२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ किलो सुन काण्ड: ३ को हत्या, पूर्व डीआइजी सहित चार प्रहरी अधिकारीहरु अनुसन्धानमा तानिए

२०७५, ८ बैशाख शनिबार ०५:४५

वैशाख ८, मकवानपुर | साढे ३३ किलो सुन तस्करी काण्डमा मुछिएका मकवानपुर प्रहरी प्रमुख एसपी विकाकस राज खनाललाई अनुसन्धान समितीले बोलाएकोा छ । 

खनालसँगै पूर्व डीआईजी लगायतका प्रहरी अधिकारीहरुलाई उपस्थित हुन अनुसन्धान समितिले पत्र काटेको छ । सो काण्डको विस्तृत अनुसन्धानका लागि सरकारद्वा गठित अनुसन्धान समितिले पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतलगायतलाई समितिसमक्ष उपस्थित गराउन भनी प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै २०७३ पुषमा भित्रिएको साढे ३३ किलो सुन तस्करीको घटनामा जोडिएका ३ जनाको हत्या भइसकेको छ । सोही मृत्यु प्रकरणमा प्रहरीका उपरोक्त वरिष्ठ अधिकारीहरु पनि मुछिएको भन्दै समितिले पत्र काटेको हो । सो काण्डमा मुछिएका डिआइजी निरौलाले भने गत २९ चैत्रमा अवकाश पाइसकेका छन, एसएसपी खत्री प्रहरी प्रधान कार्यालयमा र खनाल मकवानपुर प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।

(माथिको तश्विरमा क्रमश: पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतल)

डिआईजी निरौला २०७२ देखि २०७३ सम्म विमानस्थल प्रमुखको रुपमा कार्यरत थिए । उनी निरन्तर सुन तस्करको गिरोहसँग सम्पर्कमा रहेको स्रोतले जनाएको छ । उनकै कार्यकालमा २०७३ पुष २१ पुषमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो । यस अवधिसम्म थुप्रै व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको तर यो रहस्य हालसम्म सुल्झन सकेको छैन । बरामद गरिएको भनिएको सुन समेत गायब भएको भने केही व्यक्तिको हत्यासमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस