२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले गुल्मीको कामी/दमै गाउँका नाम फेरिदिएपछि…

२१ जेष्ठ २०७५, सोमबार ११:०८

प्रेम सुनार/जेठ–२१, गुल्मी।  नेपाली कांग्रेस गुल्मीले गरेको ५० दिने महाअभियानका क्रममा समाजका ठुलाबढा भनाउँदाहरुले सदियौदेखि  दलित समुदायको अपमान र उपाहस गर्दै उनीहरु कै जातका आधारमा राखेका उनिहरुको गाउँ टोलका नामहरुलाई फेरेको छ । जातियताका आधारमा  गाउँ नाम राख्नु ति समुदायको ठाडै अपमान गरिएको कांग्रेसले ठहर गर्दै जिल्लाका अधिकांस स्थानमा राखिएका त्यस्ता उपहासपुर्ण नामहरु महाअभियानका क्रममा वदलेर सभ्य भाषाको नामकरण गरिएको कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

उनका अनुसार  साविकको  विशुखर्कमा कामी टोल भनिदै आएको गाउँलाई  कालिकाटोल राखिएको छ । जहाँ सुनारहरु बस्ने गरेको र कतिपयले सुनार टोल भने पनि अधिकांसले हेपेर कामी टोल भन्दै आएका थिए ।  त्यस्तै साविकका हर्मिचौर गाविसमा दमै टोल भनेर चिनिने  टोललाई  पनि कालिका टोल नामकरण गरिएको  छ । अर्वेनीको दमै टोल भनेर चिनिने स्थानलाई पनि कांग्रेसले त्यहाँका जनप्रतिनिधीहरु  कै रोहवरमा वसपार्क टोल नामरकण गरेको छ ।

विशुखर्कको सुनार टोल भनेर चिनिने टोललाई त्यहाँको प्रशिद्ध रुखका नाममा सिलीङ्ग वस्ती नामकरण गरिएको छ ।  जिल्लाका ९३ वटै वडामा रहेका त्यस्ता जातिय  विभेद दर्शाउने टोल वस्तीहरुलाई नामकरण गरिए पनि जिल्लाको पुरै रिर्पोट आउन बाँकी रहेकोले आगमी दिनमा बस्ने समिक्षा बैठकले सार्वाजानिक गर्ने पन्थीले जानकारी दिए ।

कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले जातका आधारमा हेप्ने , दलित समुदाय भनेर हेप्दै आफु भन्दा आदर गर्ने उमेरको मान्छेलाई समेत तँ तिमी भनेर हेप्ने, छुवाछुत गर्ने कार्यकर्ताहरु अव कांग्रेसलाई नचाहिने बताउँदै यस्तो खाले विभेद गर्ने कार्यकर्ता पाईए पार्टी सदस्यता नै खारेज गर्ने चेतावानी दिए ।

सभापति श्रेष्ठ सचिव पन्थी , अर्का सचिव विष्णुकुमारी सापकोटा लगायतका जिल्ला नेताहरुले  नागरिकतामा समेत दलित समुदायको नाम कतै नेप्टे , चेप्टे , राते श्रीमतिको नाम रातेनी त्यसमा पनि कमिनी जस्ता  कथित ठुला बडाहरुले राख् लगाएर उपहास गरेको विषय प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मालाई भेटेर ध्यानकृष्ट गराएको र त्यसो नाम थर फेर्न लगाउन अनुरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…