२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गृहमन्त्रीलाई ज्ञापनपत्र: निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही माग

२०७५, १ भाद्र शुक्रबार ०१:३५

भदौ १, महेन्द्रनगर | भीमदत्त नगरपालिकाले निर्मला पन्तको हत्यामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । भीमत्त नगरपालिकाले बिहीबार गृह मन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाएर हत्यामा संलग्न पत्ता लगाएर कारावहीको माग गरेको छ । 

भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टको नेतृत्वमा साँसदहरु डा. दिपक प्रकाश भट्ट र नर बहादुर धामी सहित नेकपाका नेताहरुको टोलीले बिहीबार गृह मन्त्रालयमा मन्त्री थापालाई ज्ञापन बुझाएका छन् । 

मन्त्रालयमा ज्ञापन पत्र बुझाएपछि नगर प्रमुख विष्टले निर्मला पन्तको उखु बारीमा शव भेटिएको घट्ना गम्भीर प्रकतिको भएकाले संलग्नलाई छिटो भन्दा छिटो पत्ता लगाएर कानुनी दायरामा ल्याउन आग्रह गरे ।

‘साथीको घरबाट फर्किरहेकी स्कुले नानकीको उखुबारीमा शव भेटिएको यो जघन्य घट्नाबाट नगरपालिका एकदैम स्तब्ध छ, यस्तो अमावीय घट्नाको निन्दा गरे पनि कमै हुन्छ’ नगर प्रमुख विष्टले भने,‘यसको सत्यतथ्य छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाउन माननीय गृहमन्त्रीज्यूसंग आग्रह गर्छु ।’

भीनपा–२ उल्टाखामकी  १३ वर्षिया पन्तको साउन ११ गते उल्टाखाम र भगतपुरको सीमा क्षेत्रमा पर्ने उखुबारीमा शव भेटिएको थियो । उनको बलात्कार हत्या गरिएको हो । 

नगरपालिकाले गृहमन्त्री थापालाई बुझाएको ज्ञापन पत्रमा संलग्नलाई कारवाही र पीडित परिवारलाई सहयोग गर्न सरकारसित आग्रह गरिएको छ । नगरपालिकाले कार्यालयबाट हुने सबै सहयोग गरिने प्रतिवद्धता गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नगर प्रमुख विष्टले बालिकाको शव भेपटएपछि नगर क्षेत्रमा शान्ति सुरक्षालाई लिएर चिन्ता बाहिर आएकाले सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री थापासित आग्रह गरे ।

‘त्यो घट्नापछि शान्ति सुरक्षालाई लिएर चिन्ता बाहिर आएका छन्, त्यस्ता चिन्तालाई हटाउन जरुरी छ’ नगर प्रमुख विष्टले भने,‘शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरी सर्वसाधारणका चिन्ता हटाउन आग्रह गर्छु ।’

गृहमन्त्री थापाले पन्त हत्याको गम्भीर रुपमा अनुसन्धान भएको उल्लेख गर्दै संलग्नलाई पक्राउ गरी कानुनी कारवाही गरिने प्रतिवद्धता जनाए ।

ज्ञापन पत्र बुझाउन कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.३ का साँसद नर बहादुर धामी, नेकपाका नेताहरु ईश्वरी प्रसाद खरेल, रण बहादुर महरा, टिकेन्द्र प्रसाद भट्ट, र नवराज ऐर, दशरथ भण्डारी लगायतका सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै