२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्वन्ध विच्छेद गरेको एक महिना नपुग्दै फेरी उहि श्रीमान चाहिएपछी…

१६ जेष्ठ २०७५, बुधबार ०४:३५

प्रेम सुनार/जेठ–१७, गुल्मी। कतिपयले महिला अधिकारको दुरुपयोग गर्दै आफैले आफुलाई विचलित पार्दै गएका छन् । गुल्मीकी एक महिलाले  अघिल्लो महिना आफु श्रीमानको ज्यादती सहन नसकेको भन्दै  जिल्ला अदालत गुल्मीबाट सम्वन्ध विच्छेद गरेकी थिईन ।

फेरी अहिले एक महिना नपुग्दै उनै महिलाले  श्रीमान संग पुनः नाता कायम गरी पाउँ भनि फिराद जाहेरी दिएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद वस्यालले जानकाकारी दिए ।  ‘उनका वालवालिकामा नकरात्मक असर नपरोस भनि उनिहरु श्रीमान श्रीमतिको नाम गोप्य राखिएको छ ,– श्रेस्तेदार बस्यालले भने–‘ प्रवेशिका परिक्षा दिएका एक छोरा सहित उनि दुई सन्तानकी आमा हुन ।’

हामीले र उनका श्रीमान सहितका परिवारले सम्वन्ध विच्देद नगर भनेर निकै सम्झाईयो तर पनि  उनले उति वेला मानिन , अहिले एक महिना नपुग्दै पुनः उसै श्रीमान संग नाता कायम गरी  पाउँ भनि फिराद दिएकी छन्’– बस्यालले भने  ।

बैशाख ७ गते उनिहरु विच मेलमिलापमा सम्वन्ध विच्छेद भएको थियो भने जेठ ११ गतेका दिन फेरी उनै महिलाले नाता कायम गरी पाउँ भनि फिराद दिएको त्यस अदालत प्रशासन तथा रजिष्टेशन शाखा प्रमुख ना.सु. सिता घिमिरेले जानकारी दिईन ।

घर परिवारको सहमति विना केहि वर्ष देखि  अर्को जिल्लामा वसेर एक व्यापार–ब्यबसाय समुहमा  वसेको बताउँने उनले त्यहाँबाट फर्के पछि आफु श्रीमान संग सम्वन्ध विच्छेद गरी स्वतन्त्र रुपमा उक्त ब्यवसाय चलाउने भन्दै एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर मुद्धा दायर गरेकी थिईन । उनि अन्दाजी ३५ वर्षिया  पढालेखा महिला हुन् ।

श्रेस्तेदार बस्याल भन्छन् अंश नलिई सम्वन्ध विच्छेद गरिदैन भनेर हामीले अर्को मुद्धा लेख्न लगायौं , उनका श्रीमानले सम्वन्ध विच्छेद नगर , हिड घर जाउँ भनेर धेरै पटक कर  गरे । छोराहरु रोएर आमा त्यसोा नगर्नुस भनेर हात जोडे । फोनमा हामीले उनकी आमालाई समेत सम्झाउन लगाऔं । तर कसैको केहि सिप लागेन अन्ततः विना पैसा सम्वन्ध विच्छेद गरेकी हुन् ।

 सम्वन्ध विच्छेद नगर्न सम्झाउनेहरु मध्येकी एक अधिकारकर्मीले भनिन्–‘ महिलालाई अधिकार अलि बढि नै भएको हो कि भन्ने महशुस पनि गरेका छौं । आफु खुशी अन्यत्रै गएर आत्मानिर्भर पनि हुन पाउनु पर्छ भन्ने र फेरी उता तालमेल निमले पछि उहि श्रीमान संग नाता कायम गरी पाउँ भन्नु महिलालाई प्राप्त अधिकार आफु खुशी प्रयोग गर्न खोज्नु हो ।’

सम्वन्ध विच्छेद गरेको केहि दिन पछि वकिल र अदालतले आफुलाई झुक्काएर आफुलाई सम्वन्ध विच्छेद गराएको आरोप लगाउँदै आफु विक्षिप्त भएर न्याय खोज्न आएको  यहाँका अधिकारकर्मी महिलाहरु संग भनेकी थिईन  ।

अधिकारकर्मीहरुले सञ्चारकर्मीहरुलाई समेत बेलाएर उनि संग साक्षत्कार गराएका थिए । त्यस वखत उनि प्रत्येक शव्दमा आँशुका ढिंका खसाल्दै गलाअवरुद्ध पारेकी थिईन । श्रीमानले आफु संग पशुतुल्य यौनहिंसा गर्ने गरेकोले आफु विक्षिप्त भएको समेत बताएकी थिईन ।  पछि अधिकारकर्मी सहित अदालतमा बुझ्न जाँदा अदालतले उनका लागि निकै प्रयास गर्दा पनि उनले बरु आफु जोगी भएर हिड्छु , एक पैसा  नलिई सम्वन्ध विच्छेद गर्छु भनेर ढिपी नछाडेको पाईयो ।

श्रोतका अनुसार उनि बढि महत्वकांक्षी बनेर कसैको लहडमा लागेर आवेशमा आई सम्वन्ध विच्छेद गरेको तर जव सम्वन्ध विच्छेद भयो तव उनि न यता नउताको अवस्थामा पुगेपछि फिराद दायर गरेकी  पाईएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य