२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी भोकै मर्ने भयौं, गुहार पाउँ

२१ श्रावण २०७५, सोमबार ०४:३६

प्रेम सुनार | साउन २१, गुल्मी | हे हजुर,  मेरो श्रीमान भाग्नु भयो । म अकला–विकला परें, घरको छान छैन । चुहेर बेहाल छ । तिन छोरा छोरी छन । घरमा अन्नको गेडा छैन । तिन दिन देखि छोरा छोरी भोकै छन । म के गरुँ ?  हाम्लाई भोकै मर्नबाट बचाई दिनुस्, गुहार पाम् ।

यसरी डाको छाड्दै आज सोमबार विहान गुल्मीको बाँझकटेरीबाट एउटी महिलाले फोन गरिन । बाँझकटेरी गाउँ गुल्मीको विकट थलो हो । हालको मदाने गाउँपालिका वडा नम्वर–२, बाँझकटेरी ओख्रेनी गाउँकी मिना परियार हुन उनि ।

चार दिन अघि उनका श्रीमान ईन्द्रबहादुर परियारलाई तिन सन्तान सहित सदरमुकाम तम्घासमा खोज्न आएकी थिईन उनि ।  त्यस दिन वुटवल हिड्न लागेको यस समाचारदाता उनको त्यो रोदनको तस्वीर सम्म खिच्न भ्याएन ।

उनि जिल्ला प्रहरी कार्यालयमा श्रीमानको खोज तलास गरी पाउँ भनि उजुरी दिन आएकी थिईन । उनि घरबाट आउन कै दिन साँझ श्रीमानको कुटार्ईमा परिछन ।  त्यस लगत्तै डेराबाट हिडेका उनि तम्घासकै बाटाकाचौर भन्ने स्थानमा चार जना युवाहरुबाट निर्घात कुटाईमा परेको र त्यस पछि बेपत्ता भएको उनि बताउँछिन ।

रुँदै उनले भनिन–‘साथमा पैसा छैन, श्रीमानलाई खोज्न तम्घास आउँ भने कसरी आउँ ? यी छोरा छोरी छाडेर आउँ भने भोकै मर्ने हुन कि भन्न डर भयो । म तपाईलाई भेटेर श्रीमानको खोजी  गर्न चाहन्छु तर मलाई यहाँ एक सुका ऋण दिने कोही भएनन । ’

उनको त्यो रोदन र चित्कारले करुणा जागेर मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीलाई फोन गरियो । उनको फोन उठेन ।  त्यस पछि त्यहाँका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीलाई फोन गरियो । ति महिलाको विपद् बारे भण्डारीलाई अवगत गराए पछि उनले भने–‘ मैले भर्खरै मेरै तलवबाट भए पनि  उनको उद्धार गर्छु ।’

भण्डारीले तत्कालै त्यहाँका वडाध्यक्ष माधव भुसाललाई बुझ्न लगाएर त्रिपालले तत्काल उनको घर छाई दिने ।  एकादुई बोरा चामल पठाई दिने र तम्घास सम्म उनि जाने बाटो खर्च आफ्नै तलवबाट दिने बताएका छन ।

स्थानियका अनुसार ति महिलाको सम्पत्तिका नाममा उनको त्यही चुहिने छाना भएको वास मात्रै हो । उनलाई सहयोग गर्न चाहने महानुभावले उनको मोवाईल नम्वर ९८६७७९१४७४ मा सम्पर्क राख्न सक्नु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला