2026-08-25 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुम्सी मार्ने क्रममा आमाको मृत्यु, ११ बर्षिय छोरा अर्धचेत

चिसाङ शेर्पा | साउन २६, खोटाङ | दुम्सी मार्ने क्रममा एकजना महिलाको मृत्यु भएको छ । दुम्सी मार्न भनि छोराछोरीसहित निस्केकि खोटेहाङ गाउँपालिका–८ सिमपानीकी ४५ वर्षीय सरीता तामाङको मृत्यु भएको हो । 

सिमपानीस्थित डिउखोला भन्ने स्थानमा रहेको ओढारमा दुम्सीलाई धुवाँ लगाउन शनिबार बिहानै घरबाट निस्केका तीनजना मध्येमा ओढारबाट आमालाई मृत अवस्था र उनका ११ वर्षीय छोरा नवल तामाङलाई अर्धचेत अवस्थामा तथा मृतक सरीताकै छोरी अन्दाजी ७/८ वर्षकी पुजना तामाङलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी निरिक्षक केशव कुमार कट्वालले जानकारी दिनुभयो । 

दुम्सी मार्नलाई घरबाट निस्केका आमा छोराछोरी अबेरसम्म घरमा नआउदा स्थानीयले बिहान ११ बजेपछि प्रहरीमा खबर गरेको थियो । ति परिवारको प्रहरी र स्थानियले डिउखोलामा रहेको ओढार बाहिर जुत्ता चप्पल र ओढारमा ओगो बलेको देखेपछि ओढारभित्र फसेको पत्ता लगाएको थियो । ओढार बाहिर चप्पल जुत्ता देखेपछि प्रहरी र स्थानियले शनिबार दिउँसो क्रमशः छोरी, छोरा र आमालाई उद्धार गरेको थियो ।

उद्धार गरिएका मृतक तामाङको कानुनी प्रक्रिया भईरहेको र बोल्न नसक्ने छोरा नवललाई हेलिकोप्टमार्फत काठमाण्डौ पुर्याईएको छ । प्रहरीका अनुसार उनको काठमाण्डौ महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक सरीताको धुवाँमा निशास्सीएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ