२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहको दिन बहिनी नै अर्की श्रीमति बन्न आएपछि… यस्तो छ नालीबेली

१२ असार २०७५, मंगलवार ११:१५

प्रेम सुनार/असार–१२, गुल्मी। केहि दिन अघि  विवाहको दोश्रो दिन  विहान रुपन्देहीको एक होटलमा मृत फेला परेका एक युवाको घटना  पछ्याउँदै जाँदा थप रहश्य फेला परेको छ । जेठ २४ गते  राती बुटवलको एक होटलमा सुहाग रातका रुपमा नव दुलही सहित बसेका रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर ७ अमुवा हिरागञ्जमा ३२ वर्षिय कर्णबहादुर बुढाथोकी अर्को दिन विहान सोही होटलको काठोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनले झण्डै १५ वर्ष देखि स्थानिय थारु समुदायकी एक युवती संग प्रेम सम्वन्ध राख्दै आएको ति युवतीका दावी छ ।  तर बुढाथोकीले आफ्ना साथीहरु मर्फत उनि बाट पन्छिन चाहेको बताईएको छ । गत एक वर्ष अघि देखि  उनि संग टाढिदै आएको बुढाथोकीलाई गत कार्तिक महिनामा ति युवतीका परिवारजन र आफन्तले जुटाएर मेलमिलाप गराउने प्रयास गरेका थिए ।

स्थानिय समाज सेवी तथा उनै बुढाथोकीका मिल्ने साथी कमल भट्टराईका अनुसार बुढाथोकी त्यस कार्तिक महिनाको छलफलमा  बुढाथोकीले वावुको मृत्यु भएको एक वर्ष पुरा नभएकोले ६ महिना पछि विवाह गर्छु भनेका थिए ।

तर  जेठ–२३ गतेका दिन त्यहाँका वडाध्यक्ष सहितका जनप्रतिनिधी विच भएको छलफलमा बुढाथोकीले ति युवतीलाई विवाह गर्न अस्वीकार गरेका थिए । त्यस पछि ति युवतीले त्यस गाउँपालिकाको उपाध्यक्ष कहाँ पुगेर  बुढाथोकीले आफु संग पटक पटक गरी ६ लाख रुपैयाँ लिएको भन्दै उक्त रकम अशुल गरी पाउँ भनि उजुरी दिएकी थिईन ।

फेरी जेठ २४ गते बुढाथोकीलाई एक्लै पारेर जवरजस्ती विवाह गराएर यस्तो घटना घटेको उनका परिवारजनको आरोप छ । उक्त आरोप झुट भएको ति युवती र उनका पक्षधरहरुको दावी छ ।

के भएको थियो त त्यस रात ?   

त्यसरी गाउँबाट श्रीमान श्रीमति बनेर बस्ने भन्दै बुढाथोकीले ति युवतीलाई वाईकमा राखेर हाँस्दै र बाई बाईको हात हल्लाउँदै हिडेका थिए । वुटवल पुगे पछि शिद्धवावा तिर घुम्न गए । त्यहाँ पुगे पछि एउटी महिलाको फोन आयो । म्यासेजहरु पनि आउन थाल्यो ।  उनले विवाह गरेर ल्याएकी उनलाई ढाँट्न चाहेनन ।

उनले भनेका थिए मलाई एउटी महिलाले  मेरो छ महिनाको गर्भ रहेको छ भनेर तनाव दिएकी छ ।  अहिले नै भेटन आउँछु भनेर फोन गरेकी छ । त्यस पछि उनिहरु साँझ ६ वजेतिर त्यस होटलमा आए । १०८ नम्वर कोठा बुक गरे । उनले कमल भट्टराई लगायतका साथीहरुलाई पनि बोलाए । गोल राउण्ड टेवुलमा बस्ने क्रममा ति युवती नर्जिक टाँसिदै कालु तनाव नलिनु अव भनिन ।

त्यही वेलामा फेरी तिनै महिलाको फोन आयो ।  पटक पटकको फोनपछि उनि ति महिलालाई लिन जान बाध्य भएर गए । केहि वेरपछि होटलको त्यही माथी छतमा ति महिला आईन । उसलाई विवाह गर्छस भने मलाई पनि स्वीकार गर नत्र यहि छतवाट हाम फालेर मर्छु भनेर दवाव दिन थालिन । अर्की पनि त्यसै गर्न थालिन । कमल भट्टराई लगायतले  ति महिलालाई झपारेर पठाए ।

त्यस पछि बुढाथोकीले विवाह पार्टीका रुपमा साथीहरुलाई तल लगेर वियर र नास्ता गराए । त्यहाँ हाँसो ठट्टा पनि चल्यो । ति साथीहरु करिव साढे दश वजेतिर त्यहाँबाट हिडेको होटलवालाको भनाई छ । उनि दुई जना सोही कोठामा सुत्न गए ।  विहान करिव ५ वजेको समयमा  सेन्डो मैलो भयो धोई देउ त भनेर दिए बुढाथोकीले । करिव ६ वजेतिर सावुन लगायतका सर समान किन्न पठाए ।

ढोका नखोलेको देखेपछि दुवै जना तल झरेर होटलवालाई आग्रह गरे । स्टाफले ढोका खोलेपछि ति युवती वाहिर निस्कीईन । बुढाथोकी माथी कोठा मै गए । होटलवालाको शव्दमा २० मिनेटपछि उनि समानहरु किनेर आईन । भित्र ढोका हान्दा चुक्कुल लगाएको पाएपछि अत्तालिदै ति महिला तल चक्कु  माग्न आईन । ढोका खोल्न एक्लै हरप्रयास गरिन । अन्ततः ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा देखेर उनले काँधमा बोकेर बचाउने प्रयास गरेको उनको भनाई छ ।

उनै वहिनी थिईन जो अर्की श्रीमति बनेर आईन

बुढाथोकीको विवाह कै दिन अर्की श्रीमति बनेर आउने महिलाको कथा बेग्लै छ । उनका श्रीमान विदेशमा थिए ।  बुटवल नजिकैको एक शहरमा डेरा गरेर बसेकी उनि गत वर्ष वुटवलको एक अस्पतालमा छोराको उपचार गर्न पुगेकी थिईन ।

सोही अस्पतालमा  बुढाथोकीका पिता पनि विरामी परेर भर्ना भएका थिए । जहाँ बुढाथोकी र उनकी दिदीसंग चिनजान भयो । उनले आफ्नै बुवाको रुपमा स्यार सुसार पनि गरिन । त्यस अस्पतालबाट रिफर भई घर ल्याएपछि सिकिस्त परेका वुढाथोकीका पिताले उ मेरी छोरी नै हो बलाई देउ भनेर बोलाईयो ।

उनि आईन घरको सवै कामदेखि  किरिया क्रमको कुनोसम्म पुरै छोरीका रुपमा भुमिका निभाईन । यहाँ सम्मकी उनि मलामी समेत गएकी थिईन । त्यसपछि पनि आउने  जाने घरको सवै काम गर्ने दाजु वहिनी मिलर गर्ने गरे । जुन दाजु वहिनीको सम्वन्ध माथी उनकी प्रेमीका बनेकी ति थारु सामुदायकी महिलाले आशंका गर्न थालिन ।  

उनिहरु बढि नै नजिकन थालेको र आफु संग टाढिदै जान थालेपछि उनले ति दुई जनाको हर्कतबारे  विदेशमा रहेका उनका श्रीमानलाई केहि कुरा सहित तस्वीर पठाई दिईन । त्यसले उनिहरु विचको दाम्पत्य जिवनमा असर पुराउँदै गयो । त्यही रिस साँधेर बसेकी तिनै वहिनी बनेकी महिला त्यसरी ६ महिनाको गर्भ सहित श्रीमति बन्न आएकी थिईन । कमल भट्टराई भन्छन कर्ण कै आग्रहमा वुटवलमा त्यसको १५ दिन अघि ति महिलालाई भेट गराईएको थियो ।

त्यस भेटमा वहिनी जस्तो पवित्र नाता जोडेकाहरुले प्रेमी प्रेमीका हौं भन्न लाज लाग्दैन ?  भनेर सवाल पनि उठाईयो । त्यति वेला उनले त्यो गर्भ रहेको कुरा बताईनन । त्यसको १५ दिन पछि जव ति थारु समुदायकी महिलासंग विवाह गरे भन्ने सुनिन तव उनि ६ महिनाको गर्भ छ श्रीमति स्वीकार गर भन्दै आईन ।

यसबाट के देखिन्छ भने आफ्नो श्रीमानलाई कुरा लगाएर घर बिगारेकी ति धारु समुदायकी युवतीसंग रिस साँध्नु । मेरा विगारी भने त्यसको घर पनि हुन दिन्न भन्नु । उनलाई त्यसरी उचाल्नुमा कुनै न कुनै तत्व पनि हावी देखिन्छ । यस घटनालाई वुटवल प्रहरीले गम्भीरता पुर्वक नलिएको परिवारजनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की