२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हत्याको बिरोधले उग्ररुप लिदै, एक दर्जन भन्दा बढी अश्रु ग्याँस प्रहार

११ श्रावण २०७५, शुक्रबार १६:०७

भाष्कर के.सी | साउन ११, कञ्चनपुर | भिमदत्त नगरपालीका वडा नं. २ सरस्वती टोल, उल्टाखाम वर्ष १३ की निर्मला पन्तको बलात्कार पछि हत्या गरेको बिरोधमा आन्दोलन गर्नुको साथै घटना स्थलको नजिकै प्रहरी विट खोल्नु पर्ने माग गर्दै स्थानियद्वारा महेन्द्रनगर बजारमा नारा बाजि गदै बजार परीक्रमा गरेका छन । 

घटना स्थल एकान्त ठाउँमा रहेको हुनाले दिउँसै पनि लुटपाटका छिटफुट घटना घटिरहने, एक्लै हिड्न पनि गाह्रो हुने उक्त स्थानमा प्रहरी विट खोल्नु पर्ने स्थानियको माग रहेको छ । शवलाई पोस्टमाटका लागी महाकाली अञ्चल अस्पतालमा राखीएको छ । विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको  शब आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको थियो । दोषी पत्ता लगाई कारवाई गर्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले आन्दोलन गरेका छन । 


 हत्याराको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र आन्दोलनकारी बिच भएको झडपमा परी नेपाल प्रहरीका हल्वदार केशवदत्त भट्ट र प्रहरी जवान दानसिंह धामी धाईते भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  प्रहरी माथि ढुगां प्रहार गर्ने ५ महिला र १ जना पुरुष प्रक्रउ गरेको छ । आन्दोलनकारीहरुले बजारमा तोडफोड र आगजनि गर्न थाले पछि प्रहरीले एक दर्जन भन्दा बढी राउड अश्रु ग्याँस फायर गरेको छ । कञ्चनपुरमा बलात्कार गरी हत्या गर्ने क्रम बढदै गएको छ । गत असार २६ गते कञ्चनपुरको कृष्णपुर नगरपालीका की १७ बर्षिय कविता विष्टको पनि बलात्कार गरी हत्या गरीएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो