२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमाको अश्रुधारा पुछ्ने फुर्सदसम्म भएन मन्त्री बिष्टलाई

२०७५, ६ बैशाख बिहीबार ११:३५

प्रेम सुनार/बैशाख–६ गुल्मी।  सेतै फुलेकी आमा दलानमा छोरा आउने खवरले  बाटो तिर टोलाउँदै दलानमा वसेकी थिईन् । नभन्दै छोरा अर्थात  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट घर आई पुगे ।


मन्त्री भए पछि पहिलो पटक वुधवार गुल्मीको दोहलीस्थित घर पुगेका विष्टले आमा संग १५  मिनेट पनि समय दिएर बस्न भ्याएनन् ।  छोरा विष्टले जिल्लाबाट गएका जनप्रतिनीधी, सहायक सिडियो लगायतका व्यक्तिहरुलाई  परिचय गराउने क्रममा भने आमाको ओठमा मुस्कान थियो ।

घरमा खान खाएर विभिन्न कार्यक्रममा जानै पर्ने बाध्यताका कारण विष्ट आमाको पाउँ ढोगेर , एकैछिन सञ्चो विसन्चो सोधेर ठुला दाजु लक्ष्मण विष्टको घरमा खान गए ।

खाना खाँदै गर्दा कतै विद्यालय त कतै विभिन्न संघ संस्थाबाट फोन आउँछ , लौन मन्त्री ज्यु, निर्धारित कार्यक्रम वित्नै लाग्यो । उनले बुधवार एकै दिनमा स्वागत कार्यक्रम सहित दर्जनौ स्थानमा सहभागी हुनु पर्ने  थियो ।

खाना खाई सकेपछि पुन बुढो घर फर्केर मन्त्री विष्टले आमा म अहिले हिड्छु है भन्दै शिर निहुराई आमाको पाउँ ढोगे । जुन वेला आमाको आँखाबाट बगेको आँशु छोरा मन्त्रीको  शिरमा थोपा थोपा खस्दै  थियो ।  

उनकी आमाले भनिन–‘  वावु अहिलै गई हाल्छौं र  ? एकछिन बसन ।’ जवाफमा  मन्त्री विष्टले भने–‘एकछिन पनि फुर्सद छैन आमा ,म अहिले जान्छु , डेढ महिना पछि आउँछु र बसौंला । ’टुप्लुक्क निहुँरेर आमाको पाउँ ढोग्दै मन्त्री विष्ट घरबाट विदा हुन साथ आमाको दुखेसो यस्तो थियो–‘ आयो भलवाढी गयो….।’

त्यसो भन्दै गर्दा  आमाको आँखामा अश्रृधारा बगेको थियो । मन्त्री विष्ट पनि मन थामेर  भावुक  हुँदै र फर्कि फर्कि आमालाई नियाल्दै उकालो लागे । आँखाको दृष्टीले पुग्ने वेलासम्म आमाको आँखा छोरा तिरै थियो ।

लडाईमा हिडेको सिपाहीको बाध्यता झैं नचाहेर पनि अगाडी बढ्नै थियो । अन्ततः आमा छोरा दुवैले नियाल्दा नियाल्दै  मन्त्रीका सवारी टोलीले झण्डा फर्फराउँदै गाडी कुदाएर आँखाले देख्ने नेटो कटाएरै छाडे ।

त्यो दृश्यले साथमा रहेका बनेर फर्किने क्रममा सहयोगीहरु समेत भावुक बनिरहेका थिए । दुई छोरी र पाँच भाई छोरा मध्ये साईला छोरा मन्त्री विष्ट आमासंग अस्याट मेट्ने गरी लामो समय कहिल्लै बस्न पाएका छैनन् ।

चाँडै आउनु है वावु…  यस्तो कलेस आमाले पटक पटक दोहराएकी थिइन् । उनि ८९  वर्षकी भईन । श्रीमान भिमबहादुर विष्टको निधन भई सकेको छ । उनि कान्छा छोरा चुराबहादु विष्ट संग बुढो घरमा बस्दै आएकी छन् ।

सवै छोरा बुहारीहरुले औधी माया र स्याहर सुसार गरे पनि सवै छोराहरुसंग लामो समय बस्न नपाउँदाको कलेसले होला धेरै बेर आमाको गहबाट आँशु बगिरहेको  थियो ।

मन्त्री विष्ट पनि बसुँ–बसुँ , आमाको अश्रुधारा पुछुँ–पुछुँको मुद्रमा थिए । तर यस्तो छ हरेक छोरा छोरीहरुको आ–आफ्नो कार्य क्षेत्रको विवसता   र चाहेर पनि बुझ्न नसकिएको  आमाको आत्मा…

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ