२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि प्रहरीले अपराधी समात्न र थुन्न नपाउने

२०७५, १ भाद्र शुक्रबार १६:१८

प्रेम सुनार | भदौ १, गुल्मी | अहिले सम्म मौखिक र  ठाडो उजुरी कै भरमा समेत प्रहरीले कुनै अपराध  वा  अन्य कुनै  घटनाका आरोपीलाई समातेर सिधै लगेर थुन्न्ने गर्दथ्यो ।  अर्को दिन मात्र अदालतमा म्याद थप गर्दथ्यो । तर भदौ १ गते देखि उजरी परे पनि सम्वन्धित आरोपीलाई पक्राउ गर्न नपाउने भएको छ ।

उसले जिल्ला न्याधिवक्ताको कार्यालय  वा  अदालतको मुद्धा  हेर्ने अधिकारीको अनुमति पत्र लिएर मात्र पक्राउ गर्नु पर्ने आज देखि लागु मुलुकी ऐन संहितामा उल्लेख छ ।  जिल्ला अदालत गुल्मीले  शुक्रबार विहान पत्रकार र अन्य सरोकारवाला निकाय विच राखेकोको छलफल कार्यक्रममा जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेले यस्तो जानकारी गराएका हुन । कुनै ठुलो अपराधी तत्काल समात्नु परे पनि जरुरी पक्राउ पुर्जी प्रहरीले अनिवार्य लिनु पर्ने छ ।

अपराध संहिता र फौजदारी कार्यविधी संहिता र देवानी कार्यविधी संहितबारे आम सर्वसाधरण सम्म सु–सुचित गर्ने उद्देश्यका साथ अदालतले राखेको छलफल कार्यक्रममा बक्ताहरुले १ सय ६५ वर्ष पछि नेपाली जनतालाई संहिताले नयाँ युगमा प्रवेश गराएको प्रतिकृया दिएका थिए ।   गाउँका फटाहरुले गरिवहरुलाई झुटा मुद्धा दिई निकै सताउने गर्दै आई रहेका थिए ।

अब त्यस्ता झुटा मुद्धा दिने र लेख्नेहरु पनि तह लाग्ने भएका छन ।  प्रहरीले पनि जथाभावी मानिसहरुलाई समातेर दुख दिने गर्दथ्यो ।  अव को प्रहरी, को सेना, को सिडियो, को न्यायधिस जनतालाई विना कशुर दुख दिएको, आफुले दिने सेवा राम्रो संग दिन नसकेको ठहर भयो उ कार्वाहीमा पर्ने छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले भने अहिले सम्म हामी हाम्रो अधिकार मात्र खोज्यौं तर अहिले आएको संहिताले अधिकार संगै कर्तब्य पनि खोजेको छ , जसले अनुशासित समाज रुपान्तरणका लागि कोशेढुङ्गा सावित हुने छ । उनले कार्यन्वयनमा केहि समास्या र चुनौती देखिए पनि  समाज रुपान्तरणका लागि चुनौती मोल्न समाजका सवै पक्ष एक जुट हुन जरुरी रहेको बताए ।

जिल्ला न्यायधिवक्ता रामचन्द्र घिमिरेले आजको दिन सारा नेपालीहरुका लागि ऐतिहाँसक दिन भएको बताए । संहिताले मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै उनले प्रहरी र अदालतमा विना कशुर दुख पाउने युगको अन्त्य भएको धारणा राखे । जिल्ला प्रहरी प्रमुख एसपी दिपक बस्नेतले संहिताले प्रहरीलाई पनि थप जिम्मेवार बनाएको प्रतिकृया दिए ।

वार एशोसियनका अध्यक्ष गोपाल पाण्डेले पत्रकारले सकारात्मक रुपमा फोटो खिच्न पाईने भएकोले नअत्तालिन पत्रकारहरुलाई आग्रह गरे । सकरात्मक भावना राख्नेहरुलाई यो आचरसंहिता एकदम राम्रो छ उनले भने जसले नकरात्मक भावना राख्छ उसका  लागि संहिता ठिक नलाग्न सक्छ, उनले भने ।

नागरिक समाजका अध्यक्ष पदम पाण्डेले आचार सहिताले नेपाली जनतालाई नयाँ युगमा प्रबेश गराएको प्रतिकृया दिए । यसै समाचारदाले पत्रकारहरुलाई फोटा खिच्न र ध्वानी रेकर्ड गर्न अनुमति लिनु पर्ने कुराले खोज पत्रकारिता हराउने, अनियमित्ता भ्रष्टचार लगायतका विकृतिले मलजल पाउने धारणा राखेको थियो । 

प्रमुख जिल्ला अधिकारी पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्व्य अधिकारी प्रल्हाद पोखरेल लगायको आतिथ्यता रहेको थियो । जिल्ला न्यायधिश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्तममा श्रेष्तेदार दुर्गाप्रसाद बस्यालको स्वागत मन्तब्य र मुद्धा फाँट प्रमुख सिता घिमिरेको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस