२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरदेशीमा विचलन, प्रदेशीमा जलन ! कारण पर-पुरुषगमन

२०७५, ३१ श्रावण बिहीबार ०८:२४

प्रेम सुनार । साउन–३१,  गुल्मी।  मंगलवार विहान परपुरुष गमनका क्रममा आफ्नै १३ वर्षिय छोराले देखेपछि भ्याई नभ्याई नग्न शरिर छोप्दै कोठाबाट भागेकी एक महिला अहिलेसम्म सम्पर्क विहिन छन । श्रीमान घर नभएको बेला र छोरा कोठा देखि बाहिर हिडेको बेला एक जना डाईभरसंग सदरमुकाम तम्घासको धागिथुम स्थित डेराबाट भागेकी गुल्मीदरवार गाउँपालिका–२ कि महिला हुन उनि ।

त्यहाँ डेरा गरी बस्ने पुर्णबहादुर बिश्वकर्माकी श्रीमति मंगलबार विहान करिव ९ बजेको समयमा त्यस्तो अवस्थामा फेला परे्पछि उनका ति १३ बर्षिय छोराले सहन नसकेर ति ड्राईभरलाई कुट्न कस्सीए । तर उनिहरु दुबैजना भाग्न सफल भए ।   उनि सहित तिन जना वालवालिकाहरु यति वेला बिचल्लीमा परेका छन । श्रीमतिको त्यस्तो चर्तिकलाको खवर पाएपछि घर आएका बिक विहिवार जिल्ला प्रहरी कार्यालयमा श्रीमति हराएको उजुरी दिन आई  रहेका थिए ।

पछिल्लो चरण उनै श्रीमतिले म त्यसै शान्तिपुर तिर गाडी चलाउने ड्राईभर संगै छु भन्ने खबर पाएको उनि बताउँछन ।

 माहिला बालबालिका सेलको भित्तामा थुप्रै देखिन्थे श्रीमति हराएका सुचनाहरु । केहि नालिका छोरहरु हराएका सुचना पनि देखिन्थ्यो । उता श्रीमान विदेश भएकी दर्लामचौर कि सकिला ( नाम परिवर्तन ) क्षेत्री पनि एक जना डाईभर संग कोठामा रंङ्गेहात फेला परिन । अर्को घरबाट उनकी सासुले ढोका खोल्न लाग्दा डाईभरलाई नाङ्गै पलङ्गमुनी लुकाईन । तर के गर्नु ? पाप धुरीबाट कराई हाल्छ । सासुले  ति ड्राईभरको पाईन्ट भने माथी पलङ्ग मै फेला पारिन् ।

त्यस पछि कसैले भाग भन्न परेन उनलाई  । उनि आफै लज्जीत हुँदै भागिन एक बर्षको सन्तान छाडेर । अहिले ति सन्तानको पनि विचल्ली छ । मुसिकोट नगर पालिका–३, बडागाउँ मैदनका बाबुराम बिककी श्रीमति पनि ६ महिनाको सन्तान बाटैमा छाडेर डेढ महिना अघि भागेकी हुन । उनका सन्तानको विचल्ली देख्दा आँखा नरसाउने कोही छैननन ।

गुल्मी हस्तीचौरमा दुई वटी श्रीमति भई सकेका एक पुरुष त्यो पनि हाडनातामा तेश्रो श्रीमति बनेर हालै एउटी महिला भित्रिएको खवरले त्यो गाउँमा निकै चर्चा पाएको छ । केहि दिन अघि रेसुङ्गा नगरपालिका–६ अर्खलेमा नजिकको हाडनाताकी वहिनी संग जवरजस्ती करणी उद्योगमा एक जना पुरुष पाल्पा प्रहरीबाट समातिएका छन ।


१३ लाख नगद पनि छैन श्रीमति पनि छैन

मलेशियाबाट बाबुको किरिया क्रम गर्न घर आएका रेसुङ्गा नगरपालिका–६,  चेक्मी हर्राचौरका फर्शबहादुर  पुन मगर  पनि विहिवार  विहान नै श्रीमति हराएको उजुरी लिएर सोही कार्यालयको मुद्धाफाँटमा पुम्पुरोमा हात लगाउँदै बसी रहेका थिए ।  उनका जेठा छोराले समेत नाति जन्माएका छन । कक्षा १२ मा पढ्दै गरेकी उनकी एउटी छोरीले जेठ १५ गते आत्मा हत्या गरिन । आमा त्यस अघि नै घरबाट बेपत्ता भईन ।

एक छोरा तिन छोरीले उच्च शिक्षा हाँसिल गरेका । श्रीमानले मलेशियामा मसिक ४५ हजार कमाउँदै आएका । बर्षको एक चोटी घर आउने गरेकै थिए । आखिर नपुग के नै थियो ? तर बिगार्यो  यौन विचलनले । उनले घर छाडिन । कारण त्यति मात्रै थिएन । आर्थिक हिनामिना पनि थियो । पत्नी पिडित मगर भन्छन–‘ तिन तोला सुनका गहना र  मलेशियाबाट पठाएको १३ लाख रुपैयाँको टुङ्गोबुङ्गो छैन । उनि थप्छन –‘घर नआउनु अघि करिव ८ लाख पठाएको थिएँ । त्यसको समेत हिसाव किताव छैन । उल्टै केहि पसलहरुमा ऋण लगाई दिएर हिडिछ । ’

उनले बैदेशिक रोजगारमा काम गर्दाको असिना पसिना र यता श्रीमतिको विचलनको पिडा थप सुनाउँदै भने–‘६ बर्ष कतारको  घाम खाएर कमाएर पठाउँथे , अहिले ६ बर्ष देखि मलेशियामा काम गर्दै आएको थिएँ, घर आउँदा कम्तीमा १३ लाख नगदको टुङ्गो नहुँदा ठुलो पिडामा छु, रोउँ कि हाँसौं भएको छु ।  १२ वर्ष बैदेशिक रोजगारको कमाई मेरो खेरा गयो । ’

उनि ४० वर्षका भए भाग्ने उनकी श्रीमति ४२ बर्षकी भईन । हजुर आमा बनेकी उनि दर्लामचौरका एक कुमाल समुदायका विवाहित पुरुष संग गएको उनको ठम्याई छ । जुन कुरा ति पुरुषकी जेठी श्रीमतिले त्यसै प्रहरी कार्यालयमा उजुरी दिए पछि पत्तो पाएको मगर बताउँछन । उनका दाजु रुद्रबहादुर पुन मगर भन्छन–‘ हामी छुट्टभिन्न भएर बसेकोले  उनी बुहारीका बारेमा खासै चियो चर्चो गर्ने कुरा भएन । घरमा मानिसहरु आई रहन्थे केटाकेटीले सोध्धा भाई आएको भन्ने गरेको सुनिन्थ्यो । बजार आवत जावत पनि बढेको थियो । ’

श्रीमानले पठाएको पैसा झिक्न सदरमुकाम तम्घासमा आउने कतिपय महिला वियरको बोत्तल सहित भेटिन्छन । त्यो भन्दा सुरक्षित गन्तव्य बनेको छ बुटवल नगरी । प्रहरी कार्यालय महिला तथा बालबालिका  सेलमा बुझ्दा हाल सम्म ९४ जना महिला बेपत्ता छन । त्यस मध्ये ७० जना फेला परेका छन ।  पछिल्लो आर्थिक बर्षमा १० जना महिला हराएको उजुरी पुरुषहरुले पारेका छन ।

बालिका १७ जना हराएकोमा १७ जना नै फेला परे । लामो समय देखि त्यस सेलमा काम गरेकी प्रहरी जवान झर्ना परियार भन्छिन भेटिनेहरु मध्ये धेरै जसोले बिबाह गरेर गएँ भन्छन । अर्का प्रहरी जवान यशोदा खनालका अनुसार पछिल्लो पटक हराएका मध्ये ७ जना फेला परेका छन । मुसिकोट नगरपलिका–२, चौरका रामबहादुर बिककी श्रीमति घरबाट भागेको करिव ३ महिना भयो । चार सन्तान मध्ये डेढ बर्षको सन्तान लिएर हिडेकी उनि बेपत्ता छन ।

उनको नम्वरमा फोन जान्छ । आफुले उठाउँदैनन अरुलाई उठाउन दिएर थाह छैन भन्न लगाउँछिन । बिकको तिन सन्तानको बिचल्ली भए पछि धेरै पटक उनि जिल्ला प्रहरी कार्यालयमा आए तर पत्ता लगाउन सकेका छैन । यस्ता तमाम महिला घरबाट बेपत्ता हुँदा बिशेष गरी बढि मात्रमा बैदेशिक राजगारमा गएका पुरुषहरु जलनमा पर्ने गरेका छन  भने वालवालिकाको विचल्ली हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस