२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

२०७५, २२ श्रावण मंगलवार ०५:५२

साउन २२, हेटौँडा | हिजो रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

फाखेलस्थित महालक्ष्मी डाँडामा आइरहेको पहिरो बिहानैदेखि हटाउने काम भइरहेको र हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा सञ्चालनका लागि प्रयास भइरहेको मकवानपुरका प्रजिअ आसमान तामाङले राससलाई जानकारी दिनुभयो । 

यसैगरी सिस्नेरी प्रहरी चौकीका अनुसार इन्द्रसरोवर गाउँपालिका–३ मदन भण्डारी राजपथअन्तर्गत पर्ने सिस्नेरी डाँडामा गएराति पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ । 

सिस्नेरी डाँडामा गएको पहिरोलाई आज साँझसम्म हटाई हेटौँडा–काठमाडौँतर्फ यातायात सञ्चालन गर्न काम भइरहेको जनाइएको छ । सडक अबरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौडा आइरहेका सुमो, जीप, कार, मोटरसाइकलमा सवार यात्रु बिहानैदेखि अलपत्र अलपत्र छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस