२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले गुल्मीको कामी/दमै गाउँका नाम फेरिदिएपछि…

२०७५, २१ जेष्ठ सोमबार ११:०८

प्रेम सुनार/जेठ–२१, गुल्मी।  नेपाली कांग्रेस गुल्मीले गरेको ५० दिने महाअभियानका क्रममा समाजका ठुलाबढा भनाउँदाहरुले सदियौदेखि  दलित समुदायको अपमान र उपाहस गर्दै उनीहरु कै जातका आधारमा राखेका उनिहरुको गाउँ टोलका नामहरुलाई फेरेको छ । जातियताका आधारमा  गाउँ नाम राख्नु ति समुदायको ठाडै अपमान गरिएको कांग्रेसले ठहर गर्दै जिल्लाका अधिकांस स्थानमा राखिएका त्यस्ता उपहासपुर्ण नामहरु महाअभियानका क्रममा वदलेर सभ्य भाषाको नामकरण गरिएको कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

उनका अनुसार  साविकको  विशुखर्कमा कामी टोल भनिदै आएको गाउँलाई  कालिकाटोल राखिएको छ । जहाँ सुनारहरु बस्ने गरेको र कतिपयले सुनार टोल भने पनि अधिकांसले हेपेर कामी टोल भन्दै आएका थिए ।  त्यस्तै साविकका हर्मिचौर गाविसमा दमै टोल भनेर चिनिने  टोललाई  पनि कालिका टोल नामकरण गरिएको  छ । अर्वेनीको दमै टोल भनेर चिनिने स्थानलाई पनि कांग्रेसले त्यहाँका जनप्रतिनिधीहरु  कै रोहवरमा वसपार्क टोल नामरकण गरेको छ ।

विशुखर्कको सुनार टोल भनेर चिनिने टोललाई त्यहाँको प्रशिद्ध रुखका नाममा सिलीङ्ग वस्ती नामकरण गरिएको छ ।  जिल्लाका ९३ वटै वडामा रहेका त्यस्ता जातिय  विभेद दर्शाउने टोल वस्तीहरुलाई नामकरण गरिए पनि जिल्लाको पुरै रिर्पोट आउन बाँकी रहेकोले आगमी दिनमा बस्ने समिक्षा बैठकले सार्वाजानिक गर्ने पन्थीले जानकारी दिए ।

कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले जातका आधारमा हेप्ने , दलित समुदाय भनेर हेप्दै आफु भन्दा आदर गर्ने उमेरको मान्छेलाई समेत तँ तिमी भनेर हेप्ने, छुवाछुत गर्ने कार्यकर्ताहरु अव कांग्रेसलाई नचाहिने बताउँदै यस्तो खाले विभेद गर्ने कार्यकर्ता पाईए पार्टी सदस्यता नै खारेज गर्ने चेतावानी दिए ।

सभापति श्रेष्ठ सचिव पन्थी , अर्का सचिव विष्णुकुमारी सापकोटा लगायतका जिल्ला नेताहरुले  नागरिकतामा समेत दलित समुदायको नाम कतै नेप्टे , चेप्टे , राते श्रीमतिको नाम रातेनी त्यसमा पनि कमिनी जस्ता  कथित ठुला बडाहरुले राख् लगाएर उपहास गरेको विषय प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मालाई भेटेर ध्यानकृष्ट गराएको र त्यसो नाम थर फेर्न लगाउन अनुरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस