२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘११ वर्षकी छोरी २० वर्षको केटासंग हिडी हजुर, के गरम ?’

२०७५, २१ असार बिहीबार ०७:२८

प्रेम सुनार/असार २१, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका भित्रको एक दलित बस्तीमा जनप्रतिनिधीहरुले ल्याएको परिवर्तनका रिर्पोटिङ्ग गर्न पुग्दै गर्दा एक जना बृद्धलाई त्यो परिवर्तनको मतलव नै थिएन । उनले ११ वर्षकी छोरी २० वर्षको केटासंग विहे गरेर गएको टन्टो  ( चिन्ता ) मात्रै गरिरहेका थिए ।


t:jL/M !! jlif{of lt jflnsf ljjfx u/L lx8] kl5 lrGtg ub}{ To; pn]{gL ufpFsf jf;LGbf

त्यस नगरपालिका वडा नम्वर ९ अर्लाङ्गकोट स्थित उर्लेनी दलित बस्तीको कुरा हो यो ।  विकास निर्माण तर्फको रिर्पोटिङ्ग गर्न त्यस वस्तीमा  पुगेको यस रिर्पोटरलाई  ति वृद्धको त्यही कचकचले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै लागि रहेको थियो ।

सोध्धै छु एउटा कुरा, उनि अर्को कुरा दोहराउँदै भन्छन –‘ ए हजुर पहिला मेरो कुरा त सक्न दिनुस् , मेरो छोरी त होईन वितेको मेरो भाई कि छोरी हो , मैले पालेको थिएँ तर २० वर्षको केटा संग ११ वर्षकी  त्यो छोरी अँस्ती ब्या ( विहे ) गरेर हिडी हजुर के गरम ?’

त्यसरी नावालिका छोरीले विहे गरेर हिडेको चिन्ता गर्दै थिए ५५ वर्षिय तिर्थ बिकले । उनको नागरिकताको नाम  उनको  कुनै एक सत्रु –वैरी लाग्ने कालिन्दारले गालीगलौज गरेर राखी दिएको रहेछ । जुन सञ्चार माध्यममा उल्लेख गर्दां उनको ठुलो  अपमान हुन्छ ।

त्यसरी असार १७  गते छिमेकी जिल्ला वाग्लुङ्गको गल्कोट नगरपालिका  वडा नम्वर ८ थालेपोखराका १८ वर्ष उमेर बताईने  दलबहादुर बिक संग विहे गरेर जाने वालिका थिईन अनुजा बिक ( नाम परिवर्तन  )

आश्चर्य लाग्यो । साँच्ची होला र ? भनेर त्यस दलित बस्तीका अगुवा नन्द बिकलाई सोधियो । उनले भने–‘हो त नि,  ललाई फर्काई ११ वर्ष पुगेर भर्खर १२ मा टेकेकी ति वालिकालाई बिहे गरेर लगेको पुष्टि भई सकेको छ  । ’

पत्रकार आउने भने पछि स्थानियवासी धेरै जना जुटेका थिए । अरुको चिन्ता पनि उनै वालिका विहे गरेर गएको प्रति थियो । धेरै महिलाले भन्दै थिए त्यति सानी  वालिका कसरी विहे गरेर जान सके होलिन भनेर ।

गत वर्ष मात्रै त्यस गाउँकी १४ वर्षकी अर्की  वालिका विहे गरेर जाँदा चकित परेका त्यस टोलका मानिसहरु ११ वर्षकी वालिका आफै विहे गरेर जाँदा थप चकित परेको देखिए ।   ति १४ वर्षको उमेरमा विहे गर्ने उनि  त्यसको सात दिन नपुग्दै सम्वन्ध विच्छेद गरेर माईतीमा अलपत्र परेकी  छन अहिले  ।

उनले गला अवरुद्ध पार्दै भनिन–‘ सवैले फकाए केरे,  राम्रै होला भनेर गएँ, त्यहाँ पुग्दा मन नपरे पछि फर्केर आईकी हुँ । ’ उनलाई  शान्तिपुरस्थित विवाह गरी लैजाने संग कोठामा जान भनेको तर आफुले नमानेर झुण्डिएर मर्छु भने पछि माईती फर्किने वातवरण बनेको बताईन ।

वडा सदस्य फुलमति बिक भन्दै थिईन उनि आफु खुशी विहे गरेर गईन र आफु खुशी नै एक हप्तामा सम्वन्ध विच्छेद गरिन ।  त्यस दलित वस्ती सुधार कार्यक्रमका अध्यक्ष समेत रहेका नन्द बिक भने त्यो स्वीकार गर्दैनन ।

उनि भन्छन्–‘ यी दुवै वालिकाहरु  भित्रि मनले चाहेर गएका होईनन । कसैले ललाई फकाई गरेर पठाएका हुन । यसको अन्त्य हुनै पर्छ । यहाँका अभिभावकहरुले २० वर्ष ननाघे सम्म छोरीको विहे गराउने गरेका छैनन । लौन यो कुरा सञ्चार माध्यममा राखी दिनु पर्यो । ता कि ललाई फकाई वालविवाह गराउनेहरु चम्कीन्थे कि ( डराउँथे  कि ) ?’

टेलिफोनमा ति वालिकासंग सम्पर्क राख्दा उनले १६ वर्षे बैंसको ध्वाँसा दिईन । उनले भनिन कसले भन्यो ११ वर्ष ? म त १६ वर्षकी भएँ । मैले पहिल्लैदेखि केटालाई माग्न पठाउन खोजेकी थिएँ । तर घरमा कसैले दिन मानेन , त्यसैले म आफै राजीखुशी  हिडेकी हुँ ।  हाम्रो पहिल्लै देखि सम्वन्ध थियो । उहाँ अहिले ढुङ्गा बोक्न जानु भएको छ । दुख पाए मात्र म तपाईहरुलाई खोज्न आउने छु । हामीलाई छुटाउने कोशिस कसैले नगरुँन  ।’

त्यस वडा नम्वर ९ मा उनको जन्म दर्ता हेर्दा पनि उनको उमेर ११  वर्ष १० महिना भएको रहेछ । २०६३ साल भदौं २५ गते जन्मिएको उक्त जन्मदर्तामा उल्लेख छ ।

उनका वावु आमाको उनि  सानै छँदा मृत्यु भएपछि उनि जेठा वुवाको संरक्षणमा हुर्किदै आएकी थिईन । उनको शारिरक बिकास पनि गत वर्ष विहे गर्ने ति १४ वर्षकी वालिकाको भन्दा धेरै कम र अवोध देखिन्छ ।

उनले धेरै पहिला देखि ति युवा संग सम्वन्ध थियो अर्थात प्रेम सम्वन्ध थियो भन्दा उनको उमेर  त्यस्तो सम्वन्धको १० वर्षको उमेर देखि भएको देखिन्छ । पुरानो पिढीका छोरीहरुलाई अभिभावकले जवरजस्ती ९ , १० वर्षको उमेरमा विवाह गराई दिने र  वाउ आमाको नाक राख्न कै लागी कष्टकर रुपमा कहरले घर गर्ने गर्दथे ।

 तर अहिले त्यही उमेरका छोरीहरु रहरले आफै विहे गर्न थाल्नुलाई युगले दिएको शाररिक विकास र  विपरित लिङ्ग प्रतिको उत्कट आकर्षण भनेर ब्याङ्ग गर्न थालिएको छ । केहि दिन अघि  गुल्मी कै एक प्रहरी चौकीमा  केटीले केटो भगाई भन्ने उजुरी परेको थियो ।

यसबाट अव केटाले केटी होईन, केटीले केटो भगाउने चलन आउन थालेको संकेत मिलेको छ । ति वालिकाले  पनि असार १५ गते  केटा झिकाएर भागेकी थिईन ।  उनका ससुराले उनि असार १७ गते वुहारी बनेर घर भित्रिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा