो विभागमा उहांँहरु दुईजना मात्र हुनुहुन्थ्यो तर आफूले एक्लै शल्यक्रिया नगरेकाले अब ती बिरामीलाई के गर्ने अहिल्यै भन्न नसक्ने प्रधानले बताउनुभयो । 

टाउकामा ठूला ट्युमर देखिए दिनमा एउटा र सानो भए तीन वटासम्म शल्यक्रिया गर्ने गरेको प्रधानको भनाइ छ । क्यान्सर अस्पतालमा थापाले २०५८ सालबाट काम गर्दै आउनुभएको थियो । राजधानी बाहिर केही वर्षअघिसम्म न्यूरो सर्जन उहांँमात्र हुनुहुन्थ्यो । त्यसैले जिल्लाका सरकारी र निजी अस्पतालमा न्यूरो सर्जरी उहांँले मात्रै गर्नुहुन्थ्यो । 

चितवन अस्पताल प्रालिका कार्यकारी अध्यक्ष चूडामणि घिमिरेका अनुसार डा थापा शनिबार फर्कने भनेर आइतबार बिरामी बोलाइएको थियो । उहांँले भ्याएका बेला दैनिक २० बिरामी हेर्ने गरिन्थ्यो तर उहांँको फोन नलागेपछि बिरामी फर्किएको घिमिरेले बताउनुभयो । 

डा थापाले पछिल्लो समय शल्यक्रिया निजी अस्पताल एलाइभमा पनि गर्दै आउनुभएको थियो । उक्त अस्पतालका प्रमुख डा प्रमोद लामिछानेका अनुसार विगत सात वर्षदेखि थापाले त्यहांँका बिरामीको पनि शल्यक्रिया गर्दै आउनुभएको थियो । 

डा लामिछानेले भन्नुभयो, “बिरामी आउंँदा डा थापा मध्यरातमा पनि अस्पताल आएर शल्यक्रिया गर्नुहुन्थ्यो ।” अर्थोपेडिक सर्जनसमेत रहनुभएका लामिछानेले टाउकोको ट्युमर शल्यक्रियाका लागि उहांँ देशकै एक नम्बर भएको दाबी गर्नुभयो । थापाकै प्रयोगका लागि उक्त अस्पतालले रु ६० लाख खर्च गरेर उपकरण खरिद गरेको थियो । 

लामिछानेका अनुसार क्यान्सरको उपचारका लागि सरकारी अस्पताल आएका बिरामीलाई कहिल्यै पनि निजी अस्पतालमा ल्याउन हुँदैन भन्ने मान्यता राख्नुहुने डा थापाले यहांँका मेडिकल कलेज र अन्य निजी अस्पतालमा गएर बिरामी हेर्ने र शल्यक्रिया गर्नेसमेत गर्नुहुन्थ्यो । कुनै अस्पतालका बिरामीमा न्यूरोसम्बन्धी समस्या देखिएमा अन्य चिकित्सकले थापासंँग राय सुझाव लिने गरेका थिए । थापाले काठमाडौँको अल्का अस्पतालमा पनि बिरामी हेर्ने र शल्यक्रिया गर्ने गर्नुहुन्थ्यो । देशको मध्यभागमा दुर्घटना बढी हुने हुंँदा थापाको जिल्लामा माग र महत्व बढी थियो । 

विमान दुर्घटनामा देशले गुमाएको एक प्रतिभाशाली न्युरो सर्जन गोल्ड मेडलिस्ट थापा कहिल्यै पनि दोस्रो नभएको उहांँका समकक्षीहरु बताउंँछन् । 

काभ्रेको कुशादेवी–३ मा २०२४ माघ ४ मा जन्मिनुभएका थापा विगत लामो समयदेखि चितवनमा बसोबास गर्दै आउनुभएको थियो । 

थापा सानैदेखि मेधावी विद्यार्थी भएको बताइन्छ । प्रवेशिका र प्रमाणपत्र तह पहिलो श्रेणीमा उत्तीर्ण गर्नुभएका थापा २०५१ सालको एमबिबिएस ‘टपर’ बिद्यार्थी हुनुका साथै बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिव विश्वविद्यालयमा विदेशी विद्यार्थीको कोटाबाट एमएस परीक्षामा पास गर्ने पहिलो र आफ्नो ब्याचका ‘गोल्ड मेडलिस्ट’ पनि हुनुहुन्थ्यो । 

चिकित्सा क्षेत्रबाहेक थापा साहित्य क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँका दुई कविता संग्रह ‘डाक्टरी कविता’ ९२०६१० र ‘डाक्टरका कविता’ ९२०६९० तथा निबन्ध संग्रह ‘चिरफार’ ९२०७०० प्रकाशित छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने