२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुस्लीम महिला हज गर्न जाँदा हिन्दु महिलाले रोएर विदाई गरे – ७ तश्विर

२०७५, ११ श्रावण शुक्रबार १३:३९

प्रेम सुनार | साउन ११, गुल्मी | मान्छेले  मान्ने ईश्वर र गुरु फरक होलान । मन्दिर मस्जीद र चर्चहरु फरक होलान तर मान्छेको मन उहि रहेछ । मानवियता र आत्मियता जात जात विच र धर्म धर्म विच फरक रहेन छ ।

आज गुल्मीको सदरमुकाम तम्घासमा देखिएको दृश्यले यहि कुरा स्पष्ट पारेको छ । यहाँबाट मुस्लीम समुदायकी एउटी बृद्धा महिला र उनका छोरा सउदी अरवमा हर्ज गर्न जानका  लागि विदाई कार्यक्रम थियो ।

अर्घाखाँची पुर्खेयौली घर भई ३२ वर्ष देखि सदरमुममा ब्यवसाय गर्दै स्थायी वसोवास समेत गर्दै आई रहेकी ६४ वर्षिया  खातिजा बेगम सुहानी, उनका जेठा छोरा जिउल्ला वेगम सुहानी हर्ज गर्नका  साउदी अरव साउन १६ गते काठमाण्डौंबाट उडान हुँदै छ ।


त्यसका लागि आज विहानै देखि मस्जीदमा  सामुहिक भोज भतेर पछि  यहाँका मुस्लीम समुदायले आफ्नो धार्मिक विधि अनुसारको विदाई कार्यक्रम सुहानीको घर मै राखेका थिए ।  त्यहाँ त्यही समुदायले मात्र नवाज पढेर अंगालो  हाल्दै र आँशु झार्दै विदाई गरेका थिए । 

उनिहरु कति वेल तल झर्छन र विदाईको पुष्पा गुच्छा दिउँला भन्दै  कुरेर बसेका हिन्दु र वौद्ध धर्म मान्नेसमुदायका महिला र पुरुषहरुले भिमचोकमा आई पुग्दा सवैका आँखामा आँशु बनााई दिए ।

भिमचोकमा पसल गर्ने सिता पाण्डे  ति आमा छोरालाइ विदाई गर्न आउँदै गर्दा उनको आँखाबाट आँशु खसी रहेका थिए । आमा… राम्रै सञ्चै हज गरेर आउनु होला, स्वास्थ्यको ख्याल गर्न होला भन्दै उनले हाम हालिन ।

उताबाट झविन्द्र सुनार र उनकी श्रीमति गंगा सुनार  पनि आँशु खसाउँदै  उनिहरुलाई खादा र पुष्पागुच्छाले विदाई गर्दै थिए । ३२ वर्ष अघि करिव ३० हजारका चुरा बेच्न भिमचोककी खिमकुमारी श्रेष्ठको  त्यति वेलाको कच्ची घरको  एउटा साँघुरो कोठामा तिन भाई छोरा लिएर कष्टकर जिवन बिताएकी  थिईन  सुहानीले ।


अहिले सदरमुक तम्घासमा व्यस्त सडक छेउँमा चार चार तले पक्की घर कि मालिक बनेकी छन । लाखौंको कारोवार गर्ने तिन तिन वटा फेन्सी पसलकी मालिक पनि भईन उनि । आज  हर्ज गर्न गुल्मीबाट दोश्री महिलाको अवसर समेत पाएकी उनि विगतको त्यो दुख कष्ट सम्झीदा रोईन ।

हिजो उनै  घरधनी ९४ वर्षिया खिमकुमारी  र  शोभा श्रेष्ठले अरुलाई थप भक्कानो छाड्ने बनाए ।  शोभा श्रेष्ठ आमा.. भन्दै  हाम हालेर भक्कानो छाडिन । भनिन–‘ माथी आमाले तपाईलाई बोलाउनु भएको छ ।’  

माथी घरमा खिमकुमारी खाडिए हिड्न नसक्ने भएकोले बोलाएकी रहिछन । सुहानीका आमा छोरा माथी हजुर आमाको आशिवार्द लिन जाँदा पाउँ परेर सुहानीले आशिर्वाद मागिन ।  र, भक्कानिदै भनिन ‘आमा म नआञ्जेल मेरा छोरा छोरी तपाईका जिम्मा है.. । ’    खिमकुमारी र  शोभा श्रेष्ठले सुहानीलाई अँगालोमा कस्दै र भक्कानिदै भने–‘ राम्रो संग हज गरेर आउनु होला,  यता घरको केहि चिन्ता लिनु पर्दैन ,  हामी छौं…। 


त्यस पछि छोरा सुहानी ति हजुर आमाको शिरमा शिर जोडेर आशिर्वाद थापे । उनि पनि भक्कानिदै तल झेरे ।

सुहानीका ५० वर्षिया छोरा श्रेष्ठ परिवार संग हिजो डेरा बस्ने ताकाको  वालापनमा  जस्तै दुधे वालकका रुपमा प्रस्तुत भई रहेका थिए ।  हजुर आमा संग विदा भएर उनिहरु तल झर्ने क्रमममा  ति हजुर आमा फेरी डाको छाड्दै भनिन , मेरी नानी कहिले आउने हो , म बाँच्छु कि बाँच्दीँन  , नानी , वावु राम्रै संग गए,  आएको देख्न पाउँ ।’


बृद्धा सुहानीलाई फेरी महेशकुमार श्रेष्ठका तोतेवालकलाई चुम्न मन लाग्यो । वुहारीको काँखमा थिए ति तोते वालिक  धैरे वेर सम्म चुम्दै बुहारीलाई आशिर्वाद दिईन । उनिहरु आमा छोरा गाडीमा चढेर जाँदा हिन्दु, मुस्लीम संगै उभिएर  आँशु बगाउँदै  थिए ।   अन्य धर्मलम्वी र सवै जात जाती विच यस्तै दृश्य देशैभर र सधै देख्न पाईयोस्…………..


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा