२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ वर्षे किशोर बेवारिसे, अश्रुधार बगाउँदै आमा

१२ असार २०७५, मंगलवार ०९:४८

प्रेम सुनार/असार–१२, गुल्मी। आज भन्दा १५ वर्ष अघि गुल्मीको दोहलीमा स्थानिय एक पुरुषद्धारा शाररिक सम्वन्ध राखेर जन्मीएको सन्तानसहित उनकी आमा अहिलेसम्म अलपत्र परेकी छन् ।

२०५८ साल असार ७ गते हालको ईस्मा गाउँपालिका , साविकको दोहली गाविस वडा नम्वर ७ की कमला बस्नेत (नाम परिवर्तन ) लाई साविकको वडा नम्वर ८ का यमबहादुर खत्रीले  प्रेम विवाह  गरेर घर भित्राएको  र केहि महिनापछि परिवारजनले हेला गरी माईती मै अलपत्र परेको ति महिलाले बताईन  ।


खत्रीबाट रहेको भनिएको  गर्भबाट  २०५९ साल कार्तिक १२ गते सन्तान जन्मीएको र खत्रीले पालन पोषण नगरेको भन्दै ति महिलाले नाता कायम गरी  खान खर्च पाउँ भनि जिल्ला अदालत गुल्मीमा  डेढ वर्ष  अघि मुद्धा दिए पनि हालसम्म फैसला हुन सकेको छैन । उनका छोरा अहिले १५ वर्ष पुगेर १६ वर्षमा लागेका छन ।

उनै  खत्री बाबु रहेको शैक्षिक प्रमाण पत्र बनाई उनले माईती मै बसेर छोरा पढाए पनि विवाह दर्ता  भएको छैन । जसका कारण त्यो उमेरसम्म उनका छोरा वेवरिसे सन्तान बन्न पुगेका छन् ।

खत्रीले भने आफ्नो सन्तान नभएको दावी गर्दै आएका छन ।  उनले आफुले ति महिलालाई घर नभित्राएको दावी गरे पनि ति महिला उनको घर भित्रिएको, सुत्केरी पनि उनकै घरमा भएको र खत्रीले बाबुका रुपमा न्वारन समेत गरेको स्थानियले बोलेको कुरा हामीसंग भिडियो सुरक्षित रहेको छ ।   

स्थानिय जनप्रतिनिधी, त्यहाँको आमा समुह र उनलाई भित्राउँदाका प्रत्यक्षदर्शीले  ति महिलालाई खत्रीले कान्छी श्रीमतिका रुपमा भित्राएका  बताएका छन्  । उनि भारतिय सेनाका लाहुरे थिए । त्यति वेला उनि घर विदा आउँदा उनकी श्रीमती सुत्केरी भएको बेला आफुलाई सुरुमा जवरजस्ती शाररिक सम्वन्ध राखेको , पछि आफुहरुविच 'माया' सम्वन्ध रहन गई उनले घर भित्राएको ति महिलाको भनाई छ ।

दुवै पक्षका अधिवत्ताहरुका अनुसार मेलमिलापबाट मिलाउने धेरै पटकको प्रयासका कारण फैसलामा ढिलाई हुन गएको हो । उनलाई  लाखौं रकम दिएर मुद्धा थुत्न दवाव दिएको उनले गुनासो समेत गर्दै आई रहेकी छिन् ।

उनले रुँदै भनिन –‘ मलाई पैसा ठुलो होईन, मेरो अस्मीताको सवाल र छोराको  अधिकार  खोजेकी हुँ,  यदि मेरो  छोराको उनि वावु होईनन भने को हुन त  अर्को वावु उनले देखाउन सक्नु प¥यो । ’

उनले प्रति प्रश्न गर्दै भनिन–‘  यदि उनले अदालतमा दावी गरे झैं उनको गल्ती नै थिएन भने के का लागि पटक पटक मलाई वकिल मार्फत लाखौं रकम दिन्छु मुद्धा फिर्ता गर भन्दै छन ?  जिल्ला अदालतमा हालसम्म परेका यस्ता मुद्धा मध्ये पुरुषहरुले डिएनए परिक्षणको माग गर्दै महिलाहरुलाई झुलाउने गरेको पाईएको छ ।

त्यस अदालतमा हाल सम्म  चार जना पुरुषले डिएनए परिक्षणको माग गरेको त्यस मध्ये एक जना मात्रै महिलाको पक्षमा डिएनए पास भएको अरु तिन जना पुरुष कै पक्षमा भएको अधिवक्ता गोपाल खनालले बताए । उनले डिएनए परिक्षण मात्रै वलियो प्रमाण हुन नसक्ने  तर्क राखे  ।

अर्का अधिवक्ता विष्णुप्रसाद वलाल डिएनए परिक्षण  वलियो प्रमाण रहेको बताउँ छन् । अधिवक्ता खनाल भन्छन पछिल्लो पटक सर्वोच्चको एक नजिरले डिएनए  नै वलियो प्रमाण हुन नसक्ने देखाएको छ ।  यी महिलाका विपक्षी पुरुषले पनि डिएनए परिक्षणको माग गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’