२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा मन्दिरभीत्र ६ वर्षिया वालिका बलात्कृत, अवस्था गम्भीर

२०७४, ३० फाल्गुन बुधबार ०८:२१

प्रेम सुनार/फागुन ३०, गुल्मी। गुल्मीको ईस्मा गाउँपालिकाकी ६ वर्षिया बालिका वलात्कृत भएकी छन् । हिजो दिउँसो  करिव ४ वजेको समयमा ईस्मा गाउँपालिकावडा नम्वर  ३  नयाँपोखराको हनुमान मन्दिर भित्र ६ वर्षिया वालिकालाई  सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका १७ वर्षिय हिमाल  दर्जीले वलात्कार  गरेको  प्रहरीले जनाएका छ ।


जिल्ला प्रहरी प्रमुख  एसपी अनुरागकुमार  द्धिवेदीले  निजलाई पक्राउ गरी आजै अदालतमा मुद्धा दायर  गरिएको  जानकारी  दिए । वलात्कृत ति ६ वर्षिया वालिकालाको अहिले  जिल्ला अस्पतालमा भर्ना गरिएको  छ ।

त्यस अस्पतालका डाक्टर  सुवोध ज्ञवालीका अनुसार  उनको यौनाङ्ग  सिलाई  गर्नु पर्ने भएकोले पाल्पा रिफर गरिदै छ ।

ज्ञवालीले भने–‘  वालिकाको  तलै सम्म यौनाङ्ग च्यातिएको  छ । सिलाउनका लागि वेहोस पार्नु पर्ने हुन्छ  । उनको उमेर सानै भएकोले यहाँ सम्म नभएर  सर्जिकल कन्सल्टेन्सका  लागि  पाल्पा  प्रवास अस्पतालमा रिफर गरिएको हो । ’

६ वर्षिया वालिकाले समेत सुरुमा ढाँटिन्

अधिकांस महिलाहरु आफु यौन हिंसामा  परेको कुरा दवाउन बाध्य छन भन्ने कुरा यि  वालिकाको बलात्कार घटनाले  देखाएको छ ।  छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले  छोरीले धेरैवेर सम्म आफु  लडेर रक्ताम्मे भएको भन्दै  ढाँटेको बताईन  ।

रक्ताम्मे अवस्था बढ्दै गए पछि मलाई शंका लागेर फकाउँदै, सोधे पछि हिमाल अंकलले चाउचाउँ किनेर खान  दिन्छु भन्दै फकाएर  मन्दिर भित्र लगेर  त्यस्तो हिंसा गरेको कुरा बताएको आमाले जानकारी  दिईन । हामी  पुग्दा जिल्ला अस्पतालमा  छोरी  संगै आमाको पनि रुवावासी चलिरहेको थियो । गुल्मीमा सव भन्दा कम उमेर  ६ वर्षिया वालिका वलात्कारको्  घटना पहिलो हो  । यस अघि आफ्नै वावुले ६ वर्षिया  छोरीको वलात्कार उद्योग गरेको घटनाका  विरुद्ध जिल्ला  प्रहरी कार्यालयमा उजुरी  परेको  थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस