२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी कुट्ने वामी टक्सारको वोर्डिङ्ग भन्छ–‘ न्युज नबनाई दिनुस’

२०७५, २६ जेष्ठ शनिबार ०६:०२

प्रेम सुनार | जेठ २६, गुल्मी | शिक्षले विद्यार्थी कुटेर कानको जाली फुटेको एक हप्ता पुग्न लागी सक्यो । स्थानिय मेडिकल देखि भत्तपुर सम्म पुगेर उपचार गरिएको छ । तर पनि गुपचाप राखिदै आएको छ । अहिले सम्म न्याय नपाए पछि परिवारजनले हामी संग गुहार मागे । स्वास्थ्य सेवा दिने  स्थानिय अस्पतालले समेत केहि भएको छैन भनेर ढाँट्यो । 

वामीटक्सार प्रहरी चौकीमा उसै दिन उजुरी दिदा समेत वेवास्ता गरिदै आएको छ । यस सम्वन्धमा मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै  वामीटक्सार वजारस्थित  गोल्डेन फ्युचर एकेडमी वोर्डिङ्ग स्कुलका प्रिन्सिपल संग बुझ्दा हामी बैठक वस्दैछौ न्युज चाँही बनाई दिनुस् भनेर भन्छन् ।

प्रिन्सिपल रामु तिवारीले गत आईतवार त्यहाँका शिक्षक सुदन भट्टराईले कक्षा ५ का विद्याथी प्रशान्त सापकोटालाई एक थप्पड गालामा हानेको स्वीकार गर्छन । उनले भने–‘ म यहाँ थिईन । विद्यालयको कामले बुटवल गएको थिएँ । बुधवार मात्रै फर्केको हुँ । मैले प्रत्यक्ष नदेखे पनि सुदन सरले आईतवारको दिन प्रशान्तको गालामा एक थप्पड हानेको बुझे ।

तत्काल उनलाई वामीटक्सारको लोहनी मेडिकलमा लगियो । त्यस पछि उनलाई होस्टेलमा ल्याएर सुताईयो । पछि अभिभावकले वामीमा रहेको प्रभास अस्पतालमो चेक गराईयो । पछि अभिभावकहरुले काठमाण्डौंमा लगेर उपचार गरेर फर्किनु भएको छ आज छलफल हुँदैछ ।’


माथिको तश्विरमा: वालक प्रशान्त र भक्तुरको अस्पतालको प्रमाण

प्रशान्तका अभिभावकहरु संग बुझ्दा आफुहरुको कुरा सुन्ने कोही नभएको भन्दै  सञ्चारकर्मीलाइ आई दिन आग्रह गरे । प्रशान्तका पिता मुक्तिराम सापकोटा जापनमा कार्यरत भएकोले उनका भाई विष्णुप्रसाद सापकोटा भतिजा कुटिएको खवर पाउन साथ भारतबाट फर्किएका छन् ।

सापकोटा भन्छन–‘भतिजो कुटिएको खवर पाउन साथ भारतबाट आएर काठमाण्डौं उपचार गर्न लगेको हुँ । वामीटक्सको प्रभास अस्पतालले केहि भएको छैन भनेर ढाँट्यो । त्यस पछि हामीले भत्तपुर ठिमीमा रहेको विपी आई फाउण्डेशनमा लगेर जचाउँदा वावुको कानको जाली नै फुटेको पाईयो । ’

उनले थपे–‘पहिला वावुले कान सुन्दैन्थ्यो र अप्रेशन गरेका थियौं । यसलाई कुट्न थालेको यो तेश्रो पटक हो । हामीले कान अप्रेशन गरेका छौं वावुलाई नकुट्नु हाला भन्दा भन्दै पनि फेरी कुटियो र अहिले सम्म गुपचाप राखेर अन्यायमा पार्दै आईएको छ । ’

११ वर्षिय वालक प्रशान्तकी आमा कृष्ण सापकोटाले भनिन–‘ त्यस दिन विहानको ट्युशन पढ्न जाँदा सुदन सरबाट वावु कुटिएको रहेछ ।  स्कुल र हाम्रो घर दुई मिनेट पनि नलाग्ने नजिकै छ । मलाई खवर गर्नुको साटो वावुलाई ओगेन्द्र लोहनी डाक्टर सावको मेडिकलमा लगेर जँचाए पछि होस्टेलमा लगेर सुताई छ ।

पछि प्रभास अस्पतालमा लैजाँदा केहि भएको छैन भनेर ढाँटियो । आखिर भक्तपुर पुराए पछि कानको जाली फुटेको थाह भयो । उहाँहरुले वावु कुटिएको कुरा दवाउन खोज्नु भएको रहेछ । ’

वालक प्रशान्त संग बुझ्दा सरले प्रश्न सोध्धा उत्तर दिन नसकेपछि बेस्सरी गालामा एक थप्पड हानेको बताए । उनको कान अहिले सम्म दुख्दै छ । उनका काका सापकोटाले भने–‘ खै सर बैठकमा गए पनि हाम्रो कुरा कसले पो सुन्ला र ? जनप्रतिनिधीहरु समेत त्यस वोर्डिङ्गका शेयर होल्डर रहेका छन् । ’

 प्राप्त जानकारी अनुसार त्यहाँका जनप्रतिनिधीहरु देखि त्यहाँका प्रतिष्ठीत व्यक्तिहरु त्यस वोर्डिङ्ग स्कुलमा शेयरधनी रहेका छन् । यस सम्वन्धमा मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटा संग बुझ्दा आफुलाई केहि जानकारी नदिईएको बताए ।

उनले भने यसवारे आफुलाई केहि जानकारी छैन अव म तत्काल बुझ्ने छु । केहि दिन अघि तम्घासको  रेसुङ्गा माविमा एक जना विद्यार्थी वालक कुटिदा पनि विद्यार्थीले दिनैभर जसो अभिभावकलाई जानकारी नदिई गुपचाप राखेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस