२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ वर्षको उमेरमा छैठौं विवाहः ६६ वर्षका बृद्ध संग

२०७५, ३१ असार आईतवार ०८:०९

प्रेम सुनार, असार–३०, बुटवल ।  गुल्मीको धुर्कोट गाउँपालिका–७ , वाग्ला  दुवानेटाका वासीन्दालाई अनौठो लाग्दो  विवाह सम्वन्धको चर्चा गर्दै छौ हामी ।  एक छोरी, तिन जिल्लाकी  बुहारी ?   यो कुनै नौलो कुरा न होला । तर २७ वर्षको उमेरमा छैठौ विवाह , त्यो पनि ६६ वर्षको बृद्ध संग ? यो चाँही अलिकति नौलो लाग्यो र सत्य तथ्य खोज्न पुगियो  त्यस गाउँमा ।   ति महिला भिडियोमा बोल्न चाहिनन । तर उनका  ६६ वर्षिय नव जोडी  ढालबहादुर घिमिरे  भने खुलेर बोल्न चाहे ।

लौरो टेक्दै धुर्कोट गाउँपालिकाको तेश्रो चौैमासिकको  सार्वजानिक सुनुवाई कार्यक्रममा आएका उनले भने–‘ मेरो श्रीमति मृत्यु भएको ६ वर्ष देखि एक्लै खान  पकाएर खाँदा असाध्धै दुख पाएको थिएँ  । त्यो भर्खरकी उमेरकी  केटीले मलाई पत्याउँली भनेर लागेकै थिएन ।

एक दिन एउटी महिला संग त्यसको बारेमा सोधपुछ गरें । विस्तारै उ संग नजिक भएँ । उसले मनपेट खोली  , हाम्रो मन मिल्यो  र ब्या (विवाह )  गरेका हौं ।  ३ छोरी ५ छोरा सहित ८ सन्तानको बाबु हुँ म । खानदान पनि कम होईन ।  जिज्यु बाजेको शेखा पछि जिम्वाल चलाएको मान्छे हुँ । तर त्यो सम्पत्ति र त्यतिका छोरा छोरी हुँदा पनि एक्लो र  निरासीलो  भईँ्दो रहेछ ।

बुढेशकालमा स्याहर सुसार गर्लि भनेर विवाह गरेको हुँ । नभन्दै राम्रो स्यहार सुसार र माया प्रेम दिएकी छन् । एउटा गितको बोल–‘ जुनको र ताराको , बल्लै भेट भयो दुवै कर्म हाराको…’  कथा सुनाउँदै उनले भने–‘ उनि गुल्मी कै चार ठाउँमा विवाह गरिन ।

गोरखामा पनि विवाह गरेर गईन । त्यस पछि प्युठानका एक जनाले विवाह गरेर लगेको ५ दिन मै माईती घर ल्याएर  छोड्यो ।  अन्यत्रै ५ सहित म उनको छैठौं श्रीमान हुँ ।  उनका दुई छोराहरु छन ।

मेरा ३ छोरी र ५ छोराहरुले पनि एक्लै पारेका थिए । कर्मले म पनि एक्लै उनि पनि एक्लै  परेपछि हामीलाई  संजोगले जुटाएको हो ।’


छिमेकीहरुले   नवजात शिशुको छैठी गर्ने कहिले हो ? भनेर जिस्काउँछन नि ? भन्ने प्रश्नमा उनले भने –‘ खै हेरम ,  त्यो भने यसै भन्न सकिन्न । उनले भन्छिन–‘मेरा पनि दुई छोराहरु छन । तपाईका पनि पाँच वटा छोराहरु छन । अब किन चाहियो र अरु सन्तान ?  सन्तान भएर पो के हुँदो रहेछ र ?’

उनले थपे–‘ अरु हाम्रो मेललिाप राम्रै चलेको छ । मैले बृद्ध भत्ता चाँडै खान्थे होला तर नागरिकतामा मेरो उमेर घटाई दिएका छन तर म ६६  वर्षको भएँ  । उनि संगै आएका एक जना बृद्धले भने–‘ उ मेरो एक महिना कान्छो भाई हो । हाम्रो उमेर ६६ वर्षको भयो । उ अहिले विवाह गरेर सुखी भएकोले हामी खुशी छौं, श्रीमतिको खाँचो बुढेशकालमा हुँदो रहेछ  ।’

धुर्कोट गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष हिमप्रसाद पन्थीले दुवैको घरवार बिग्रेको र  अहिले भर्खरै  दुवैले विवाह गरेर मेलजोल भएको प्रति सन्तोष ब्यक्त गरे ।

उता  गुल्मी कै मालिका गाउँपालिका वडा नम्वर १  , नेटा गाउँमा पनि बृद्ध भत्ता खाने उमेरका एक जना पुरुष संग १३ वर्षिया वालिकाले विवाह गरेर सुखी दाम्पत्य जिवन विताएकी छन ।

मुसिकोट नगरपालिकामा पनि १३ वर्षिया वालिकाले अभिभावकले नमाने पछि आफै केटा बोलाएर भागी विवाह गरको , आफुहरुलाई छुटाउने प्रयास नगर्न चुनौती दिएकी छन ।  यसरी बाह्र तेह्र वर्षकै उमेरमा बैशालु चाल हुन्छ । मनले चाहन्छ त कानुनले बाल हुन्छ ? यो राज्यलाई चुनौती हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस