प्रेम सुनार | असार १७, गुल्मी | छिमेकी जिल्ला अर्घाखाँचीमा व्राम्हणको छोराले मरेको भैसी ट्रकमा राखरे बेच्न हिडेको वेला पक्राउ परेपछि उनि जस्ता भैसी ब्यापारीहरु बारे खोज अनुसन्धान गर्न जरुरी देखिएको छ ।
गुल्मी जिल्लामा एक समयका कुनै एक् सुनचाँदी ब्यवसायीले सुनको भन्दा भैसीको ब्यापार ठुलो ठान्दै गाउँमा भैसी खरिद विक्रि गर्न थाले । पछिल्लो एक दशकमा उनको कमाई उनका पुर्खाले सुनचाँदी ब्यवसायबाट गरेको आम्दानी भन्दा कैयौै गुना बढि देखियो ।
नाम नबताउँने सर्तमा उनि संग त्यस भैसी ब्यापारमा संग्लग्न भएका जनाले भने–‘ पाँच वटा भैसी खरिद मध्ये एउटा मोटो र अरु मरेको वा मर्नै लागेको भए पनि खाँटी सुकुटी बन्ने गरेका कारण भैसी ब्यापारिकको आम्दानी सुनचाँदी वालाहरुको भन्दा बढि हुन्छ ।
मुख्य भैंसी ब्यापारी जिल्ला भित्र बस्दैनन् । उसले जिल्लाका दुई चार जनालाई एजेण्ड बनाउँ छ । ति एजेण्डहरुले टोल स्तर सम्म सञ्जाल बनाउँ छन । ठाउँ ठाउँमा ति सञ्जालले ठुला खालका फ्रिजहरु राख्ने गर्दछन । त्यस्ता फिजहरुमा गाउँ टोलमा मरेका भैसीको मासु समेत खाँदिन्छ ।
स्थानिय एजेण्डले पाँच वटा भैसी मध्ये एक दुई वटा मोटा र अरु दुव्ला किन्न सक्यो भने एउटा भैसी वरावरको कमिशन पाउँ छन् । एक हप्तामा त्यति गर्न सके पछि २५ देखि ३५ हजार सम्म कमाउँ छन् । यसरी एक महिना मै एक लाख भन्दा बढि कमाउन पाईने भए पछि राजनैतिक दलका केहि नेताहरु समेत भैसी ब्यवसायमा संलग्न रहेका छन् । ’
माथिको तस्वीरमा: अर्घाखाँचीमा पक्राउ गरिएका मरेका भैसीहरु |
श्रोत थप्छ –‘उनिहरुको पहुँच प्रहरी र पशु सेवा कार्यालयका ठुला बढाहरु संग रहेको हुन्छ । स्थानिय एजेण्डले मासु वा भैसी एक ट्रिप बनाएको जानकारी पाउन साथ मध्ये रातमा गाडी पुग्छ । जुन गाडीले एक देखि अर्को जिल्ला पास गर्छ भने उता बाट अर्को गाडी लिन आएको हुन्छ । यसरी भैसी कारोवार बढि मात्रमा रातमा हुने गर्दछ । एक स्थानको प्रहरी चौकीबाट अर्को स्थान सम्मको प्रहरी चौकी पास गराउने जिम्मा ‘सेटिङ्गवाला’ प्रहरीले लिन्छन ।
कहिले काँही सेटिङ्गवाला प्रहरीलाई अर्को घुमावा प्रहरीबाट जोखिम हुने पाईए जहाँ फ्रिजवाला सेटिङ्ग छ त्यहाँ भैसी कटान हुन्छ र प्लाष्टिकमा सुरक्षित गरेर पास गरिन्छ । गाउँ स्तरमा सुरुमा दलित समुदायलाई एजेण्डको रुपमा प्रयोग गरिन्थ्यो । तर पछि गाउँमा स्त्री जातका पशु सकिदै जान थालेको चिन्तन र समाचारहरु आउन थाले तव काट्नलाई भैसी नदिने गर्न थाले ।
तव पाल्ने नाममा नखाने भैसीको मासु नखाने जातका व्राम्हण क्षेत्रीहरुलाई एजेण्ड बनाउन सुरु गर्न थालियो । जसलाई पाल्ने भैसी भनेर सजिलै पताउन थाले मानिसहरुले । तिनै मध्येका एक पात्र हुन आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर २ प्रगति वजारका २१ व्र्षिय दिपक भुसाल ।
जसले ट्रकमा राखेर मरेका भैसी बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले आज पक्राउ ग¥यो । प्रहरीले उनिबाट थुप्रै गिरोहरुको खोजी गर्न जरुरी छ । पश्चिम भेग मध्ये , स्याङ्गजा , पर्वत बाग्लुङ्ग, गुल्मी , म्याग्दी लगायतका जिल्लाका भैसीहरु पोखरा जान्छन । त्यहाँको विमान स्थल नजिकैका स्टोरहरुमा मासु कटान र सुकुटी बनाउँने काम हुन्छ ।
अनि सुन जस्तै सुकुटी जहाजमा राखेर विश्वका विभिन्न मुलुकमा तस्करी गरिन्छ । ति मुलुकहरुमा पुग्दा ठुला ब्यापारीहरुको कमाई सुनको भन्दा बढि हुन पुग्छ । देश भित्रका पसलहरुमा खाईने ममः बढि मात्रमा फोक्सो र बोसोबाट बनाईन्छ । सुकुटीहरु खाँदा निकै ख्याल गर्न जरुरी भएको छ । खाने मान्छेले ज्युँदो र मरेको भैसीको ख्याल गर्न सक्दैन । सुन भर्सेज सुकुटी अर्थात उनिहरुको सुकुटीको कोड भाषा सुन हुने गरेको छ ।
पोखरा तर्फका केहि ठुला भैसी ब्यापारीहरु एक डेढ दशक अघि सम्म आर्थिक रुपले टाट परेको र अहिले अरवपतिको हाराहारीमा पुगेका केहि पात्रहरु प्नि रहेको समाचार श्रोतले बताएको छ । कतिपय साना मासु व्यवसायीहरुले पाडाको भनेर पाडीको मासु वेच्ने गरेको समेत आशंका गर्न थालिएको छ ।
जिल्लाको सदरमुकाममा त्यस्तो नपाईए पनि अन्य केहि स्थानमा त्यसरी झुक्काएर बेच्ने गरेको गरिएको छ । सदरमुकाम नजिकैका गाउँवाट भैसी तस्करी हुँदा त समातिन नगसकेको अवस्थामा विकट गाउँहरुमा स्त्री जन्य पशुहरुको गोठ रित्तिदै गएका छन् ।
परम्परा देखि भैसी पाडाको मासु खाने समुदायले स्थानिय तहमा पाउन सकेका छैनन । थारा भैसीको मुल्य लैनो भैसी जतिकै पर्न थाले पछि वाहिरी ब्यापारीहरुलाई बेच्न थालिएको छ ।