२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-बढ्दो साइबर क्राइम

७ बैशाख २०७३, मंगलवार ०२:४९

पछिल्लो समयमा विद्युतीय कारोबार अन्तरगतका साइबर क्राइमका घटनाहरु बढी मात्रामा बाहिर आइरहेका छन् । संचार प्रविधिको प्रयोग अहिलेको आधुनिक समाजमा नगरी सुखै छैन । यसो भनिरहदा विद्युतीय कारोवारमा अपराधका घटनाले तीव्रता पाउनु चिन्ताको विषय हो । बढ्दो विद्युतीय कारोबारमा खासगरी युवायुवतीहरुले सक्रिय सहभागिता जनाएको पाइन्छ ।

  नेपाली युवाहरुलाई सामाजिक संजाल अर्थात् फेसबुक कुलत सहर भएको छ । पछिल्लो समयमा सामाजिक संजालको प्रयोग दिनप्रत्येक दिन बढ्दै गर्दा सोको प्रयोगलाई गलत बनाईएको छ भने सोही अनुसार अपराधका घटना पनि बाहिर आएका छन् । कहिले हत्या भएका घटना त कहिले लुटपाट तथा कहिले  चरित्र हत्याका घटनाहरु बाहिर आएका  छन् । फेसबुकमा कसैको चरित्र हत्या, बदनाम, नैतिक पतनका क्रियाकलाप साथै हत्यासम्म  हुनेगरी उक्साउने काम गरिएको भेटिन्छ । विद्युतीय कारोवारबाट कसैको चरित्र हत्या हुने काम गरे साईवर अपराधमा राज्यले पक्राउ गर्ने भए पनि कार्यान्वयनको प्रक्रिया फितलो हुँदा पनि अपराधले फराकिलो दायरा बनाएको हो ।

    सामाजिक संजालको प्रयोग व्यवस्थित नहुदँ समाजमा पछिल्लो समय अप्रिय घटना हुन थालेका छन् जून गलत हो । सामाजिक संजालको प्रयोग सही रुपमा गर्न सक्ने हो भने यसबाट फाइदा लिन सकिने भएता पनि बदलाको भावना र अपराधिक मनासाय तथा प्रेमको विछोड र वियोगले यस्ता घटनालाई बढवा दिएको छ । केहि महिना अगाडी पोखरामा नेहा पुन,  काठमाडौंमा भेनिसा लिम्बुको हत्या नै भयो भने कतिपयले सामाजिक संजालको प्रयोग गरी लुटपाट तथा अनैतिक सम्बन्ध र यौनकाण्डसमेत बनाएर घरबार विहिन समेत तुल्याएका घटना बाहिर आएका छन् । पर्वतकै सन्दर्भलाई हेर्ने हो भने पनि साइवर अपराधका घटना दोहोरिने गरेको छ ।

    विद्युतीय कारोबार अन्तरगतको ऐन भएता पनि त्यसको बारेमा व्यापक प्रचारप्रसारको खाँचो देखिन्छ । समाजमा अपराधिक मनासायका मानिसको हावी हुनाले पनि  यस्ता घटनाले प्रश्रय पाएको छ । कतिपय साईवर अपराधका घटना जानेर भएका छन् भने कतिपय अन्जानमा साथै कसैको लहैलहैमा लागेर पनि हुने गरेका छन् । यस्ता घटनाको न्यूनिकरण गर्नको लागि सरोकारवाला निकायले आवश्यक कदम चाल्न आवश्यक छ । उचित समयमा उचित कदम चाल्नु आवश्यक छ भने अर्कोतर्फ अभिभावकले पनि आफ्ना बालबच्चामाथि निगरानी राख्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन