२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्वन्ध विच्छेद गरेको एक महिना नपुग्दै फेरी उहि श्रीमान चाहिएपछी…

२०७५, १६ जेष्ठ बुधबार ०४:३५

प्रेम सुनार/जेठ–१७, गुल्मी। कतिपयले महिला अधिकारको दुरुपयोग गर्दै आफैले आफुलाई विचलित पार्दै गएका छन् । गुल्मीकी एक महिलाले  अघिल्लो महिना आफु श्रीमानको ज्यादती सहन नसकेको भन्दै  जिल्ला अदालत गुल्मीबाट सम्वन्ध विच्छेद गरेकी थिईन ।

फेरी अहिले एक महिना नपुग्दै उनै महिलाले  श्रीमान संग पुनः नाता कायम गरी पाउँ भनि फिराद जाहेरी दिएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद वस्यालले जानकाकारी दिए ।  ‘उनका वालवालिकामा नकरात्मक असर नपरोस भनि उनिहरु श्रीमान श्रीमतिको नाम गोप्य राखिएको छ ,– श्रेस्तेदार बस्यालले भने–‘ प्रवेशिका परिक्षा दिएका एक छोरा सहित उनि दुई सन्तानकी आमा हुन ।’

हामीले र उनका श्रीमान सहितका परिवारले सम्वन्ध विच्देद नगर भनेर निकै सम्झाईयो तर पनि  उनले उति वेला मानिन , अहिले एक महिना नपुग्दै पुनः उसै श्रीमान संग नाता कायम गरी  पाउँ भनि फिराद दिएकी छन्’– बस्यालले भने  ।

बैशाख ७ गते उनिहरु विच मेलमिलापमा सम्वन्ध विच्छेद भएको थियो भने जेठ ११ गतेका दिन फेरी उनै महिलाले नाता कायम गरी पाउँ भनि फिराद दिएको त्यस अदालत प्रशासन तथा रजिष्टेशन शाखा प्रमुख ना.सु. सिता घिमिरेले जानकारी दिईन ।

घर परिवारको सहमति विना केहि वर्ष देखि  अर्को जिल्लामा वसेर एक व्यापार–ब्यबसाय समुहमा  वसेको बताउँने उनले त्यहाँबाट फर्के पछि आफु श्रीमान संग सम्वन्ध विच्छेद गरी स्वतन्त्र रुपमा उक्त ब्यवसाय चलाउने भन्दै एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर मुद्धा दायर गरेकी थिईन । उनि अन्दाजी ३५ वर्षिया  पढालेखा महिला हुन् ।

श्रेस्तेदार बस्याल भन्छन् अंश नलिई सम्वन्ध विच्छेद गरिदैन भनेर हामीले अर्को मुद्धा लेख्न लगायौं , उनका श्रीमानले सम्वन्ध विच्छेद नगर , हिड घर जाउँ भनेर धेरै पटक कर  गरे । छोराहरु रोएर आमा त्यसोा नगर्नुस भनेर हात जोडे । फोनमा हामीले उनकी आमालाई समेत सम्झाउन लगाऔं । तर कसैको केहि सिप लागेन अन्ततः विना पैसा सम्वन्ध विच्छेद गरेकी हुन् ।

 सम्वन्ध विच्छेद नगर्न सम्झाउनेहरु मध्येकी एक अधिकारकर्मीले भनिन्–‘ महिलालाई अधिकार अलि बढि नै भएको हो कि भन्ने महशुस पनि गरेका छौं । आफु खुशी अन्यत्रै गएर आत्मानिर्भर पनि हुन पाउनु पर्छ भन्ने र फेरी उता तालमेल निमले पछि उहि श्रीमान संग नाता कायम गरी पाउँ भन्नु महिलालाई प्राप्त अधिकार आफु खुशी प्रयोग गर्न खोज्नु हो ।’

सम्वन्ध विच्छेद गरेको केहि दिन पछि वकिल र अदालतले आफुलाई झुक्काएर आफुलाई सम्वन्ध विच्छेद गराएको आरोप लगाउँदै आफु विक्षिप्त भएर न्याय खोज्न आएको  यहाँका अधिकारकर्मी महिलाहरु संग भनेकी थिईन  ।

अधिकारकर्मीहरुले सञ्चारकर्मीहरुलाई समेत बेलाएर उनि संग साक्षत्कार गराएका थिए । त्यस वखत उनि प्रत्येक शव्दमा आँशुका ढिंका खसाल्दै गलाअवरुद्ध पारेकी थिईन । श्रीमानले आफु संग पशुतुल्य यौनहिंसा गर्ने गरेकोले आफु विक्षिप्त भएको समेत बताएकी थिईन ।  पछि अधिकारकर्मी सहित अदालतमा बुझ्न जाँदा अदालतले उनका लागि निकै प्रयास गर्दा पनि उनले बरु आफु जोगी भएर हिड्छु , एक पैसा  नलिई सम्वन्ध विच्छेद गर्छु भनेर ढिपी नछाडेको पाईयो ।

श्रोतका अनुसार उनि बढि महत्वकांक्षी बनेर कसैको लहडमा लागेर आवेशमा आई सम्वन्ध विच्छेद गरेको तर जव सम्वन्ध विच्छेद भयो तव उनि न यता नउताको अवस्थामा पुगेपछि फिराद दायर गरेकी  पाईएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा