२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी

२०७५, २३ बैशाख आईतवार १०:११

वैशाख २३ काठमाडौँ | नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । 

समितिको यही वैशाख १७ र १८ गते बसेको बैठकले दुर्गम एवं विकट जिल्ला र अन्य स्थानमा रिक्त दरबन्दीमा तत्काल पदपूर्तिको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्था र स्थानीय तहका कार्यालयमा भौतिक संरचना तथा अति आवश्यक फर्निचर, औजार उपकरणको व्यवस्था गर्न माग गरेको छ । 

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको स्वेच्छिक अवकाशसम्बन्धी व्यवस्थालाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, प्रदेशमा स्वास्थ्य मन्त्रालय रहने संवैधानिक व्यवस्था तत्काल लागू गरी संघीयतामा जनस्वास्थ्य सेवाको अधिकारको प्रत्याभूति प्रदेशलाई सुम्पिनुपर्ने र स्वास्थ्य सेवाका कर्मचारलिाई निजामतिको कर्मचारीमा नमिलाई अलगै संरचनामा राख्नुपर्ने माग गरिएको युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो । 


स्थानीय तहका स्वास्थ्य सेवालगायत अन्य विषयगत शाखामा काम गर्ने कर्मचारीलाई असमान व्यवहार गर्ने गरेको पाइएको जनाउँदै घोषणापत्रमा एउटै कार्यालय र एउटै हाजिरीमा उपस्थित हुने कर्मचारीलाई समान व्यवहार गरिनुपर्नेमा जोड दिइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल