२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिमेकी जिल्ला समेटेर एकीकृत विकास: अध्यक्ष दाहाल

२०७५, १२ बैशाख बुधबार ०५:५०

वैशाख १२ चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताउनुभयो । 

यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो । देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने उहाँले बताउनुभयो । 

चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका दाहालले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्छ ।” 

जुन ठाउँ जसरी रहेको छ त्यो सबैलाई हेरेर एकीकृत रुपमा विकास योजना बनाइने भन्दै उहाँले यस विषयमा केन्द्रमा पनि छलफल भइरहेको बताउनुभयो । नेता, बुद्धिजीवीलगायतसँग यस क्षेत्रको विकासको विषयमा छलफल चलिरहेको भन्दै उहाँले भन्नुभयो “एकीकृत विकासको मोडल बनाउँदा एशियाली मापदण्डका कुरा पनि चलिरहेका छन् । अन्तर्राष्ट्रिय मापदण्डका कुरा पनि चलिरहेका छन् । त्यस्तै मोडेल हामी यस क्षेत्रमा बनाउँछौँ ।” 

यी क्षेत्रको आफूले भ्रमण गरिरहेको भन्दै उहाँले भन्नुभयो “हरेक पटक म चितवन आउँदा फरक फरक ठाउँ जान्छु, त्यहाँ रिल्याक्स गर्न गएको होइन, त्यहाँको विकासको सम्भावना हेर्न गएको हुँ ।” 

जग्गा खण्डीकरण पूर्णरुपमा रोक्नुपर्ने भन्दै उहाँले विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली शुरु गरिने बताउनुभयो । नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको उहाँले बताउनुभयो । 

चिनियाँ टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउँदै उहाँले जिल्लामा २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको बताउनुभयो । उहाँले स्टिल, फलाम, कपडा, चप्पलजस्ता उद्योग खोल्न उनीहरुले प्रस्ताव गरिरहेको बताउँदै दाहालले भन्नुभयो “मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो ।” 

चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उहाँले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको बताउनुभयो । 

अर्काे एक प्रसंगमा दाहालले जुन ठाउँमा प्रदेशको राजधानी छ त्यसको नजिकको अर्काे शहरमा व्यवस्थापिका–संसद्को कार्यालय हुने गरी छलफल चलिरहेको बताउँदै उहाँले हेटौँडा राजधानी भइरहँदा त्यो सम्भावना चितवनमा रहेको बताउनुभयो । 

पछिल्लो समय चितवनबाट निर्वाचित भएपछि यस क्षेत्रको विकासमा केन्द्रित हुनु भएका दाहालले ३ नम्बर प्रदेशको प्रहरी हेडक्वार्टर चितवनमा राख्ने तय भइसकेको बताउनुभयो । यसैगरी, राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमा नै रहने उहाँले बताउनुभयो । 

निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै उहाँले आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया शुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धलगायतका काम गर्ने तयारी भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी