२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लैगिंक हिंसा अन्त्यका लागि बहुविवाह बदर गरिनुपर्नेमा जोड

२०७३, १२ बैशाख आईतवार ०३:०३

पर्वत(सास) लैगिंक हिंसाका घटना मुलुकमा सुनिरहदा पर्वतको सदरमुकाम कुश्माको बान्द्रेविडी चौरमा शनिवार सो विरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिएको    छ ।   संचारिका समूहको सक्रियतामा लैंगिक हिंसा अन्त्यका लागि बहुविवाह बदर गरिनुपर्ने विषयमा छलफल भएको हो । छलफलमा सहभागी सरोकारवाला व्यक्तिहरुले लैंगिक हिंसा अन्त्य गर्न बहुविवाह बदर गरिनुपर्नेमा जोड दिए ।

   बहुविवाहबाट पीडित महिलाहरुले लोग्नेले दोस्रो श्रीमति भित्र्याएपछि पाएका दुःख र पीडाहरु कार्यक्रममा सुनाए । पीडित महिलाहरुले न्याय नपाएको गुनासो समेत गरे । श्रीमान् शिक्षक रहेकी बहुविवाह पीडित खगेश्वरी क्षेत्रीले आपूm १० वर्षदेखि न्यायको खोजीमा हिडे पनि न्याय नपाएको बताईन् ।   पतिले कान्छी श्रीमती विवाह गरी ल्याएपछि ६ सन्तानकी आमा क्षेत्रीले लोग्नेका विरुद्ध मुद्धा दिन खोजिन् तर कहिल्यै मुद्धा दिन भने सकिनन् ।    मुद्धा दिएपछि श्रीमान्को जागिर जान्छ अनि      कसरी छोराछोरीलाई खाने र पिलाउने भन्ने सोचेर मुद्धा दिन नसकेको उनको भनाई थियो ।

समाजका गन्यमान्य मान्छेको कुरा मानेर श्रीमान् विरुद्ध बहुविवाहको मुद्धा नहाले पनि आफूले न्याय भने नपाएको गुनासो उनको जिवितै छ । त्यसैगरी क्षेत्री जस्तै बहुविवाह र पतिले छाडेर अन्तकतै लागेपछि अप्ठारोमा परेका महिलाहरु मिना नेपाली, अमृता चदरा लगायतले समाज र अदालतबाट न्याय पाउन गा¥हो भएको बताए ।

   पितृसत्तात्मक समाजमा लोग्नेमान्छेकै बोलवोला हुने र महिलाको आवाज कसैले नसुन्ने अवस्था अझै पनि रहेकोले महिलाहरु पीडित बन्ने गरेको सहभागी वक्ताहरुको भनाई थियो । रोचक त के भने लोग्नेका विरुद्ध बहुविवाहका उजुरी गर्छु भनी प्रहरी कार्यालयमा पुग्ने अधिकांश महिलाहरु मुद्धा दर्ता नै नगर्ने गरेको पाईएको छ । बहुविवाहमा मुद्धा दर्ता गरिनुपर्ने भए पनि खानालाउन दिईनुपर्ने भनी मेलमिलाप गरिदै आएको पाईन्छ । अधिकांश बहुविवाहमा दर्ता गरिनुपर्ने उजुरी जिल्ला प्रहरी कार्यालयमै मिलाईने गरिन्छ ।

यसो हुनु बहुविवाह गरे पनि महिलाले नै श्रीमान्का विरुद्ध मुद्धा दर्ता नगर्ने गरेको कानून व्यवसायीहरुका भनाई छ । यस आर्थिक वर्षमा पनि प्रहरी कार्यालय पर्वतमा दर्जनौ बहुविवाह सम्वन्धि उजुरी परेको पाईन्छ तर जिल्ला अदालतसम्म मुद्धा दायर गरिदैन ।         अदालतमा बहुविवाहको मुद्धा नपुग्नुमा पीडित महिलाले न्याय पाउने ग्यारेन्टी नदेख्नु र कानूनी प्रक्रिया लामो हुनु रहेको सरोकारवालाको तर्क छ । कानूनमा बहुविवाहका गर्नेका विरुद्ध ५ देखि २५ हजार नगद जरिवाना र १ देखि ३ वर्ष जेल सजाय तोकिएको छ । यो कानून कार्यान्वय भई बहुविवाह गर्नेले सजायँ पाएको भने भेटिदैन ।

अधिकांश बहुविवाहका घटनाहरुलाई अंश र खानलाउन दिने शर्तमा फिर्ता गर्ने पाईएको छ भने कतिपय पीडित महिला फेरि पनि थप पीडामा भएको सहभागीहरुकै भनाईबाट प्रष्ट बुझिएको थियो । बहुविवाहबाट महिलाहरु पीडित हुनबाट रोक्न बहुविवाहलाई बदर गर्ने कानून बनाईनुपर्नेमा कानून व्यवसायी र अन्य सरोकारवालाहरुको जोड दिए । छलफल कार्यक्रममा सहभागी केही वक्ताहरुले जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी गंगा पन्तले महिलाहरुको पीडालाई बढी महत्व दिएर न्याय दिलाउन खोजेको भनी बताएका थिए ।

सहभागीमध्ये दुर्लुङबाट सहभागी भएका शालिकराम पौडेलले अन्यायमा परेका महिलाहरुलाई डिएसपी पन्तले सहयोग गरेको बताए ।         कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पीडित महिलाहरु लगायत सचेत नागरिकहरुको सहभागीता थियो ।

छलफलमा उठेका सहभागीहरुका जिज्ञासा र सवालहरुलाई सभासद अर्जुनप्रसाद जोशी र प्रहरी प्रमुख डिएसपी पन्तले प्रतिउत्तर दिएका थिए । सो संचारिका समूहकी अध्यक्ष निर्मला शर्माले संचालन गरेको कार्यक्रमको व्यवस्थापनमा संचारिका समूह पर्वतले भूमिका खेलेको थियो भने ईन्सेक पर्वतले समेत सघाएको थियो । कार्यक्रमलाई कान्तिपुर टेलिभिजनको समकोण कार्यक्रममा देखाईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह