२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हावाहुरीले एक जनाको मृत्यु, दर्जन भन्दा बढी घाइते, करौडौको क्षति

२७ बैशाख २०७५, बिहीबार ०१:३४

राम नारायण पंडित | वैशाख २७, सिरहा | हाबाहुरीले सिरहामा एक जनाको ज्यान गएको छ । बुधबार बिहान एक्कासी आएको आँधीतुफानले सिरहामा ब्यापक जनधनको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आँधीतुफानले घर भत्किदा च्यापिएर मिर्चैया नगरपालिका बडा नं.१० बस्ने करीब ७५ बर्षीय सगुनी महतोका ज्यान गएको छ । 


सिरहाको बिभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा दर्जन भन्दा बढी ब्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुको उपचार जिल्लाको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । हाबाहुरीले सिरहाका बिभिन्न स्थानमा हजारौ घरमा क्षति भएको बताईएको छ । घर भत्किदा सैयौ घरपरिबार घरबार बिहिनको अबस्थमा पुगेका छन् । 

आँपको उर्बरभुमि मानिने सिरहामा हाबाहुरीले ब्यापक क्षति भएको छ भने हजारौ रुखहरु ढल्दा बिभिन्न स्थानमा सडक अबरुद्ध भएको छ । पुर्बपश्चिम राजमार्गलाई बिहानै स्काभेटर लगाएर सुचारु गरेपनि सहायक सडकहरु अझै खुल्न सकेका छैन् ।     


मिर्चैया नगरपालिकाले क्षति भएका स्थानहरुमा अनुगमन गरेका छन् । मेयर श्रबण कुमार यादबको नेतृत्बमा गएको टोलीले नगरपालिकालाई अनुगमन गरेका हुन् । मेयर यादबले नगरपालिका भित्र हाबाहुरीले ब्यापक क्षति गरेको भन्दै पिडितहरुलाई आबश्यक राहत उपलब्ध गराउने बताए । उनले भने “हामीहरु अनुगमनका क्रममा छौ थप बिबिरण आउने क्रम बाकी नै छ, प्राप्त भएको जानकारी अनुसार बडा नं. १० मा एक जनाको ज्यान गएको छ भने दर्जन भन्दा बढी घाइते भएका छन्, र हजारौ घरमा क्षति भएको हो ।” उनले नेपाल सरकारसंग पनि आबश्यक सहयोगका लागि आग्रह गरेका हुन् । 


हाबाहुरीले बिद्यतुका पोलहरु सैयो स्थानमा ढल्दा बिद्युत सेवा पुर्ण रुपमा अबरुद्ध भएको छ । सुचारु हुन एक सातासम्म लाग्न सक्ने नेपाल बिद्यूत प्राधिकरण मिर्चैया बितरण केन्दका प्रमुख शिबराम यादबले बताए । त्यसैगरी नेपाल टेलिकमका ल्यान्ड लाइन टेलिफोनमा समस्या हुँदा संचार बिहिन भएका छन । जिल्लामा रहेका बिभिन्न कम्पनीका ईन्टरनेटका सेवा समेत अबरुद्ध भएका छन् । बिद्युत नहुँदा जिल्लामा संचालित आधा दर्जन रेडियो स्टेशनहरु बन्द भएका छन् भने टाबरहरुमा पनि समस्या देखिएको छ । 

यता, सुखिपुर नगरपालिकाले पिडितहरुलाई तत्काल राहत स्बरुप त्रिपाल उपलब्ध गराएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान