२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

साथीको घर पढ्न गएकी बालिका मृत अवस्थामा फेला

११ श्रावण २०७५, शुक्रबार ०७:५९

भास्कर के.सी | साउन ११,  कञ्चनपुर | विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शव आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको छ ।


बेलुका ५, ६ बजेसम्म घर नआउदा आमाले अहिले सम्म छोरी घर नआएको भन्दै खोज तलासी शुरु गरी  निम्बुखेडा १८ बस्ने साथी रोशनी बमको घर  पुगेर खबर बुझ्दा उनी  दिउँसो २ बजे त्यहाँबाट आफ्नो घर हिडे्की उनको साथी बमले बताएपछि केही बेर स्थानिय र आफ्न्तले खोज तलास गर्दा नभेटिएपछि राती नौ बजे निम्बुखेडा स्थिीत प्रहरी बिटमा खबर गरेका थिए । आफुहरु पनि माथिको निर्देशनमा हिडनु पर्ने र सोही समयमा हल्दुखाल स्थित एक गोठमा आगो लागेकोले प्रहरीको एक टोली आगो निभाउन गएको हुदाँ भोलि विहान (शुक्रबार) देखि नै खोजतालासी गर्ने प्रहरी बिटका इन्र्चाजले बताएको स्थानिय विमला पन्तले बताईन । 


शुक्रबार विहान ८ बजे स्थानियले बालिको कपि र साईकल देखेपछि खोजि गर्दै जाँदा भीनपा १८ स्थिीत पत्थरपुरको उखुबारीमा उनको शव फेला परेका थियो । 

प्रारम्भीक अनुसन्धानमा बालिकाको बलात्कार गरी हत्या गरिएको देखिन आएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए । आफुहरु हिजो राती देखि नै बालिकाको खोजीमा रहेको र हत्याको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान चलिरहेको खडकाले बताए ।

भीनपा २ सरस्वती टोल, उल्टाखाम बस्दै आएकी पन्त कक्षा ९ मा सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरक्त थिइन । आर्थिक अवस्था निकै कमजोर रहे पनि उनि पढाईमा राम्रो हुनुका साथै आफनो टोलमा पनि राम्रो बालिकाको रुपम चिनिएको स्थानियहरुले बताए । बुवा  यज्ञराज पन्त भारतमा काम गर्दै आएका छन् भने आमा दुर्गा पन्त भारतबाट साईकलमा समान ल्याई आफु र आफ्ना तिन छोरीको पालन पोषण गरी रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो