2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आचार्य श्रीनिवास पक्राउ, आफैले गोली हान्न लगाएको खुलाशा

वैशाख २४, काठमाडौँ | गत महिना चैतको २५ गते गोली लागेर घाइते भएका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका छन् । 

मोरङ प्रहरीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले धर्म गुरु श्रीनिवासलाई गोली हान्नेहरुको अनुसन्धान गर्दा श्रीनिवास आफैले योजना बनाएर गोली हान्न लगाएको खुलाशा भएपछि उनलाई अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चितवन भरतपुर ४ बस्ने २९ वर्षीय माधव चौधरी र नवलपरासी गैँडाकोट ५ का ३२ वर्षका सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई गोलीसहितको पेस्तोल दिएर आचार्यले आफैँलाई गोली हान्न लगाएका थिए ।

मोरङका एसपी अरुण बीसीका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।  उनीहरुले दिएको बयान अनुसार उनिहरुलाई आचार्य श्रीनिवासले नै योजना बनाएर गोली हान्न लगाएको बताएका छन् । 

उनलाई चैत २५ गते बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । उनलाई गोली हानेको स्थानमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा समेत भेटिएको थियो । उक्त पर्चामा ‘भारतको दलाली गर्नेहरुलाई ठेगान लगाउने अभियान’ शुरु गरेको उल्लेख थियो । 

माथिको तश्विरमा: यस अघि गोली लागि घाइते भएर न्यूरो अस्पताल विराटनगरमा उपचाररत श्रीनिवास ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो