नेपालमै यस्तो ठाउँ जहाँ गाईको मासु खाईन्छ तर बाख्रालाई पुजिन्छ

Posted on: 08 Jul, 2018

प्रेम सुनार | असार १४, बुटवल | नेपाली हिन्दु संस्कारमा गाईको मासु खाने समुदायलाई घृण गरिन्छ । गाई काट्नेहरुलाई कडा कार्वाहीको माग पनि गरिन्छ । अरु समुदायले गाईलाई गौमाताका रुपमा पुज्ने  पनि गर्र्छन  ।

तर, त्यसै धर्मका यस्ता पनि समुदाय छन बरु गाईको मासु खालन तर बाख्राको मासु खाँदैनन ।  हाल सम्म ओझेलमा परेको यस्तो  रोचक खवर छ कि जुन गाउँमा बाख्रालाई माताका रुपमा पुज्ने गरिन्छ  ।  वाख्रा र उसको सन्तान  खसी बोका काटेर खाने कल्पना समेत गर्न सकिन्न  ।

यो अनौठो र ओझेलमा परेको खवर हो गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्वर ४ , साविकको फोक्सीङ्ग  गाविसको । त्यस गाउँका  राना थरका मगरहरुले बाख्रा र त्यसका सन्तानहरु काटेर मासु नखाने गरेका हुन ।  त्यस गाउँमा चितौरे थरका राना मगरहरुले ४ सय वर्ष अघि देखि वाख्रा, खसी र बोका काटेर मासु नखाने गरेको  त्यस गाउँका ८० वर्षिय समाज सेवी पुर्णबहादुर रानाले बताए ।


यस्तो छ पौराणिक कथा

आज भन्दा करिव ४ सय वर्ष अघि त्यस राना परिवारकी एक महिला सुत्केरी भईन । सन्तान जन्माएको केहि दिन मैं उनको मृत्यु भयो । त्यस पछि ति नवजात शिशुलाई बचाउन गाह्रो भयो । उनलाई बाख्राको दुध खुवाइर बचाईयो ।

पुर्णबहादुर राना भन्छन त्यस पछि बाख्रालाई आमा अर्थात माताका रुपमा पुज्न थालिएको हो । उनका अनुसार त्यस चितौरे तरका राना फोक्सीङ्गमा एक  गाउँमा १४ छन भने अर्को टोलमा करिव १० घरधुरी रहेका छन । त्यसका अलवा वुटवलमा वसाई सराई गरेका २२ घर धुरी छन । ति सवै घरधुरीका नयाँ पिढिले समेत बाखा्रा , खासी र बोकाको मासु खाँदैनन ।

विसावाईसे उमेरका त्यहाँका युवा ऋषि राना भन्छन–‘ दशै पुजामा मैले दर्जनौ पाडाहरुको वली चढाएँ यहि हातले तर वाख्रा काट्ने कुरा मैले कल्पना समेत गर्न सक्दिँन ।

‘वाख्रालाई हामी आमा ठान्छौं , उनले थपे–‘कसैले लुकी चोरी देश विदेशमा खाए पनि उसलाई अपसकुन भएको छ । त्यसका थुप्रै उदाहरणहरु रहेका छन । एक जनाले विदेशमा बाख्राको मासु खाए पछि यता घरमा उनका परिवारले सपनामा देखे ।

उनलाई नराम्रो भयो । फेरी अर्का एक जनाले कुल–धर्म छाडेरै क्रियश्चन धर्म मान्न थालेका छन् । ’ उनका अनुसार त्यस समुदायले वाख्रा पाल्छन तर काटनका लागि भनेर बेच्दैनन ।

जसका घरमा माछा मासु पसाल्नै हुन्न

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ९ साविकको अर्लाङ्गकोट गाविस ददल्का गाउँका टिकानिधी खरालको घरमा जिज्यु वाजे देखि कुनै प्राणीको मासु भित्र पसालेका छैनन ।  ७४ वर्षिय खराल कुनै पनि प्राणीलाई काटेर हत्या नगर्न हात जोडेर विन्ति गर्छन ।

उनि मुटु भक्कानाउँदै भन्छ –‘ हामी मानवलाई कसैले काटे मारे हाम्रो आत्मा कति दुख्छ ? त्यस्तै हरेक प्राणीको आत्मा पनि त्यस्तै हो , मैले सवै संग हात जोड्छु , कसैले पनि कसैको हत्या गरेर मासुमा नरमाऔं ।  उनले आँशुका ढिंका खसाल्दै भने –‘ जुन प्राणीलाई हत्या गरिन्छ , उसका पनि त छोरा छोरी , आमा बुवा र सन्तान , आफन्तहरु हुन्छन , कति रुँदा  हुन विचरा........।

जिज्यु वाजेको पाल देखि अपसकुन भए पछि कुनै पनि प्राणीको हत्या गरी घर भित्र   मासु पसाल्न नहुने गरेको उनले बताए । त्यही उमेरको हाराहारीमा रहेकी उनकी धर्म पत्नी कृष्णकुमारीले पनि जन्मे देखि अहिले सम्म माछा मासु नखाएको बताईन ।

छोराहरु कृष्ण प्रसाद खराल  र सुदन खराल भन्छन –‘ हामी त देश विदेशमा गएर मासु खान सिकियो तर घर भित्र पसाल्ने कल्पना समेत गर्न सक्दैनौं ।  घर बाहिर मात्रै खाने गरेका छौं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!