२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनका मुख्य सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

८ श्रावण २०७५, मंगलवार ०७:३९

साउन ८, चितवन । भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाएको छ । 

तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले सोमबार वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न बाटो खुल्ला गरिदिएको थियो । 

आजदेखि तोकिएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । इजलासबाट सोमबार जारी आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी भरतपुर महानगरपालिकाभित्र पर्ने राजमार्गको वैकल्पिक सडक भएका स्थान बाहेक सो राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा मात्र प्रवेश गर्न निवेदनमा उल्लेखित प्रकृतिका तोकिएको मापदण्ड पूरा गरेका सवारीसाधनलाई रोक नलगाउनु भनी विपक्षीका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।” 

हेटौँडा इजलासको आदेश अनुसार राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुल्ला भएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले ‘ई’ रिक्सा, अटो, टेम्पोलगायतका तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनसँगै शहरको सुन्दरता र यातायातलाई प्रभावकारी सञ्चालनको काममा महानगर दृढ संकल्प लिएर अघि बढ्ने बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बाटो काट्नुपर्ने १६ ठाउँ बाहेकका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको बताउनुभयो । पहिलो दिन सम्झाइबुझाइ पठाइएको र जरीवाना नगरिएको उहाँले बताउनुभयो । 

महानगरले साउन ५ गतेदेखि ती सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको थियो । ‘इ’ रिक्सा तथा अटो व्यवसायीले उच्च अदालत पाटनको हेटौंँडा इजलाशमा रिट दायर गरेपछि महानगरले अदालतको फैसला कुरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का