२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यादबको हत्यामा संलग्न दुई जना सार्वजनिक

२०७५, १४ जेष्ठ सोमबार ०२:३०

राम नारायण पंडित | जेठ १४, सिरहा | कर्जन्हा नगरपालिका बडा नं. ७ मरेवा बस्ने मुसहरु भन्ने सुपेन्द्र यादबको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलन गरी आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानिय सोभित यादवको ५५ बर्षीय छोरा बन्ठा भन्ने राम सेवक यादव र राम लखन महतोको २८ बर्षीय छोरा जंगली भन्ने अन्जनि कुमार कुशवाहा महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले बताए । 

उपरीक्षक श्रेष्ठका अनुसार जंगली धारिलो हतियार प्रहार गरी हत्या गरेको र बन्ठा घटनाको योजनाकार रहेको अनुसन्धानबाट खुलेको छ । विगत लामो समयदेखि चल्दै आएको दुश्मनीका कारण सुपेन्द्रको हत्या गर्ने दुबै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको उनले बताए । जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएको धारिलो हतियार तरबार र जंगलीले लगाएको रगत लागेको गम्छा बरामद भएको प्रहरीले जनाएको छ ।

बैशाख २१ गते सुपेन्द्रलाई धारिलो हतियार प्रयोग हत्या भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस