2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगलागि पिडितका लागि राहत लिएर आफै पुगे कर्णालीका मुख्यमन्त्री

दान बहादुर बुढा | वैशाख २२, मुगु | गएको विहिबार आगलागिबाट १७ घर जलेर नष्ट भए पछि घरवास विहिन भएका आगलागि पिडीतका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन | 

जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँमा बिहिवार विहान ९ बजे लागेको आगोका कारण १७ घर जलेर नष्ट भएका थिए । अन्नपात, भाँडा वर्तन लगायत सबै खरानी भए पछि छिमेकीका घरमा आश्रय लिएर बसि रहेका अग्नि पिडीत तिन पछि राहत पाएका हुन । चिउरा, चिनी, चाउचाउ, तेल, पाल, जकेट, कम्बल सिलिपिङ्ग ब्याग, दाल लगायतका राहत सामग्री नेपाली सेनाको हेलिकप्टर मार्फत मुख्य मन्त्री शाही, मुगुबाट प्रतिनीधी सभाका सदस्य गोपाल बम, प्रदेश सभा सदस्य दानसिंह परियार तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किम्री पुगेका हुन । जिल्लाबाट पनि तत्कालका लागि १३ क्वीण्टल चामल, तेल, भाँडा वर्तन, चाउचाउ, औषधी, कम्बल लगायतका सामाग्री पठाईएको छ । 

उद्योग बाणिज्य संघ मुगुले संकलन गरेको ८७ हजार ३ सय ५५ र हाल स्पेनमा रहेका छायानाथ रारा नगरपालिका १३ थार्प गाउँका अक्कल बोहोराले पठाएको २० रकम पनि अग्नि पिडीत परिवारलाई पठाईएको छ भने जिल्ला प्रशासन कार्यालयले तत्काल प्रति परिवार दश दश हजार प्रदान गरेको छ । मुगुम कार्मारोङ्ग गाउँ पालिकाले तिन महिनासम्मका लागि खाद्यन्न व्यवस्था गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर शाहीले बताए ।

हेलिकप्टर व्यवस्था गर्न नै समय लागेकाले राहत सामाग्री आउन ढिलाई भएको र तत्काल खान बस्नको व्यवस्था मिलाईए पनि पिडीतको पुर्नस्थापनाका लागि घर बनाउन्जेलसम्म सरकार लागि पर्ने मुख्य मन्त्री शाहीले बताए । अहिले पिडितका लागि केही राहत व्यवस्था गरिए पनि उनिहरुको पुर्नस्थापना तथा घर निर्माणका लागि अनुदान सहुलियत दलर ऋणको व्यवस्था गर्न सरकारलाई घच्घच्याउने प्रतिनीधी सभा सदस्य गोपाल बमले बताए । आगलागिबाट चार करोड बढि क्षति भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । अहिले अग्नि पिडीतहरुमा वेहोस हुने , बरबराउने, रुने जस्ता समस्या देखा परिरहेको बताईएको छ । पिडीतमा पर्न सक्ने स्वास्थ्य  समस्यालाई मध्य नजर गर्दै औषधी सहित स्वास्थ्यकर्मिको टोली घटना स्थल तर्फ पठाई सकिएको र थप औषधी शनिवार हेलिकप्टरबाट पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तश्विरमा: अग्नि पिडीतका लागि राहत ल्याएर ताल्च विमान स्थल पुगेको नेपाली सेनाको हेलीकप्टरमा जिल्लामा व्यवस्था गरिएको राहत सामाग्री राखिदै । तस्वीरः दान बहादुर बुढा /सास, मुगु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ