2026-08-29 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आफ्नै भाई बुहारीमाथि जेठाजुको कुदृष्टि, यसरी गर्छन् दिनहुँ आक्रमण

प्रेम सुनार । असार–३०, बुटवल।  सर मलाई बचाउनुस , मैले गुहार पाईन । प्रहरीले  तिम्रो जेठाजुको दिमाग विग्रेको छ केहि गर्न मिल्दैन भनेर भन्छ । यदि उनको दिमाग विग्रेको भए मलाई मात्र किन पछ्याएर आक्रमण गर्छन ?  यसो भन्दै र रुदै अहिले विहान पनि ति महिलाले फोन गरिन ।  

उनि हुन अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनदहकी उमा खनाल । गत पुष महिनामा पनि उनका जेठाजु चन्द्रबहादुर खनालले भाई वुहारीलाई श्रीमति बनाउँछु भन्दै ढुङ्गा–मुढा गरेर असुरक्षित पारे पछि यसै समाचारदाताले अर्घाखाँचीको प्रहरीलाई आग्रह गरेर समातिएको थियो ।

त्यस पछि गायव भएका उनैले फेरी अहिले घरमा आएर आतंका मच्चाई रहेका छन । उनि मानसिक रोगी भएको अर्घाखाँची प्रहरीको भनाई छ । यदि उनि मानसिक रोगी हुन भने सवैलाई आक्रमण गर्नु पर्दथ्यो ।

किन तिनै भाई बुहारी मात्रै आँखाको  तारो बनेकी छन ?   ति भाई वुहारीका अनुसार हालै निज जेठाजुले उनका श्रीमान अर्थात भाई नन्दबहादुर खनाललाई निर्घात कुटपिट गरेर अस्पताल भर्ना हुने गराएका छन ।

‘श्रीमान पनि घर हुनुहुन्न’ उनले डाको छाड्दै भनिन–‘ हँसिया कोदालो लिएर आक्रमण गर्न आउँछ , तँलाई मैले स्वास्नी बनाउँछु भन्छ म के गरुँ ? रवि लामीछानेलाई फोन गर्दा उठेन र हजुरलाई फोन गरेकी हुँ, मलाई गुहार दिनुस् । ’

उनका अनुसार उनको घरका तिन वटै कोठा फोरेर भएको सवै कुरा निज जेठाजुले लुटेर लगेको छ । ‘घरमा अन्नको गेडा छैन सर, म दुई तिन दिन देखि भोकी छु, उनले भक्कानिदै भनिन के खाएर बाँचुँ ?’

उनि २०६२ सालमा  ५७ वर्षिय नन्दबहादुरसंग दोश्रो विवाह गरी आएकी ३९ वर्षिया महिला हुन । अघिल्लो घरवार तर्फ तिन सन्तान र नन्दबहादुर तर्फ ३ सन्तान भएको उनि बताउँछिन ।  ति जेठाजुकी पनि घरमा श्रीमति छन् ।

श्रीमति आफै पनि असुरक्षित भएर कहिले काँही घर छाड्ने गरेको स्थानिय बताउँ छन । गाउँका महिला समुह पनि  निज जेठाजुबाट आजित भएको भन्दै फोन गर्छन ।  पागल भएको नाटक गरेर भाई बुहारीलाई आक्रमण गरेको स्थानियको बुझाई छ ।

यस सम्वन्धमा अर्घाखाँचीका प्रहरी प्रमुख  डिएसप नवराज मल्ल संग सम्पर्क राख्दा निज मानसिक रोगी भएकोले पहिला अस्पतालमा राखिएको  बताए ।  अहिले फेरी उसले  आतंक  मच्चाएको जानकारी आएपछि हिजो देखि खनदह ईलाका प्रहरी चौकीलाई त्यहाँ खटाएको उनले जानकारी दिए ।

ति महिलाका भाई  ठाकुर रायमाझी भन्छन –‘ हो,  हिजो देखि त्यहाँको प्रहरी आएर मेरै घरमा बसेका हुन । निज जेठाजु अहिले घर मै ढोका लगाएर लुकेको छ  । तर प्रहरीले घर भित्र रहेको मान्छेलाई हामीले ढोका फोरेर निकाल्न मिल्दैन भन्छ । ’

उनको  यो भनाई डिएसपी मल्लसंग राखेपछि स्थानियलाई जम्मा गरेर निजलाई समात्न लगाउने जानकारी दिए । निज अँस्ती दिनभर श्रीमतिसंग घाँसपात गरेर बसेका थिए । हिजो देखि श्रीमति पनि घरमा छैनन ।

निजका छोरा बुहारी भारततिर रहेको बताईएको छ । गत पुष महिनामा पनि जेठाजुद्धारा भाई बुहारी अशुरक्षित भएको समाचार बाहिर आए पछि निज जेठाजुको आतंक बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो