२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गृहमन्त्रीलाई ज्ञापनपत्र: निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही माग

१ भाद्र २०७५, शुक्रबार ०१:३५

भदौ १, महेन्द्रनगर | भीमदत्त नगरपालिकाले निर्मला पन्तको हत्यामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । भीमत्त नगरपालिकाले बिहीबार गृह मन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाएर हत्यामा संलग्न पत्ता लगाएर कारावहीको माग गरेको छ । 

भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टको नेतृत्वमा साँसदहरु डा. दिपक प्रकाश भट्ट र नर बहादुर धामी सहित नेकपाका नेताहरुको टोलीले बिहीबार गृह मन्त्रालयमा मन्त्री थापालाई ज्ञापन बुझाएका छन् । 

मन्त्रालयमा ज्ञापन पत्र बुझाएपछि नगर प्रमुख विष्टले निर्मला पन्तको उखु बारीमा शव भेटिएको घट्ना गम्भीर प्रकतिको भएकाले संलग्नलाई छिटो भन्दा छिटो पत्ता लगाएर कानुनी दायरामा ल्याउन आग्रह गरे ।

‘साथीको घरबाट फर्किरहेकी स्कुले नानकीको उखुबारीमा शव भेटिएको यो जघन्य घट्नाबाट नगरपालिका एकदैम स्तब्ध छ, यस्तो अमावीय घट्नाको निन्दा गरे पनि कमै हुन्छ’ नगर प्रमुख विष्टले भने,‘यसको सत्यतथ्य छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाउन माननीय गृहमन्त्रीज्यूसंग आग्रह गर्छु ।’

भीनपा–२ उल्टाखामकी  १३ वर्षिया पन्तको साउन ११ गते उल्टाखाम र भगतपुरको सीमा क्षेत्रमा पर्ने उखुबारीमा शव भेटिएको थियो । उनको बलात्कार हत्या गरिएको हो । 

नगरपालिकाले गृहमन्त्री थापालाई बुझाएको ज्ञापन पत्रमा संलग्नलाई कारवाही र पीडित परिवारलाई सहयोग गर्न सरकारसित आग्रह गरिएको छ । नगरपालिकाले कार्यालयबाट हुने सबै सहयोग गरिने प्रतिवद्धता गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नगर प्रमुख विष्टले बालिकाको शव भेपटएपछि नगर क्षेत्रमा शान्ति सुरक्षालाई लिएर चिन्ता बाहिर आएकाले सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री थापासित आग्रह गरे ।

‘त्यो घट्नापछि शान्ति सुरक्षालाई लिएर चिन्ता बाहिर आएका छन्, त्यस्ता चिन्तालाई हटाउन जरुरी छ’ नगर प्रमुख विष्टले भने,‘शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरी सर्वसाधारणका चिन्ता हटाउन आग्रह गर्छु ।’

गृहमन्त्री थापाले पन्त हत्याको गम्भीर रुपमा अनुसन्धान भएको उल्लेख गर्दै संलग्नलाई पक्राउ गरी कानुनी कारवाही गरिने प्रतिवद्धता जनाए ।

ज्ञापन पत्र बुझाउन कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.३ का साँसद नर बहादुर धामी, नेकपाका नेताहरु ईश्वरी प्रसाद खरेल, रण बहादुर महरा, टिकेन्द्र प्रसाद भट्ट, र नवराज ऐर, दशरथ भण्डारी लगायतका सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की