२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीर अस्पतालमा सफाइ अभियान सुरु

२०७५, २३ बैशाख आईतवार ०७:३९

वैशाख २३ काठमाडौँ | शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आजदेखि सफाइ अभियान चलेको छ । 

जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा करिब सयभन्दा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन । राति फोहोरले भरिएका ती शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हुँदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ । 

हरेक दिन एक ट्रकभन्दा बढी फोहर अस्पतालबाट निस्कन्छ । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन जेठो अस्पतालबाटै एकमहीने अभियान शुरुआत गर्दै भन्नुभयो,‘‘सबै सरकारी अस्पताल आफ्नै सम्पत्ति हो भन्ने सोचेर अभियानमा लागौंँ, शुरु हामीबाटै गर्ने हो, अबको एक महिनामा साँच्चै महसुस गर्नेछौँ ।’’ 

एक सय २८ वर्ष पुरानो अस्पतालको बाहिरी भाग सफाइ गर्दै आन्तरिक सफाइ पनि जरुरी भएको उहाँको भनाइ छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा गणेशबहादुर गुरुङले अस्पताल राजधानीको मुटुमै भएकाले हरेक दिन ठूलो संख्याको मानिसको आवागमन हुने भएकाले सफाइमा चुनौती भए पनि सफा गर्ने लक्ष्य पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतले पछिल्लो समयमा अस्पतालमा धेरै सुधार भइरहेकाले बिरामीले सहज सेवा पाइरहेको उल्लेख गर्दै अस्पतालको पूर्वाधार, रंगरोगन र सरसफाइसँगै आवश्यक उपकरणलगायत प्रविधिसमेत थपिँदै गएका कारण मुहार फेरिँदै गएको बताउनुभयो । 

पुराना संरचनाका भएको अस्पतालका धेरै स्थानमा घिनलाग्दा कक्ष, भर्याङ, भूइँ र भित्ता तथा प्राङ्गणको फोहोरले बिरामीसँगै गएका कुरुवा आफ्न्त पनि बिरामी हुने अवस्था छ । अस्पतालमा खटिने १५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अपेक्षित नतिजा देखिएको छैन । 

देशका कुनाकाप्चाबाट उपचार गराएर स्वस्थ हुने विश्वासका साथ दैनिक तीन हजार बिरामी अस्पतालमा आइपुग्छन् । हरेक दिन कुनै न कुनै काम लिएर पाँच हजार बढी मानिस वीर अस्पताल आवतजावत गर्ने गर्छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार विकासोन्मुख देशमा भर्ना भएका सय बिरामीमध्ये १० जना संक्रमणका कारण मृत्युको मुखमा पर्छन् भने विकसित देशमा सयमध्ये सातभन्दा कम व्यक्तिको संक्रमणका कारण मृत्यु हुन्छ ।  

चौबीस वर्षदेखि अस्पतालको सुरक्षाका निम्ति खटिरहेका चौकीदार राजाराम आचार्यले पहिले अस्पतालमा छिर्नासाथ दुर्गन्धले आक्रमण गर्ने भए पनि अहिले यो समस्या कम हुँदै गएको बताउनुभयो । 

मन्त्रालयले अस्पताल र ट्रमा सेन्टरको १५÷१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङसँग सहकार्य गरेको छ । भने नेपाल सरकारका सरसफाइदूत सीताराम कट्टेल पनि अभियानमा हुनुहुन्छ । 

अष्ट्रेलियाबाट नेपाल आउनुभएका खेम्स क्लिनिङका खेम शर्माका १५ स्वयम्सेवकसहित अस्पतालका १० सरसफाइ कर्मचारी पनि सफाइमा जुटेका छन् । 

शर्माले भन्नुभयो,‘‘हामी वैज्ञानिक रुपमा गरिने सफाइबारे वीर अस्पतालमा कार्यरत कर्मचारीलाई सिकाउने छौँ ।’’ सरसफाइदूत कट्टेलले वीर अस्पतालमा भएको सफाइ अभियानले देशभर तरङ्ग ल्याउने बताउनुभयो । उहाँले सबैले आ–आफ्नो दायित्वबोध गर्न सक्ने हो भने हरेक अस्पताल सफा र स्वच्छ हुने धारणा राख्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल