२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कृत ६ वर्षिया बालिका अस्पतालको शैयामा, दोषिलाई बचाउको चलखेल

२०७४, १ चैत्र बिहीबार ०६:०२

प्रेम सुनार/चैत्र १, गुल्मी । मंगलवार दिउँसो साढे चार वजेको समयमा वलात्कृत भएकी गुल्मीको ईस्माकी ६ वर्षिया बालिका यति वेला अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । 


यता उनका समाजका केहि मानिसहरु भने उनलाई वलात्कार गर्नेलाई कसरी कम सजाएँ दिउलाउन सकिन्छ भनेर बचाउको चललेखेलमा लागेको सुराक हामीलाई प्राप्त भएको छ ।

उक्त दिन ईस्मा गाउँपालिकावडा नम्वर  ३  नयाँपोखराको हनुमान मन्दिर पछाडीको एकान्त स्थानमा  ६ वर्षिया वालिका  कलिता नाम परिवर्तनलाई  सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका प्रमाणगत रुपमा उमेर नखुलेका हिमाल दर्जिले वलात्कार  गरेका थिए । 

वलात्कार पछि यौनाङका छेदन भई रक्त श्राप भएर वालिकालाई जिल्ला अस्पतालमा उपचार हुन नसकि बुधवार लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको छ ।  

जिल्ला अस्पताल गुल्मीका सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीका अनुसार वलात्कृत वालिकाको यौनी देखि मलद्धार सम्म छेदन भई यहाँ  उक्त घाउ सिलाउन सम्भव नभएर पाल्पा रिफर गरिएको हो ।  

दोषि दर्जिलाई सुरु कै दिन देखि कम उमेर वोल्न लगाएर नावलक बनाउने चलखेल स्थानिय केहि व्यक्तिहरुले गरिरहेको गोप्य प्रहरी श्रोतबाट समेत जानकारी प्राप्त भएको छ ।  सुरुमा चौथ वर्षको भएँ भनेर ति दोषिले भनेको ।  उनको शाररिक अवस्था र विर्य परिक्षणको रिर्पोट हेर्दा १६ वर्ष पुगि सकेको र पछि निजले नै १६  वर्ष पुगे भनेर भने पछि सोही उमेरबाट मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ ।

घटना विवरण बताउँदै जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले भने निजले चाउचाउ खान जाउँ भन्दै पैसाको समेत प्रलोभन देखाउँदै वलात्कार गरेको  र निजलाई हिरासतमा लिएर कार्वाही प्रकृया अगाडी बढाईएको बताए  ।

प्रभास अस्पतालका छोरीको उपचार गराई रहेकी उनकी आमा वेला वेलामा भक्कानिन्छिन् । छोरी रुने र डराउने गरिहन्छिन् । त्याहाँबाट टेलिफोनमा हामी संग कुराकानी गर्दै उनकी आमाले भनिन–‘ मेरी छोरीको जिन्दगी वर्वावाद गर्ने निजलाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ ।

सुरुमा छोरीले लडेर  यौनाङ्गमा दाउराको छेस्को पसेर रगत आएको भनेर ढाँटिन , पछि फकाउँदै सोध्धा त्यही हिमालले चाउचाउ खान जाँउ भन्दै मन्दिरमा लगेर जवरजस्ती आफुलाई त्यस्तो कार्य गरेको र आफु धेरैबेर सम्म त्यही वेहोस भएर पल्टेको उनले बताएको आमाले जानकारी दिईन ।

प्रहरीले भने स्थानियतहमा जो जसले चलखेल गरेपनि निजलाई मुलुकी ऐन २०२० को जवरजस्ती करणीको महल अनुसार कार्वाही हुने प्रहरी निरक्षक चौधरीले बताए ।

 पछिल्लो एकदशकका बलात्कार घटनाहरु मध्ये गुल्मीमा वलात्कृत हुने सब भन्दा कम उमेर ६ वर्षकी वालिका उनि पहिलो हुन । गत वर्ष आफ्नै वावुले  ६ वर्षिया छोरीलाई जवरजस्ती करणी उद्योग गरेको भन्दै प्रहरीमा मुद्धा दायर भएको थिया्े ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस