२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता प्रदिप गिरी मार्क्सवादका किरा रैछनः नेकपा कार्यकर्ता

२४ असार २०७५, आईतवार ०५:४७

प्रेम सुनार | असार २४, गुल्मी | ५ नम्वर प्रदेशभरका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादका किरा नै रहेको भन्दै प्रशंसा गरेका छन । कार्लमाक्सको २ सतवार्षिकी अवसरमा नेपालगञ्जमा शनिवार सम्पन्न माक्र्सवाद विचार गोष्ठीमा सहभागी ५ नम्वर प्रदेशका  अधिकांस नेपाल कम्युनिट पार्टीका नेता कार्यकर्ताहरुले  प्रशिक्षण दिने मध्येका नेताहरु मध्ये कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादको बढि ज्ञाता रहेको भन्दै प्रशंसा गरेका हुन ।

दुई दिन सम्म नेपालगञ्जमा चलेको उक्त विचार गोष्ठीमा सहभागी नेकपाका गुल्मीका कार्यकर्ता तथा तत्कालिन एमाले जिल्ला सचिवालय सदस्य नरेश भण्डारीले भने हाम्रा नेताहरु भन्दा कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादको बारेमा बढि र्नै ज्ञाता रहेको हामीले पायौं । कांग्रेस नेता गिरीले हाम्रा अरु नेता कार्यकर्ताहरुलाई पनि माक्र्सवादवारे प्रशिक्षण दिनु पर्ने उनको भनाई छ ।

उक्त विचार गोष्ठीको  नेकपाका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । कार्यक्रममा  कम्युनिष्टहरुका वरिष्ठ नेता मोहनविक्रम सिंहले पनि प्रशिक्षण दिएका थिए । त्यस्तै नेकपाका नेता घनश्याम भुसाल, राम कार्की , मोदनाथ प्रश्रितका छोरा विजय पौड्याल लगायत पनि वक्ताका रुपमा सहभागी थिए ।

तस्वीरमा: कार्यक्रममा सहभागीहरु । 

ति कम्युनिष्ट नेताहरुको भन्दा उत्कृष्ट प्रशिक्षण कांग्रेस नेता  गिरीको लागेको अर्का कम्युनिष्ट कार्यकर्ता तथा तत्कालिन माओवादी केन्द्र गुल्मीका सहसंयोजक युवराज केसीले पनि  बताए । 

उहाँ पहिल्लै देखि माक्र्सवादका विद्यार्थी नै हो, केसीले भने त्यस गोष्ठीका धेरै वक्ताहरु मध्ये कांग्रेस नेता गिरीको प्रशिक्षण उत्कृष्ट थियो । नेता  गिरीले माक्र्सवादलाई विपीले समेत मानेको , यो विचार संग कोही तटस्थ बस्ने नसक्ने  धारणा समेत राखेको भण्डारीले बताए ।  उक्त विचार गोष्ठीमा नेकपाका नेता ठाकुर गैरेको अध्यक्षता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने