२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाख्राले पनि लिन थाले सुरक्षित प्रशुति सेवाः अप्रेशनबाट जन्मिए पाठापाठी (भिडियो सहित)

२०७४, ७ चैत्र बुधबार ०५:५१

प्रेम सुनार | चैत ७, गुल्मी । गुल्मीमा पहिलो पटक गर्भवति बाख्राको सल्यक्रिया गरेर सुरक्षित प्रशुति सेवा प्रदान गरिएको छ । सत्यवती गाउँपालिका वडा नम्वर २ साविकको ठुलोलुम्पेक गाविसको चेहमी गाउँका राजु उपनामले चिनिने रोमबहादुर कुवँरको घरमा पालिएको बाख्राले सामन्य रुपमा बच्चा जन्माउन नसके पछि सोही गाउँपालिको पशु विकास शाखाका प्राविधिक नारायण खनालल सफल  सल्यक्रिया गरेका हुन् ।

बाख्रालाई बच्चा जन्माउन ९ दिन सम्म ब्याथा लागेको र स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पछि अरु कुनै विकल्प नदेखे पछि सो गाउँपालिकाको पशु पन्छी विकास शाखामा बाखा्र पालक किशान पुगेका थिए । शाखा प्रमुख खनालले बाख्राको जोखिम पुर्ण सल्यक्रियाको प्रयोग जिल्ला मै पहिलो पटक गरेर सफल पनि भएका छन् र जुम्ल्या पाठा पाठी निकालेका छन् ।


अहिले माउँ र पाठा पाठीको स्वास्थ्य अवसथा ठिक रहेको कुँवर परिवारले बताए । लामो समय सम्म प्रसवा पिडामा रहेको बाख्रा माया मारी सकेको अवस्थामा बाचाई दिएकोमा परिवारजन खुशी छन् । दश हजारमा दुई महिना अघि मात्र किनेर ल्याएको उक्त बाख्राले अहिले जन्माएका दुई वटा बाठापाठी उफ्रि उफ्रि घर दलानमा खेलेको देख्दा छिमेकी समेत दंग परेका छन्  ।

ग्रामिण भेगमा कतिपय महिलाले सम्म सुरक्षित प्रशुति सेवा लिने तर्फ ध्यान नदिएको अवस्थामा बाख्राले समेत सुरक्षित प्रशुति सेवा लिन थाले पछि सारा महिलालाई सन्देश मात्र नभएर  नैतिक दवाव समेत बढेको स्थानिय शिक्षक छविलाल कुवँर बताउँ छन् ।

अप्रेशन पछी बाख्राको अवस्थाबारे भिडियो:- 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस