२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उदाहरणीय तम्घास अस्पतालः स्वास्थ्यकर्मीहरुले नै चन्दा उठाएर बालक बचाए

२०७५, २८ श्रावण सोमबार १०:१९

प्रेम सुनार | साउन–२८, गुल्मी ।  साउन ८ गतेका दिन ४ वर्षिय छोरा घरको तलाबाट खसेर अगेनामा पकाई राखेको  दालमा डुवेर जले  । त्यति वेला उनका बाबु आमाको साथमा एक सुका पैसा थिएन । छिमेकीसंग हार गुहार गरेर बाटो खर्च बनाई जिल्ला अस्पताल तम्घास आए र त्यहाँका  स्वास्थ्यकर्मीहरुको शरण परे । बालकको अवस्था गम्भीर थियो । त्यस अस्पतालमा आईसियु कक्ष नभएकोले आईसियुमा राख्नु पर्ने भएकोले पाल्पा रिफर गरियो ।


विवस ति बाबु आमाले भने हामीसंग त्यहाँ पुग्ने बाटो खर्च समेत छैन कसरी जाउँ ?  उनिहरु थिए ईस्मा गाउँपालिका वडा नम्वर–३ ईस्मारजस्थल ठुलाचौरका भक्तबहादुर कुमाल , उनकी श्रीमति राधिका र जलेर अचेत बनेका उनका ४ वर्षिय छोरा उमेश । उनिहरु श्रीमान श्रीमति दुवै अपाङ्ग छन ।

जिल्ला अस्पताल तम्घासका सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझी उनिहरुको विपद यसरी सुनाउँछन –‘उनिहरुको साथमा एक रुपैयाँ पनि  पैसा  रहेन छ । उहाँहरु पाल्पा जान नसक्ने भए  पछि हामीले आईसियु कक्षको विकल्प यहि अस्पतालमा खोज्यौं ।

बालकको पछाडी पट्टिको शरिर जलेर बेहाल थियो । बालकलाई आईसियु कक्षको सट्टा एउटा कोठामा राखेर ‘सेकेन्ड डिग्री वन’ भन्ने हुन्छ त्यसमा त्यस्तै २०  दिनसम्म राख्यौं ।  बालक बचाउन सकिन्छ की भनेर हाम्रो अस्पतालको पुरै टिम लाग्यो । 

धेरै जसो औषधी त अस्पताल मै निशुल्क थियो । केहि औषधी बाहिरबाट किन्नु पर्ने भएपछि डाक्टर सुवोध ज्ञवालीको नेतृत्वमा हामी  सवै  स्टाफहरुले दुई दुई सयका दरले चन्दा उठाएर औषधी किनेर खुवाउँदै आएका  छौं । हामीले विरामी एक जनालाई मात्र खान खुवाउने गर्दथ्यौं ।

तर उहाँहरु बाबु हामासंग पैसा नै नभए पछि उहाँहरुलाई खान पनि हामीले अस्पताल भित्रैबाट खुवाएका छौं । अहिले बालक खतरा मुक्त भई सकेका  छन । अझै बिस पच्चीस दिन राख्नु पर्छ । हामी उनलाई थप चन्दा उठाएर भए पनि पुर्ण निको पारेर पठाउने छौं । ’

केहि दिन अघि पनि रेसुङ्गामा एक बेबरिसे बृद्ध लडेर हात भाँचेकी थिईन । उनि संग पनि  पैसा थिएन  डाक्टर रायमाझीले भने उनलाई पनि हामी स्टाफहरुले नै चन्दा उठाएर उपचार गरी पठाएका छौं ।

अस्पतालले छोरा बचाई दिए पछि आँशु झादै  ति वालककी आमा राधिकाले अस्पताल परिवार प्रति कृतज्ञता प्रकट गरिन । श्रीमान कान सुन्दैनन । वोली पनि राम्रो फुट्दैन । उनकी श्रीमतिले रुँदै भनिन–‘ घरमा विहान खाए बेलुकी के खाउँ छ । छोरा आँटीबाट खसेर तल पकाउँदै गरेको दालमा डुबेछ ।

हामी अकला विकला परिम, ( पर्यौ ) एक सुको पैसा साथमा थिएन । छिमेकमा हारगुहार तम्घास छोरा लिएर आएका हौं । हाम्रो उपाय थिएन । धन्न डाक्टर सावहरुले यसरी बचाई दिनु भएको छ । मेरो छोरा बाँचोस भन्न चाहन्छु ।

बालक कष्टकर रुपमा उपचार गराई रहेका छन । घाउ पोलेर होला  रोई रहन्छन । उनिहरुको घाउमा मलमपट्टी गर्न हरबखत स्वास्थ्यकर्मीहरुको टोली जुटिरहेका छन ।  त्यहाँका डाक्टर सहित स्वास्थ्यकर्मीहरुको टोलीलाई यस्तो कल्याणकारी र उदाहरणिय कार्य गरेको  प्रति  अस्पताल बाहिरका मानिसहरुले प्रशंसा गरिरहेका छन । उनिहरुलाई अन्य स्थानबाट पनि सहयोग हुन सके  यहाँबाट निस्के पछि काम नगरी खान नपाउने त्यस परिवारले बालकको केहि महिना स्याहर सुसार गर्न पाउने थिए भन्छन डाक्टर रायमाझी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस