हिजा दिउँसो देखि गुल्मीक"/>
हिजा दिउँसो देखि गुल्मीक"/>
प्रेम सुनार/फागुन ३०, गुल्मी ।गुल्मीको रेसुङ्गा वन क्षेत्रमा फेरी अर्को स्थानबाट भिषण आगोलागि भएको छ ।
हिजा दिउँसो देखि गुल्मीको रेसुङ्गा वन क्षेत्रमा लागेको राती अवेरसम्म र आज विहान ११ वजेसम्म नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र सर्वसाधरण जुटेर नियन्त्रणमा लिएका थिए ।
अहिले दिउँसो फेरी तल साउनेको जंगलमा भिषण आगोलागिको खवर प्राप्त हुन साथ उनै सुरक्षा निकायहरुलाई लगेर आफुहरु नियन्त्रणका लागि त्यस तर्फ जान लागेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।
विरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी जनमतबहादुर कार्कीले सेनाको टोलि पठाई सकिएको बताए । त्यस गुल्मबाट पुगेको टोलि गएराती आगो ेनियन्त्रण गरी् मध्येरातमा फर्केर फेरी विहानै दि उँसो फर्केको थियो ।