२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ तिन दिन सम्म काम गर्नै नहुने, यो कस्तो प्रचलन ?

२०७५, १ श्रावण मंगलवार ०५:४४

प्रेम सुनार, , साउन–१, गुल्मी । गुल्मीको एक मगर समुदायमा एउटा रोचक प्रचन छ ।  जुन समुदायले असारको तिन दिन सम्म खेतीवाली र दाउँरा घाँस गर्नै पाउँदैनन । ‘असारे वार’ उनिहरुको ठुलो मेला पर्व हो । जुन असारे वारलाई कडा वारको रुपमा लिईन्छ ।

असार महिनाको विजोडा मिति , विजोडा  वार र तिथी पारेर मनाईने यस पर्वको आफ्नै एउटा रोचक कथा  छ ।

गुल्मी दरवार गाउँपालिका वडा नम्वर ४ , विरवासको जिज्यु वाजै मन्दिरको पौराणिक कथा हो यो  ।  हिजो असारको अन्तिम दिनमा  सकिएको असारे वार  पर्व त्यहाँका वासीन्दाले धुमधाम संग मनाए । 

 कथा यस्तो छ

   विरवास वजारमा रहेको  जिज्यु वाजै मन्दिर पुजा ब्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन ईन्द्रबहादुर रजाईलीका अनुसार विक्रम संवत १७६५ सालको असार महिनामा मगर समुदाय, सुर्यवंशी थरका दुई दिदी विहिनी घरबाट हराए ।  दुई तिन सम्म फेला नपरे पछि धामी झाँक्रि गराईयो ।  धामी क्राँक्रि बक्ने क्रममा ति दुई  दिदी वहिनीहरु बोले ।


   उनिहरुले भने–‘ हामी रुन्खा वनको चिउरीको वुटा पनि अलाप–विलाव भयौं ।  अहिले हामी शिला पल्टेर बसेका छौं । हामीलाई मानेर बस्नु , खोज्न परेन । ’  खोज्दै जाँदा उनिहरु शिला अर्थात ढुङ्गको मुर्तिका रुपमा फेला परे ।

  एका दुई पुस्ता पछिका सन्तानले पुरानो पिढीलाई जिज्यु वाजै भन्ने मगर समुदायकौ प्रचलन अनुसार उनिहरुको शिलालाई जिज्यु वजैका रुपमा पुज्न थालियो ।  उनिहरुको मन्दिर स्थापना गरियो ।

    त्यति वेला मगर समुदायको प्रचलनमा रहेको सुंगुर  र   कुखरा चढाउन थालियो ।  अहिले पनि त्यही सुंगुर पुजा गरिन्छ ।  सयौं कुखराको भाले पुजा गरिन्छ ।  परम्परागत सालैजो र नौमति वाजा बजाएर नाचिन्छ ।

   यसपाली  पनि भव्य रुपमा मनाईयो ।  प्रचलन अनुसार त्यस पर्व मनाउने अघिल्लो दिन देखि  हिजो साँझ तिन दिन  सम्म त्यस समुदायका मानिसहरुले घरको मेलापात , दाउँरा घाँस  केहि काम गरेनन ।

   त्यसको तिन दिन अघि नै घरको सवै काम  पुरा गरेर बस्छन । अध्यक्ष रजाईलीका अनुसार असारे वार पर्वको  तिन दिन सम्म केहि काम गरेमा खती हुने जनविश्वास रहेको छ । 

   जिज्यु वाजै मन्दिरमा भक्कल गरे पछि  मनोकामना पुरा हुने जनविश्वास अनुसार पहिला छिमेकी जिल्ला सम्मका मानिसहरुको अपार भिड हुने गर्दथ्यो । अहिले भने आ–आफ्नो गाउँमा त्यस मन्दिरको शाखा लगेर पुज्ने गर्दा कम भएको छ ।

   उति वेला परेवा र वलि दिएको सुंगुरका टाउँका झण्डै एक ट्याक्टर हुन्थे, रजाईली भन्छन यसपाली ९ वटा मात्रै सुंगुरको वलि दिईयो ।

   उनले थपे–‘ जिज्यु वाजै मन्दिरको परापुर्व काल देखि अपार महिमा रहेकोले पञ्चायत कालमा  यस स्थानको नामकरण जिज्यु स्थान गाउँ पञ्चायत  थियो । पछि मात्रै विरवास गाउँविकास समिति भएको थियो ।’

  यसपाली मनाईएको असारे वार पर्वमा युवायुवतीहरु वाजा ताल र वुढापाकाहरुको सालैजोमा झुमेका थिए । त्यस विरवासमा अपार भिड थियो । तस्वीरः असारे वार पर्व मनाउँदै झुम्दै विरवासका युवायुवतीहरु   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर