Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मुगुमा फेरी देखीयो मलेरिया रोग, गाँउमा छैन औषधी

By साझासवाल

दान बहादुर बुढा | असार १८, मुगु | बिकट हिमाली जिल्ला मुगुको खत्याड गाउपालिका ८ र १० बडामा रहेको रिगा गाँउबाट फेरी मलेरीया रोग देखा परेको छ । यही बेलामा गाँउमा औषधी उपचार नहुँदा बिरामीहरु छट्पटाई रहेका छन ।

गर्त बर्ष असार महिना यही रीगा गाँउबाट सुरु भएको मलेरीया रोगबाट १ दर्जन भन्दा बढीको मृत्यू भएको थियो भने सयौं जनाको हाराहरीमा बिरामी परेका थिए ।

बिरामीलाई हात खुट्टा दुख्ने ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने जस्ता लक्षण देखा पर्ने गरेको छन् । गाँउमा रहेका स्वास्थ्य चैकीहरुमा आषधी छैन । २०/२५ जना बिरामी परेका छन् । यो सानो कुरा होइन, गत साल पनि यस्तै गरी ५/६ जनाबाट संक्रमण फैलिएको थियो । अहिले स्थानिय निकाय, जिल्ला स्वास्थ्य कार्यालय तथा सरोकारवाला हरुले यस बिषयमा ध्यान दिएका छैनन् । यसको बारे सम्बन्धित निकायबाट चाडो पहल होस् भन्दै ढिला-सुस्ती भएमा गत बर्षझैं जिल्ला भरी यो मलेरीया रोग फैलन सक्ने स्थानिय बासी खत्याड गाँउपालिका १० का भक्त्त बहादुर शाहीले बताएका छन ।

यता यसै बिषयमा रीगा गाँउमा यो बर्ष बैशाखको महिना एक/दुई जनामा देखा परेको जेष्ठ महिनामा २ जना र असारको महिनामा मात्र १५ जनालाई मलेरीया रोग लागेर बिरामी भईरहेका रेकर्ड जिल्ला स्वास्थ्य कार्यालयमा छ । त्यस्तै अन्य बिरामीका रोगबारे पहिचान गरीदै रहेको जिल्ला अस्पतालबाट औषधी लगेर मलेरिया रोग फैलिएको क्षेत्रमा एक टोली गईरहेको र आफूभन्दा माथिल्लो निकायलाई पत्रचार गरीसकेको र तयस रीगा गाउ लगाएत खत्याड क्षेत्रमा लामखुट्टेलाई नियन्त्रण गर्नको लागी क्षेत्रीय मेडीकल स्टोरबाट एल एलआई नामक झुल २ हजार थान बितरण गर्ने र तत्कालको लागी ईजिसीडी महाँशाखा टेकुबाट १ हप्ता भित्र एक टोली आउने जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर ज्ञानेश्वर श्रेष्ठले बताएका छन ।

यस मलेरीयाग्रस्त क्षेत्र सदरमुकाम गमगढीबाट २ दिन पैदल टाढा रहेको छ भने बिशेष गरी १५ बर्ष मुनिका बालबालीका र वृद्धहरुमा देखा परेको छ । ज्वरो आउने हात खुट्टा दुख्ने, टाउको दुख्ने,  रिंगटा लाग्ने गरेको देखीन्छ । समय समयमा औषधी खरीद गरीएको र धेरै मात्रामा औषधी खरीद गर्न नसकीने यो आवमा औषधी खरीदमा छुट्याईएको बजेटको औषधी खरीद गरी ल्याई बितरण गरी सकेको खत्याड गाँउ पालिकाका प्रशासकीय अधिकृत मणीचन्द्र कार्कीले बताएका छन ।

जिल्ला भरी स्वास्थ्य सम्बन्धि काम गर्ने जिल्ला स्वास्थ्य कार्यालय १, प्राथामिक स्वास्थ्य केन्द्र १ ईलाका हेल्थ पोष्ट ९ सब हेल्थ पोस्ट १६ भए पनि हिजो आज सबै निकायमा औषधी अभाव रहेको छ ।  सामान्य सिटामोल बाहेक अन्य कुनै औषधी पनि नपाईने स्थानिय जनताको गुनासो रहेको छ ।

पछिल्लो समयमा स्थानिय निकाय गठन भएपनि बढी भन्दा बढी बजेट बिकास निमार्णमा गएको र स्वास्थ्य क्षेत्रमा कमै बजेट बिनियोजन गरीएको हुँदा स्वास्थ्य संस्थामा औषधी कमै हुनु बिरामीहरुलाई प्रशस्त औषधी पनि नपाउने गरेका छन् ।