२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको विकल्प छैनः उपप्रधानमन्त्री

२२ श्रावण २०७५, मंगलवार १२:३२

साउन २२, भक्तपुर | उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । 

संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउँदै भन्नुभयो, “संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएका विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौँ, अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौँ ।” 

अहिलेकै संविधानका प्रावधानबाट पछाडि परेका वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव छ भएको बताउँदै यादवले भन्नुभयो, “अहिलेम्म केही सीमित व्यक्तिको वरिपरि मात्रै सत्ता घुमेको छ, सत्ताको पहुँचसम्म नेवार, मधेशी, जनजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन, अब पहुँचको विस्तार गर्नुपर्छ ।” 

स्वास्थ्यमन्त्री यादवले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन गाउँगाउँमा यस वर्ष एक हजार २०० वटा केन्द्र स्थापना गरिने बताउँदै स्वास्थ्य क्षेत्रमा महिलाको अधिकार स्थापित गर्न विधेयक ल्याइने जानकारी दिनुभयो । उहाँले मन्त्रालयले भक्तपुर अस्पतालका लागि एम्बुलेन्स ल्याइसकेको र अब केही दिनभित्रै हस्तान्तरण गरिने बताउनुभयो । 

कार्यक्रममा उहाँले पार्टीको भक्तपुर नगर समितिमा चुनिएका पदाधिकारीलाई शपथ खुवाउनुभएको थियो । त्यस अवसरमा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्य कृष्णबहादुर घजु, वीरेन्द्र प्रधान, आङडेण्डी शेर्पा र भक्तपुर जिल्ला अध्यक्ष दीना लामाले संविधानमार्फत सबैको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको थियो । 

आजकै भेलाले फोरम भक्तपुर नगर समिति गठन गरेको छ । समितिका अध्यक्षमा श्याम शिलाकार, उपाध्यक्षमा रमेश बल्ल, सचिवमा सुरेन्द्र ध्वंजु, कोषाध्यक्षमा सचिन मुनकर्मीसहित सदस्य हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य