८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुटेका जोडीलाई समाचारले जुटाइदिएपछि… यस्तो छ कहानी

२९ जेष्ठ २०७५, मंगलवार ०७:३९

प्रेम सुनार/जेठ–२९, गुल्मी। बन्द कोठाबाट यसै समाचारदातासंग भुमिगत शैलीमा सोमवार विहानसम्म फोन गर्दै पुर्नमिलनका लागि  हार–गुहार गरिरहेका थिए एक महिना अघि आफु खुशी विवाह गरेका र पछि परिवारको षडयन्त्रबाट छुट्टिएका जोडिहरुले ।

जुन जोडीले सञ्चार माध्यमबाट आफुहरुको  प्रेम सम्वन्ध  र  दुवै परिवारको  दमनको पर्दाफास गर्न  हिम्मत गरे । त्यस पछि आयो साझा सबालमा समाचार , पैसामा छुटाउनेहरु विच भयो खैलावैला , गल्यो ज्यान अन्ततः ति जोडीको सोमवार भयो मिलन ।


हामीले घटना क्रम मात्रै पस्केका थियौं तर ति जोडीको नाम काल्पानिक राखेका थियौ उनिहरुको यस अघिको  समाचारमा  । आज उनिहरु विचको मिलन  पछि स–गौरव उनिहरुलाइ सार्वजानिक गर्दै छौं । उनिहरु हुन गुल्मी दरवार गाउँपालिका ७ चारपालाका २४ वर्षिय खिम खत्री र धुर्कोटगाउँपालिका वडा नम्वर ३ की १८ वर्षिया सुर्जा परियार । उनिहरु  भागी विवाह गरेर भारतमा पुगेको १५ दिन नपुग्दै परिवारजनको षडयन्त्रबाट छुटिनु परेको कारण थियो जातिय विभेद ।

सुर्जाले सदरमुकाम तम्घासमा कक्षा १२ मा  पढ्दै थिईन ।

त्यति नै पढेका खिम भारतमा काम गर्दथे । उनिहरु विच सुरुमा फेशवुक मार्फत चिनजान भएको थियो । उनिहरुको जम्काभेट भयो गएको चैत्र १६ देखि २६ गते सम्म सम्पन्न तेश्रो गुल्मी महोत्सवमा । पहिलो भेटमा सुर्जाको कोठामा बसे उनिहरु ।

त्यस दिन देखि उनिहरु विच जमेको सामिप्यता झन पछि झन गाढा बन्दै गयो । अन्ततः दुवै जना भागी विवाह गरेर भारततिर लागे । भारतको हैरदावादमा पुगेका उनिहरुलाई छुटाउन परिवारद्धारा षडयन्त्र भयो । उनिहरुलाई फकाई फुलाई घर झिकाईयो ।  उनिहरु ढुक्क हुदै घर फर्किए ।  यता सुनौली नाकामा अभिभावकहरुले कुरेर बसेका थिए । त्यहाँबाट उनिहरुलाई गुल्मीको सदरमुकाम तम्घास स्थित एक होटलमा ल्याएर  राखियो । दुई दिनसम्म त्यस होटलमा राखेर खिमका परिवारजनले  अत्यन्तै दवाव दिए । उनि सुर्जासंग छुटिन तयार भए।

सुर्जा छुटिन तयार थिईनन् । केहि भद्र भलादमी बसे । ५ लाख २० हजार सुर्जालाई क्षतिपुर्ति दिने कवुल भयो । त्यो रकम  खिमका परिवारसंग नहुँदा नहुदै पनि एक आफन्त मार्फत ऋण लिएर तत्काललाई पाँच लाख दिईयो र बाँकी २० हजार पछि दिने सर्त भयो । उनीहरु आ–आफ्नो बाटो लागे ।

घर पुगेपछि दुवैका परिवारले फोन खोसे । घरबाट निक्लन बन्देज गर्दै उच्च निगरानीमा राखे । खिमलाई ‘दमाईकी छोरी ताक्ने’ यो पागल हो भन्दै उनिबाट मन मराउन हेरखोर गर्न धामीकहाँसम्म लगियो । त्यही क्रममा भागेर खिम साथीको फोन मार्फत यस समाचारदातासंग सुर्जा विना म बाँच्न सक्दिँन,  मलाई जातीपाती मतलव छैन , मेरो घर परिवार त्याग्न सक्छु सुर्जालाई त्याग्न सक्दिँन भन्दै फोन गरे ।

त्यस पछि पटक पटक फोन गरेपछि यो समाचारदाता उनले दिएको लोकेशनमा पुग्यो ।   खिम पागल जस्तै देखिन्थे ।   उनि संग कुराकानी गरी सकेपछि  उनिकी आमालाई फोन गरियो  । आमाले पनि अरु आफन्त मार्फत पाँच लाख दिएको खुलसा गरिन् । दुवै राजीखुशी विवाह गर्ने , पछि परिवारजन दुवै मिलेरे केटालाई पाँच लाख तिराएर छुटाउने यो कहाँको कानुन हो ? जस्तो लाग्यो र खोतल्दै गईयो ।

रिर्पोटिङ्ग गर्ने स्थानमा तिनै छुटाउने मध्येका एक दलित नेताले त्रास सिर्जना गरे ।  केहि युवाहरु जुटी सकेका थिए । खिमलाई  यसै समाचारदाता  सामु हातपात समेत भयो । त्यसै वखत ति दलित नेता आए । तपाई यहाँबाट गई हाल्नुस भने । उनले भने–‘फेरी पहिला जस्तै घेराउमा पर्नु होला केटाहरु थुप्रै आउँदै छन् । ’

किनकी गएको चुनाव ताका रिर्पोटिङ्गका क्रममा उनको राजनैतिक दलका युवाहरुले यस समाचारदातालाई झण्डै चार घण्टा घेराउ गरेर राखेका थिए । साँझपख सुरक्षाकर्मीको बाक्लो परिचालनबाट  त्यहाँबाट सदरमुकाम तम्घास ल्याईएको थियो । त्यही स्थिती सिर्जना गर्न खोजिएको थियो त्यस गुल्मी दरवार गाउँपालिकामा फेरी । 

सदरमुकाममा थुप्रै डन जस्ता देखिने युवाहरुको जमात हुँदाहुदै र थुपै्र खाले डर लाग्दा घटना उठान गर्दा पनि यहाँ पत्रकारहरुलाई असुरक्षा छैन । तर गुल्मी दरवारमा  साविकको कुनै एउटा गाविस छ  जहाँका केहि युवाहरु कुनै एक राजनैतिक दलको  वाहुल्यताको आडमा राणशासन चलाउँ छन् ।  त्यही राणा शासन प्रवृद्धि तोडन् चाहन्थे खिमले ।

ति दलित नेताको धम्की र वातवरण पनि त्यस्तै बन्दै गएपछि त्यहाँबाट फर्किएको थियो  । 

खिमलाई  थप लछार पछार हुँदै थियो   । हाम्रै सामु उनको फोन खोसियो ।  अर्को दिन फेरी साथीको फोन मार्फत खिमले भने –‘सर म बन्द कोठामा छु । के मेरो  मानवअधिार छैन ? मलाई यहाँबाट निकाल्नुस र सुर्जा संग भेट गराउनुुस ।’

हामीले भन्यौ – त्यहाँ आउन बातवरण ठिक  छैन   तपाई तम्घास आउनुस । उनि तेश्रो दिन घरबाट निस्कन सफल भएर तम्घास आए । करिव आधा घण्टा भिडियोमा उनका कुराहरु रेकर्ड गरियो । त्यतिले मात्र समाचार बन्न सक्दैन्थ्यो । उनकी सुर्जाको कुरा राख्न आवश्यक थियो ।  खिमलाई धेरै बेर हामीले अल्मलाएर राख्यौं । किनकी उनिहरु विच सुर्जाका साथी मार्फत च्याट कुराकानी हुँदै थियो ।   हामीले त्यो नम्वर लियौं ।

त्यसको दोश्रो दिन सुर्जाकी आमा संग फोन गरियो ।  सुर्जा संग सम्पकै भयो  ।  सुर्जाले आमका सामु भनिन उसले धोका दियो अव त्यसका कुरा नगनुस सकिएको कुरा उल्झाउदा मलाई थप तनाव हुन्छ भनिन । अर्को दिन कोठाबाट आफैले फोन गरिन । भनिन–‘ दाई हिजो आमासंगै भएकोले त्यस्तो भनेकी हुँ , म पनि उ विना बाँच्न सक्दिँन जसरी हुन्छ मलाई यो घरबाट निकाल्नुस प्लीज…………। ’

त्यस पछि जिल्ला प्रहरी कार्यालयमा बुझियो  । खिमले उजुरी दिएका रहेछन् । तर बोलाउँदा सुर्जा र उनका परिवार नआएको बुझियो । जुन कुरा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरी संग राखियो । चौधरीले नयाँगाउँ प्रहरी चौकीलाई आवश्यक निर्देर्शन दिए । त्यहाँको प्रहरी सुर्जाको घरमा पुग्यो ।  उनिहरुले सुर्जा , उनकी आमा र दाजुलाई  सोमवार सदरमुकाम  पठाए ।


भौतादिै रिडीमा रहेका खिमले फोन गरे । उनले भने सर म तम्घास आउँदै छु कतै नजानु होला । त्यसको आधा घण्टा नवित्दै तम्घासको तिनधारा जंगलमा त्यसै चारपालाको युवा झुण्डिएको अवस्थामा फेला परेको छ भन्ने खवर आयो ।  हातखुट्टा सेलायो । पक्कै तिनै भाई हुन भन्ने लाग्यो । म हतार हतार त्यहाँ पुगे । ति युवा झुण्डिएको स्थानमा पुग्न डोरीको प्रयोग कि त मानव साङलो नगरी पुग्नै नसकिने भिर थियो ।

 त्यहाँ प्रहरी समेत मानव साङलाको साहयताले पुगेको थियो । अनुहार नहेरुञ्जेल सम्म लगाएको पाईन्ट समेत खिमको जस्तै ठानेर  भावविह्ल भएको थिएँ ।  जव अनुहार हेरे उनि रहेन छन् । त्यही चारपाला चितपानीका २४ वर्षिय सुनिल थापा रहेछन् । उनको आत्मा हत्या पनि सायद माया प्रेम र विछोड पो थियो कि भन्ने लाग्यो ।

त्यहाँबाट फर्किन साथ खिमको फोन आयो । म पत्रकार महासंघमा थिएँ । 

त्यस नजिकै होटलमा रहेछन् ।  त्यहाँ पुग्दा सुर्जा र खिम कुम जोडेर बसेका थिए । साथमा सुर्जाकी आमा र दाजु लगायत पनि भित्र वाहिर गर्दै थिए । सुर्जाका अभिभावकहरु संग बुझ्दा त्यो रकम तिराउने पक्षमा उहिरु नभएको स्पष्ट पारे ।

आखिर त्यतिवेला त्यो रकमको चारो फाल्ने र खिमलाई सुर्जाबाट छुटिन्छु भन्ने वोल निकाल्न कसले लगायो त ?  भन्ने विषय प्रष्ट भयो । त्यति वेला उनिहरुलाई छुटाउने छलफलमा हुनेहरु मध्येको ति दलित नेता लगाएतका मानिसहरु पुनरमिलन हुदै गरेका उनिहरु सामु आएनन् । जुन दलित नेताले त्यो पाँच लाखे तिरेको कुनै प्रमाण छ ? भनेर त्यसै पनि उत्तेजित युवाहरुलाई थप उत्तेजित पार्दै थिए ।

उनलाई यहि सवाल गर्न चाहन्छौं कि सवै कुराको प्रमाण हुँदैन तिनै बेप्रमाण र अन्यायको कुरा खोतल्ने काम हो पत्रकारहरुको । आखिर प्रमाण जुट्यो त्यो पाँच लाख फिर्ता गर्न तयार भए सुर्जाका परिवारजन र उनिहरु मिले । तपाई दलित नेता जस्तो मान्छे तपाईहरुलाई त्यत्रो रकम सहित उनिहरुलाई बन्द कोठामा कागज गराएर  छुटाउने अधिकार कहाँ छ ? तपाई सरकारको कुन निकाय हो ? त्यसो गर्ने तपाईहरु वलात्कार जस्ता ठुलाठुला घटना पनि त्यसरी नै पैसामा मिलाउन के बेर ? भन्ने यस घटनाले देखाएको छ । के युवा युवती भैसी पाडाको ब्यापार हो ?

खिम पक्षका केहि पढालेखा युवाहरु आए । उनिहरुले उति बैले पनि सुर्जालाई लैजाउँ बरु ५० हजार म दिन्छु भनेका युवाहरु पनि त्यहाँ आए । उनिहरुलाई पुन सोधपुछ गरियो । उनिहरु नछुट्ने कुरा भयो । सुर्जाकी आमाले उक्त रकम एक पैसा नमासी राखेको र त्यो फिर्ता गर्ने बताईन । सुर्जाका दाजुले पनि आफुहरु चेली वेटी बेचेर नहिड्ने परिवार भएको स्पष्ट पारे ।

उनले वहिनी तर्फ आक्रोषित मुद्रमा भन्दै थिए –‘ तिमीले उति वेलै छाड्दिन भनेको भए हामीले रोक्ने थियौं ? मैले फोन खोसे पछि पनि फेरी साथीहरु मार्फत उसै संग कुराकानी ? घुसघुसे संग त केहि लाग्दो रहेन छ । ’

दाजुले त्यसो भन्दा खिमको कोखमा बसेकी सुर्जा मुस्कुराउँदै र लाजले भुतुक्क हुँदै शिर निहुराएकी थिईन ।  अन्ततः पैसा फिर्ता उनिहरु विवाहका लागि मन्दिर भित्र जाने सहमति गरे पश्चात प्रहरी कार्यालयमा पुगियो । प्रहरीले विवाह गराउन नमिल्ने दुवै अभिभावकको जिम्मा लगायो ।

उनिहरु वाहिर निस्केर तम्घासको भगवती मन्दिरमा पुगेर खिमले सिन्दुर राखे सुर्जाको सिउँदोमा । सुर्जा मुस्कुराईन । वेहुली भन्दा बढि लाजाले भुतुक्क भए खिम । जातिय विभेदका पक्षधरहरु त्यो विवाहको कुरा सञ्चार माध्यमा नलैजान दवाव दिदै थिए खिमलाई । खिम आखिर किन दवावमा पर्थे र ? गरे सुखत पुनर मिलनको उद्घोष र भने–‘अँस्ती मैले भिडियोमा गरेको हार–गुहार समेत वाहिर ल्याउनु होस… ।

यसरी मिलेका ति जोडीहरुले दोश्रो पटकको सुहागरात हिजो सदरमुकामको एक होटलमा मनाए । आज चरी फुरुरु ……खै कता उडे ।  सहभागीहरुले नेपाली चलचित्रको  यस्तो गित गुनगुनाउँदै  थिए –‘आँधीले रोक्न सक्दैन हुरीले छेक्न सक्दैन्………..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’