दूधको अतिरिक्त मूल्य घटाएको विरोध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दूधको अतिरिक्त मूल्य घटाएको विरोध"/>

2026-09-01 05:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनका किसानद्वारा दूध बाँडेर विरोध प्रदर्शन

साउन  ७, रत्ननगर, चितवन । दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले आज दूध बाँडेर प्रदर्शन गरेका छन् । 

दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले आज रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन् । 

दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोपमा उनीहरु गएको शुक्रबारदेखि आन्दोलनमा थिए । मूल्य समायोजन नगरेसम्म आन्दोलन जारी राख्ने रत्ननगरका शिवकान्त पौडेलले बताउनुभयो । 

यसअघि शुक्रबार राप्ती नगरपालिकास्थित भण्डारामा र आइतबार खैरहनी नगरपालिकाको ज्यामिरेचोकमा झण्डै ४०० लिटर दूध सडकमा पोखेर किसानले विरोध प्रदर्शन गरेका थिए । जिल्ला दुग्ध सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलले बाहिरको मिसावट दूध ल्याएर शुद्ध दूधमा खेलबाड गरेको आरोप लगाउनुभयो । 

दुग्ध विकास संस्थान (डिडिसी)का निमित्त महाप्रबन्धक ईश्वरी न्यौपानेले दूधको मूल्य घटाएको नभई यसअघि किसानलाई गुणस्तर हेरेर दिइँदै आएको अतिरिक्त मूल्यमात्रै कटौती भएको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन